२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शे–फोक्सुण्डो गाँउपालिकाको सबै पदमा निर्बिरोध चयन

२०७४, २१ बैशाख बिहीबार १५:१३

टेक शाही/बैशाख २१ डोल्पा । बैशाख ३१ गते हुने स्थानिय तहको निर्वाचनमा शे–फोक्सुण्डो गाँउपालिकामा सबै पदमा निबिरोध चयन भएको छ । 

माथिल्लो डोल्पाको शे–फोक्सुण्डो गाँउपालिकामा नेकपा एमालेका अध्यक्षमा टासिटुण्डुप गुरुङ्ग र गाँउपालिकाका ९ वटै वडामा सबै पदमा निर्बिरोध चयन भएका छन । शे–फोक्सुण्डो गाँउपालिकामा टासि अध्यक्षमा एक्ला उम्मेद्धार हुनु भएको थियो भने उपाध्यक्षमा ३ जनाको उम्मेद्धारि परे पनि २१ गते २ जनाले उम्मेद्धारि फिर्ता लिएर भिजेरका धावा सम्डुक गूरुङ्ग एमाले निकट स्वतन्त्रबाट उपाध्यक्षमा चयन भएको टासिटुण्डुप गूरुगँले जानकारि दिनु भयो । 

 माथिल्लो डोल्पामा पर्ने शे–फोक्सुण्डो गाउंपालिका, छार्काताङसोङ गाउंपालिका र डोल्पोबुद्ध गाउंपालिकाकामा  लगभक निर्वाचन नै गराउन नँपर्ने देखिएको छ ।  बिहिबार सम्ममा माथिल्लो डोल्पाका ३ वटा गाँउपालिकामा २ अध्यक्ष, २ उपाध्यक्ष, २२ वडा अध्यक्ष र ५७ वडा सदस्यहरु निर्विरोध निर्वाचित भएको जानकारी प्राप्त भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय डोल्पाले जनाएको छ । 

शे–फोक्सुण्डो गाउंपालिका २ वडामा मात्र दलित भएकाले २ जना दलित महिला सदस्य एमालेबाट निर्विरोध भएका छन् । दलित नभएकाले बांकी ७ वटा वडामा दलित सदस्य खाली रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने