पर्वत : स्थानिय तह निर्बाचनको लागि पर्बतमा प्रमुख देखि सदस्य सम्म १ हजार ९६ जना भिड्ने भएका छन् ।

दुई नगरपालिका र ५ गाउँपालिका रहेको पर्बतमा १ हजार ९६ जनाले उम्मेदबारी दर्ता गराएका "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत : स्थानिय तह निर्बाचनको लागि पर्बतमा प्रमुख देखि सदस्य सम्म १ हजार ९६ जना भिड्ने भएका छन् ।

दुई नगरपालिका र ५ गाउँपालिका रहेको पर्बतमा १ हजार ९६ जनाले उम्मेदबारी दर्ता गराएका "/>

४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्वतमा ३ सय ३५ पदका लागि १ हजार ९६ जनाको उम्मेदवारी, हेर्नुहोस् कुन पदमा कति उम्मेदवार

२० बैशाख २०७४, बुधबार १०:०३

पर्वत : स्थानिय तह निर्बाचनको लागि पर्बतमा प्रमुख देखि सदस्य सम्म १ हजार ९६ जना भिड्ने भएका छन् ।

दुई नगरपालिका र ५ गाउँपालिका रहेको पर्बतमा १ हजार ९६ जनाले उम्मेदबारी दर्ता गराएका हुन । पर्बतको मुख्य निर्बाचन अधिकृतको कार्यलयमा सोमबार १ हजार ९६ जनाले उम्मेदबारी दर्ता गराएको मुख्य निर्बाचन अधिकृत मोहनराज भट्राईले जानकारी दिनुभएको छ ।


सातवटा स्थानीय तह रहेको पर्बतमा मेयर र उपमेयर पदमा १४ जना प्रतिनिधि  छानिने भएपनि मेयर र उपमेयर पदमा ८४ जनाको उम्मेदबारी दर्ता भएको छ । स्थानिय तहको निर्बाचनको लागि पर्बतबाट प्रमुख तथा मेयर पदमा ५३ जनाको उम्मेदबारी दर्ता भएको छ भने स्बतन्त्रबाट मेयर पदको लागि ३ जनाले उम्मेदबारी दर्ता गराएका हुन । त्यस्तै उपाध्यक्ष तथा उपप्रमुख पदमा ३१ जनाको उम्मेदबारी परेको छ ।


त्यस्तै ६१ वडाहरुबाट १ सय २२ सदस्यका लागि २ सय ३६ जनाको उम्मेदबारी दर्ता भएको छ । ६१ महिला प्रतिनिधिको लागि महिलाबाट १ सय ८८ जनाको उम्मेदबारी  दर्ता भएको छ भने ६१ जनानै खुल्ला प्रतिनिधी रहनेमा खुल्ला सदस्यबाट ४ सय १३ जनाको उम्मेदबारी परेको छ । २ नगरपालिका बाट ३ जनाको दरले ६ जना र ५ गाँउपालिकाबाट २ जनाका दरले १० जनागरि जम्मा १६ जना दलित तथा अल्पसंख्यक सदस्यहरु छानिनेमा दलित तथा अल्पसंख्यक सदस्यहरुबाट १ सय ७५ को उम्मेदबारी परेको जिल्ला निर्बाचन अधिकृत लक्षु शर्माले जानकारी दिनुभयो ।


उहाँका अनुसार कुश्मा नगरपालिकामा प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र सदस्य गरि सबैभन्दा बढी २ सय ६२ जनाले उम्मेदबारी दर्ता गराएका छन् भने महाशिला गाउँपालिकामा सबै भन्दा कम ९५ जनाको उम्मेदबारी परेको छ । पर्बतमा १ हजार ९६ जनाले उम्मेदबारी दर्ता गराएपनि कुल ३ सय ३५ जना प्रतिनिधि छनौट हुनेछन् । भने पर्बतमा ९९ हजार ६ सय ७० जनाले मतदान गर्ने छन । दुई नगरपालिकाबाट

४४ हजार ४ सय ६९ जनाले मतदान गर्ने भएका छन भने ५ गाउँपालिकाबाट ५५ हजार १ सय ३६ जनाले मतदान गर्न पाउने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता