टेक शाही/बैशाख २१, डोल्पा । ठुली भेरि नगरपालिकामा १६ जनाले उम्मेद्धारि फिर्ता लिएका छन । 

उम्मेद्धारि फिर्ता लिनेमा मेयर पदमा उम्मेद्धारि दिनु भएकी जुन "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

टेक शाही/बैशाख २१, डोल्पा । ठुली भेरि नगरपालिकामा १६ जनाले उम्मेद्धारि फिर्ता लिएका छन । 

उम्मेद्धारि फिर्ता लिनेमा मेयर पदमा उम्मेद्धारि दिनु भएकी जुन "/>

४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

ठुली भेरि नगरमा राप्रपा र एमालेको समिकरण, १६ जनाको उम्मेद्धारि फिर्ता

२१ बैशाख २०७४, बिहीबार १३:०२


टेक शाही/बैशाख २१, डोल्पा । ठुली भेरि नगरपालिकामा १६ जनाले उम्मेद्धारि फिर्ता लिएका छन । 

उम्मेद्धारि फिर्ता लिनेमा मेयर पदमा उम्मेद्धारि दिनु भएकी जुन कुमारि बोहोरा नेकपा माओबादि केन्द्रबाट,उपमयेर पदमा उम्मेद्धारि दिनु भएकी उर्मिला गूरुङ्ग,उपप्रमूख पदमा स्वतन्त्रबाट उम्मेद्धारि दिनु भएकी राज कुमारि बुढा रहनु भएको छ । 

त्यसै गरि राप्रपाबाट वडा अध्यक्ष पदमा उम्मेद्धारि दिनु भएकी लक्षिण बिटालु,स्वतन्त्रबाट उम्मेद्धारि दिनु भएका यज्ञ कार्किले फिर्ता लिनु भएको छ । त्यसै गरि सदस्यमा राप्रपाका नरजित भण्डारि,सूर्य बहादुर शाही, बल बहादुर बुढा,खिम बहादुर रोकाया,हिरा मति कार्कि र मन कुमारि रोकायाले आफनो उम्मेद्धारि फिर्ता लिनु भएको छ । 

त्यसतै एमालेका पूर्ण बहादुर रोकाया,हिरालाल कार्कि,केशर बहादुर रोकाया,देबीलाल बुढा र मोती बोहोराले उम्मेद्धारि फिर्ता लिनु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारि दिएको छ । 

ठुली भेरि नगरपालिकामा नेकपा एमाले र राप्राप बिच चुनावी समिकरण भएको छ । चुनावी समिकरण भए पछि राप्रपाले मेयर पदमा उम्मेद्धारि दिएन भने एमालेले उपमयेर पदमा उम्मेद्धारि दिएन । एमालेबाट स्वतन्त्रमा उपमेयर पदमा उम्मेद्धारि दिएकी राज कुमारि बुढालाइ पनि उम्मेद्धारि फिर्ता लिन मनाएको र बुढाले उम्मेद्धारि फिर्ता लिएको नेकपा एमाले डोल्पाले जानकारि दिएको छ । 

मनोनयन दर्ता भन्दा पहिला उपमयेर पदामा चर्चामा आएका महिला उम्मेद्धारहरु रोशन हमाल,राज कुमारि बुढा र सुनिता रोकाया भए पनि उपमयेर पदमा जिल्ला कार्य समितिले राप्रपा सँग चुनावी तालमेल गरे पछि १९ गते उम्मेद्धारि दिन पाएनन । यसरि पार्टिले उपमेयर पदमा महिला लड्न नँदिएर राप्रपा सँग समिकरण गरेपछि महिलाको अधिकार खोसिएको भन्दै राज कुमारी बुढाले स्वतन्त्रबाट उपमेयर पदमा उम्मेद्धारि दिनु भयो भने रोशन हमालले उम्मेद्धारि नै दिनु भएन ।

नगरिपालिकामा महिलाको अधिकार खोसिएको भन्दै नेकपा एमालेका सर्मथकहरु केहि आक्रोसित रहेका छन । तर माओबादि केन्द्रले नेपाली काँग्रेस सँग समिकरण गरे पछि एमालेले पनि समिकरण किठै गरेको धेरैको ठहर रहेको छ । 

राप्रपाले एमालेका मेयरका प्रत्यासि गणेश शाहीलाइ सहयोग गर्ने र उपमेयरमा एमालले राप्रपाका उपमेयर योगेन्द्र बहादुर शाहीलाइ सहयोग गर्ने सहमति भएको राप्रपाले जानकारि दिएको छ । एउटै पार्टिले नगरापालिकामा जित हात पार्न नँसक्ने सम्भावना देखिए पछि दुइ पार्टिको समिकरण ठुली भेरि नगरपालिकामा सबै भन्दा धेरै देखिएको छ ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता