२०८२, ५ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

इन्द्रावती गाउँपालिकाका आठवटा वडाको मतपरिणाम घोषणा (कहाँ कसको जित ?)

२०७४, ७ जेष्ठ आईतवार ०३:४९

जेठ ७, मेलम्ची | सिन्धुपाल्चोक जिल्लाको इन्द्रवती गाउँपालिकाको सम्पन्न मतगणनाअनुसार वडा नं १ को वडाध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार श्री लामा ३३१ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का तिललाल तामाङले २९१ मत प्राप्त गर्नुभएको छ । 

वडा नं २ मा नेकपा (माओवादी केन्द्र)का वीरबहादुर तामाङ ३५६ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका रामशरण गिरीले ३१६ मत प्राप्त गर्नुभएको छ । 

वडा नं ३ मा काँग्रेसका देवप्रसाद बानियाँ ३८५ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका केदारबहादुर थापाले ३२१ मत प्राप्त गर्नुभएको छ । 

वडा नं ४ मा काँग्रेसका जगतमान ताल्चाभडेल ६०३ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका भीमे लामाले ५०२ मत प्राप्त गर्नुभएको छ । 

वडा नं ५ मा काँग्रेसका दुर्गाबहादुर तामाङ ५४७ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका लक्ष्मण तिमिल्सिनाले ५३९ मत प्राप्त गर्नुभएको छ । 

वडा नं ६ मा एमालेका इन्द्रबहादुर तामाङ ५३८ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका अनुप न्यौपानेले ३९१ मत प्राप्त गर्नुभएको छ । 

वडा नं ७ मा माओवादी केन्द्रका वीरबहादुर तामाङ ४७४ मत प्राप्त गरी विजयी हुनुभएको छ भने एमालेका रामजी थापाले ४२९ मत प्राप्त गर्नुभएको छ । 

वडा नं ८ मा काँग्रेसका धनबहादुर श्रेष्ठ ३६४ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका केदारनाथ आचार्यले ३२५ मत प्राप्त गर्नुभएको छ । 

त्यसैगरी अहिलेसम्मको मत गणनाअनुसार अध्यक्षमा काँग्रेसका वंशलाल तामाङले तीन हजार ५९४, एमालेका झम्क नेपालले तीन हजार २०६, माओवादी केन्द्रका चिरञ्जीवी आचार्यले दुई हजार ३६ र राष्ट्रिय प्रजातन्त्र पार्टीका दइन्द्र ठकुरीले ६४० मत मत प्राप्त गर्नुभएको छ । 

त्यसैगरी उपाध्यक्षमा काँग्रेसका मिरा अधिकारी लामाले तीन हजार ३२७, एमालेका सरस्वती अधिकारीले तीन हजार १६७, माओवादी केन्द्रका बिसमई तामाङले दुई हजार १२७ र राप्रपाका शर्मिला दनुवारले ७५५ मत प्राप्त गर्नुभएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार देखाएर मोटरसाइकल लुट्ने २ जना समातिए नागढुङ्गामा झण्डै ३ केजी चाँदीसहित एक युवक पक्राउ दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति नेप्से परिसूचक दोहोरो अंकले घट्यो बेलायत पठाउने भन्दै लाखौँ रकम ठगी गर्ने महिला पक्राउ काठमाडौँमा बढ्दै वायु प्रदूषण, सचेत रहन आग्रह निर्वाचन सफल बनाउन राष्ट्रपतिको आह्वान दुर्गा प्रसाईंलाई बिना सर्त रिहा गर्न आजपाको माग घट्यो सुनको मूल्य कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक तत्काल निर्वाचनमा खटिनुहोला,पार्टीको जिम्मेवारी पछि तोक्नेछौं : कुलमान घिसिङ मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु नेताहरू भ्रष्ट भए, राजनीतिलाई उनीहरूले कमाई खाने भाँडो बनाए: राजेन्द्र लिङदेन नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट काठमाडौँको फोहोर व्यवस्थापनमासमेत अन्तर्राष्ट्रिय चलखेल हुन्थ्यो: बालेन शाह आगामी निर्वाचनपछि बलियो सरकार बन्छ, जनताको समस्या समाधान हुन्छ : लामिछाने कांग्रेसले बोलायो अनुशासन समितिको बैठक लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ सुनचाँदीको मुल्य घट्यो पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध