२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

निर्वाचन आयुक्तको टोली निर्वाचन अनुगमनमा, डोल्पा निर्वाचन स्वच्छ गराउन निर्देशन

२०७४, २४ बैशाख आईतवार १२:२८


टेक शाही/बैशाख २४, डोल्पा । निर्वाचन आयुक्त सुधिर कुमार शाहको नेतृत्वमा ४ सदस्यि निर्वाचन अनुगमन टोलीले डोल्पा जिल्लामा अनुगमन गरेको छ । 

आइतबार बिहान ८ तिस बजे नेपाली सेनाको हेलीकप्टरमा डोल्पाको सदरमुकाम दुनैमा पुगेर डोल्पा जिल्लाको निर्वाचनको अबस्थाको बिषयमा अनुगमन गर्नु भएको प्रमूख जिल्ला अधिकारि केशबराज आचार्यले बताउनु भयो । 

डोल्पा जिल्लामा भौगोलीक रुपमा ठुलो र सुरक्षाको समस्या आउने भएको कारण डोल्पा जिल्लाको अबस्था कस्तो रहेको छ र थप के कुराको सहयोग तथा सुधार गर्नु पर्ने छ भन्ने बिषयमा अनुगमन गरेको र शान्त,स्वच्छ,धाँदलि रहित र निश्पक्ष निर्वाचन गराउन प्रमूख जिल्ला अधिकारी,मुख्य निर्वाचन अधिकृत ,निर्वाचन कार्यालय र सुरक्षा निकायलाइ निर्देशन दिएको र आज सम्म सुरक्षा लगायत निर्वाचनका अन्य गतिबिधि राम्रो रहेको  निर्वाचन आयुक्त सुधिर कुमार शाहले बताउनु भयो । 


अनुगमनमा निर्वाचन आयुक्त सुधिर कुमार शाह,क्षेत्रिय प्रशासक बेगेन्द्र शर्मा पौडेल,बाहिनिपति उपरथि पृतनापति शमसेर ठकुराठी र प्रहरि नायव महानिरिक्षक बिजयलाल कायस्थ सहित ४ जनाको निर्वाचन अनुगमन टोलीले डोल्पा जिल्लाको समग्र निर्वाचनको अबस्थाको बिषयमा अनुगमन गरेको गरेको छ । 

डोल्पा जिल्लामा २ नगरपालिका ६ वटा गाँउपालिका र ६६ वटा मतदान केन्द्र रहेको ठाँउमा भौगोलीक बिकटताको कारण सुरक्षा चुनौति रहेको र नेपाल प्रहरी,म्यादि प्रहरि,शसस्त्र प्रहरि र नेपाली सेनाहरुको मजबुद्धी रहेको कारण सुरक्षा प्रभाबकारि हुनेमा ढुक्क हुन अनुगमन टोलीले जनतलाइ आग्रह समेत गरेको छ । निर्वाचन अनुगमन टोली आजै डोल्पाबाट जुम्ला,कालिकोटको अनुगमन गरि सुर्खेत मुकाम हुने प्रमूख जिल्ला अधिकारि केशबराज आचार्यले जानकारि दिनु भएको छ । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने