राजनीतिमा जसले धेरै समय त्याग र योगदान गरेको छ, त्यस्ता कार्यकर्ता वा नेतालाई अवसर दिने चलन छ । मतदाताले पनि अनुभवीलाई नै बढी विश्वास गरिरहेका छन् । तर, मोदी गाउँपालिका–६ तिलाहारका विमल लामिछानेमा यो कुरा लागू भएन । उनी जिल्लाकै"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... राजनीतिमा जसले धेरै समय त्याग र योगदान गरेको छ, त्यस्ता कार्यकर्ता वा नेतालाई अवसर दिने चलन छ । मतदाताले पनि अनुभवीलाई नै बढी विश्वास गरिरहेका छन् । तर, मोदी गाउँपालिका–६ तिलाहारका विमल लामिछानेमा यो कुरा लागू भएन । उनी जिल्लाकै"/>
५ माघ २०८२, आईतवार
पर्बत - PBT

विमल बने जिल्लाकै कान्छा वडाध्यक्ष

८ जेष्ठ २०७४, सोमबार ०५:४३

राजनीतिमा जसले धेरै समय त्याग र योगदान गरेको छ, त्यस्ता कार्यकर्ता वा नेतालाई अवसर दिने चलन छ । मतदाताले पनि अनुभवीलाई नै बढी विश्वास गरिरहेका छन् । तर, मोदी गाउँपालिका–६ तिलाहारका विमल लामिछानेमा यो कुरा लागू भएन । उनी जिल्लाकै कान्छा वडाध्यक्षमा निर्वाचित भएका छन् । ०४७ सालमा जन्मिएका लामिछाने २६ वर्षको उमेरमै वडा नं। ६ को अध्यक्ष बनेका हुन् । पृथ्वीनारायण क्याम्पस पोखरामा स्नातकोत्तर तहमा अध्ययनरत लामिछाने एमालेका तर्फबाट उम्मेदवार बनेका थिए । जोस र जाँगर भएको युवाले गाउँमा केही परिवर्तन गर्न सक्छ भन्ने ठानेरै आफूलाई स्थानीयले विजयी गराएको उनले प्रतिकृया दिए ।


जितपछि राज्यबाट आफूले पाउने सेवा सुविधा स्थानीय नागरिकको विकासका लागि खर्चिनेसमेत उनले प्रतिबद्धता जनाएका छन् । वडाको कुल २१ सय ८ मध्ये विमलले १२ सय ४९ मत पाए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका ठक्करप्रसाद शर्माले पाँच सय ११ मत पाए । आजको नयाँपत्रिका दैनिकमा खबर छ ।

उनी एमालेनिकट युवा संघ पर्वतका अध्यक्ष पनि हुन् । त्यस्तै, एमाले पर्वतका जिल्ला कमिटी सदस्य तथा जिल्ला युवा परिषद् अध्यक्ष हुन् । आफूले सानैदेखि जिल्लामा विभिन्न कामका लागि गरेको योगदानको कदर भएकाले निकै उत्साहित बनेको उनले बताए ।

http://www.enayapatrika.com/wp-content/uploads/2017/05/

वडाको विकासका लागि उनले योजना पनि बनाएका छन् । तिलाहारमा रहेका विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गर्न, स्वास्थ्य सेवाको पहुँच सबै नागरिकलाई पु¥याउन, साबिकका सबै वडा तथा टोलमा पक्की सडक पु¥याउनका लागि यसै सातादेखि काममा जुट्ने उनले बताए । स्थानीयस्तरका कृषि, पशुपालन, माछापालन, तरकारी खेतीलगायतका सम्भावनाको खोजी गरी सहुलियतमा ऋण तथा तालिम प्रदान गर्ने उनको योजना छ ।


युवाको क्षमता तथा नेतृत्व विकास, भौतिक पूर्वाधारको विकास निर्माण र व्याक्तित्व विकासमा निरन्तर लागिरहने उनले अठोट गरेका छन् । ‘जुन हिसाबले आमजनताले मलाई मत दिएर विजयी गराए, त्यही हिसाबले मेरो दिनप्रतिदिन सक्रियता बढ्दै जानेछ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता