पर्वत ।पर्वतमा स्थानीय तहको निर्वाचनको मतगणना शुरु भएको छ । दुई नगरपालिका र पाँच गाउँपालिका रहेको पर्वतमा सवै क्षेत्रमा मतगणना शुरु भएको हो ।


Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत ।पर्वतमा स्थानीय तहको निर्वाचनको मतगणना शुरु भएको छ । दुई नगरपालिका र पाँच गाउँपालिका रहेको पर्वतमा सवै क्षेत्रमा मतगणना शुरु भएको हो ।


२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्वतका सातै वटा स्थानीय तहको मतगणना सुरु

२०७४, १ जेष्ठ सोमबार ०९:०६

पर्वत ।पर्वतमा स्थानीय तहको निर्वाचनको मतगणना शुरु भएको छ । दुई नगरपालिका र पाँच गाउँपालिका रहेको पर्वतमा सवै क्षेत्रमा मतगणना शुरु भएको हो ।


सबै तहका केन्द्रहरुमा मत गणना शुरु भएको भएपनि प्रारम्भिक मतगणना भने आउन सकेको छैन । जिल्लाका कुस्मा नगरपालिका, फलेवास नगरपालिकामा भर्खरै मात्र मत गणना शुरु भएको छ भने विहादि गाउँपालिका र पैंयु गाउँपालिकामा भने केही समय पहिलादेखि मतगणना भएको जिल्ला निर्वाचन कार्यालय पर्वतका प्रमुख लक्षु शर्माले जनाकारी दिए ।


जिल्लामा रहेका कुल ९९ हजार २ सय ४३ मत मध्ये ६९ हजार १ सय ५४ ७५ जनाले मतदानमा सहभागिता जनाएका हुन् । भने ३० हजार भन्दा बढिले मतदानमा सहभागिता नजनाएको पाइएको हो । जस मध्ये महिला ३९ हजार १ सय ९७ र पुरुष २९ हजार ८ सय ७८ जना सहभागि भएका हुन् ।


कुश्मा नगरपालिकामा १७ हजार ६ सय ११, फलेवास नगरपालिकामा १२ हजार ९ सय ७६, मोदी गाउँपालिकामा १० हजार ९ सय ४१ , जलजला गाउँपालिकामा ९ हजार ६ सय ४९ मत खसेका हुन् ।


यसैगरी पैंयु गाउँपालिकामा ६ हजार ८ सय २४, विहादि गाउँपालिकामा ६ हजार २ सय १६ र महाशिला गाउँपालिकामा ४ हजार ८ सय ५८ मत खसेको जिल्ला निर्वाचन अधिकारी लक्षु शर्माले जानकारी दिए ।

जिल्लाका दुई नगरपालिका र पाँच गाउँपालिकाका १ सय २९ मतदान केन्द्रमा शान्तिपुर्ण रुपमा मतदान सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर