२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दश बुँदे सहमतिपछि भरतपुरको मतगणना सुरु

६ जेष्ठ २०७४, शनिबार ०७:१२

जेठ ६, चितवन । भरतपुर महानगरपालिकाको मतगणना कार्य १५ घन्टा रोकिएर पुनः सुरु भएको छ ।

मतगणना कार्य सन्तोषजनक नभएको भन्दै नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र राप्रपाले विरोध जनाएपछि हिजो साँझ– ७ बजेदेखि रोकिएको मतगणना कार्य आज पाँच दलबीच १० बुँदे सहमति भएपछि बिहान १० बजेबाट पुनः सुरु गरिएको हो ।

सहमति अनुसार प्रमुख निर्वाचन अधिकृतले एकजना सूचना अधिकृत तोकी निजले एकद्वार प्रणाली अन्तर्गत मात्र सूचना सम्प्रेषण गर्ने, मतगणनाका लागि आवश्यक जनशक्ति मात्र राख्ने, गणनास्थलमा दलको प्रमुख वा प्रतिनिधिको छुट्टै डेस्क राख्ने सहमति भएको छ । 

त्यसैगरी प्रत्येक समूहबाट आउने मतगणनाको परिणाम राजनीतिक दलका प्रतिनिधि रहेको डेस्कमा देखाएपछि सार्वजनिक र कम्प्युटर इन्ट्री गर्ने व्यवस्था गर्ने सहमति भएको छ । 

मतगणना तल र माथिका वडाबाट बढ्दो र घट्दो क्रममा गरिने सहमति भएको छ । वडा नं– १० को मतगणना हुँदैछ भने यसपछि २९नं– वडाको गणना गरिने छ । गणनास्थलमा कर्मचारी व्यवस्थित गराइने भएको छ भने मतपेटिका खोल्नु अघि सोमा के कति मत रहेको मुचुल्का छ त्यसको जानकारी गराउने, पूर्ण बदर मतको तथ्याङ्क सार्वजनिक गर्ने, मतगणना पारदर्शी र जवाफदेही बनाउने सहमति भएको छ । 

सर्वदलीय बैठकपछि जारी सहमतिपत्रमा नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, नेकपा एमालेका अध्यक्ष कृष्णभक्त पोखरेल, माओवादी केन्द्रका नेता नारायणप्रसाद दाहाल, राप्रपाका जिल्ला अध्यक्ष बद्री तिमिल्सिना र राष्ट्रिय जनमोर्चाका भक्तिराम गौतमले हस्ताक्षर गर्नुभएको छ ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान