उत्तरी पर्वतको जलजला गाउँपालिकामा नेपाली कांग्रेसका यामबहादुर मल्ल ३ हजार ७ सय २३ मत प्राप्त गरी विजयी भएका छन् । गएराति अबेर सम्पन्न मतगणनामा नेकपा एमालेका उम्मेदवार लालबहादुर अधिकारीलाई ६४५ मतान्तरले पराजित गर्दै मल्ल विजयी हु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... उत्तरी पर्वतको जलजला गाउँपालिकामा नेपाली कांग्रेसका यामबहादुर मल्ल ३ हजार ७ सय २३ मत प्राप्त गरी विजयी भएका छन् । गएराति अबेर सम्पन्न मतगणनामा नेकपा एमालेका उम्मेदवार लालबहादुर अधिकारीलाई ६४५ मतान्तरले पराजित गर्दै मल्ल विजयी हु"/>
२०८२, २८ चैत्र शनिबार
पर्बत - PBT

पर्वतको जलजलामा कांग्रेसका मल्ल विजयी

२०७४, ४ जेष्ठ बिहीबार ०६:५५

उत्तरी पर्वतको जलजला गाउँपालिकामा नेपाली कांग्रेसका यामबहादुर मल्ल ३ हजार ७ सय २३ मत प्राप्त गरी विजयी भएका छन् । गएराति अबेर सम्पन्न मतगणनामा नेकपा एमालेका उम्मेदवार लालबहादुर अधिकारीलाई ६४५ मतान्तरले पराजित गर्दै मल्ल विजयी हुनुभएको हो । अधिकारीले तीन हजार ७८ मत प्राप्त गरेका छन् । 

त्यस्तै, नेकपा माओवादी केन्द्रका उम्मेदवार बाबुराम कार्कीले एक हजार ९२१ मत पाएका छन् । उपाध्यक्षमा पनि नेपालीकांग्रेस सीमा पुन विजयी भएकी छन् । उनी ३ हजार ७८३ मत ल्याएर विजयी भएकी हुन् ।


एमालेका अनिता शर्माले ३ हजार ६५७ र नेकपा माओवादी केन्द्रका सीता मल्लले एक हजार ५९४ मत प्राप्त गरे । यो गाउँपालिकाका वडा नम्बर २, ३, ४ र ८ मा कांग्रेस, र वडा नम्बर ७ र ९ मा नेकपा माओवादी केन्द्र तथा वडा नम्बर १, ५ र ६ मा नेकपा एमालेका वडाध्यक्ष विजयी भएका छन् ।


वडा नम्बर १ मा तुलसीराम रेग्मी, २ मा गोविन्द खत्री, ३ मा देवीन्द्रबहादुर भण्डारी, ४ मा भीष्म मल्ल, ५ मा तिलक जिसी, ६ मा हमबहादुर फकामी, ७ मा टुङ्गनाथ आचार्य, ८ मा हरिविकास जिसी र ९ मा गौबहादुर पुन वडाध्यक्षमा चुनिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ