राजनीतिमा जसले धेरै समय त्याग र योगदान गरेको छ, त्यस्ता कार्यकर्ता वा नेतालाई अवसर दिने चलन छ । मतदाताले पनि अनुभवीलाई नै बढी विश्वास गरिरहेका छन् । तर, मोदी गाउँपालिका–६ तिलाहारका विमल लामिछानेमा यो कुरा लागू भएन । उनी जिल्लाकै"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... राजनीतिमा जसले धेरै समय त्याग र योगदान गरेको छ, त्यस्ता कार्यकर्ता वा नेतालाई अवसर दिने चलन छ । मतदाताले पनि अनुभवीलाई नै बढी विश्वास गरिरहेका छन् । तर, मोदी गाउँपालिका–६ तिलाहारका विमल लामिछानेमा यो कुरा लागू भएन । उनी जिल्लाकै"/>
२०८२, ३ चैत्र मंगलवार
पर्बत - PBT

विमल बने जिल्लाकै कान्छा वडाध्यक्ष

२०७४, ८ जेष्ठ सोमबार ०५:४३

राजनीतिमा जसले धेरै समय त्याग र योगदान गरेको छ, त्यस्ता कार्यकर्ता वा नेतालाई अवसर दिने चलन छ । मतदाताले पनि अनुभवीलाई नै बढी विश्वास गरिरहेका छन् । तर, मोदी गाउँपालिका–६ तिलाहारका विमल लामिछानेमा यो कुरा लागू भएन । उनी जिल्लाकै कान्छा वडाध्यक्षमा निर्वाचित भएका छन् । ०४७ सालमा जन्मिएका लामिछाने २६ वर्षको उमेरमै वडा नं। ६ को अध्यक्ष बनेका हुन् । पृथ्वीनारायण क्याम्पस पोखरामा स्नातकोत्तर तहमा अध्ययनरत लामिछाने एमालेका तर्फबाट उम्मेदवार बनेका थिए । जोस र जाँगर भएको युवाले गाउँमा केही परिवर्तन गर्न सक्छ भन्ने ठानेरै आफूलाई स्थानीयले विजयी गराएको उनले प्रतिकृया दिए ।


जितपछि राज्यबाट आफूले पाउने सेवा सुविधा स्थानीय नागरिकको विकासका लागि खर्चिनेसमेत उनले प्रतिबद्धता जनाएका छन् । वडाको कुल २१ सय ८ मध्ये विमलले १२ सय ४९ मत पाए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका ठक्करप्रसाद शर्माले पाँच सय ११ मत पाए । आजको नयाँपत्रिका दैनिकमा खबर छ ।

उनी एमालेनिकट युवा संघ पर्वतका अध्यक्ष पनि हुन् । त्यस्तै, एमाले पर्वतका जिल्ला कमिटी सदस्य तथा जिल्ला युवा परिषद् अध्यक्ष हुन् । आफूले सानैदेखि जिल्लामा विभिन्न कामका लागि गरेको योगदानको कदर भएकाले निकै उत्साहित बनेको उनले बताए ।

http://www.enayapatrika.com/wp-content/uploads/2017/05/

वडाको विकासका लागि उनले योजना पनि बनाएका छन् । तिलाहारमा रहेका विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गर्न, स्वास्थ्य सेवाको पहुँच सबै नागरिकलाई पु¥याउन, साबिकका सबै वडा तथा टोलमा पक्की सडक पु¥याउनका लागि यसै सातादेखि काममा जुट्ने उनले बताए । स्थानीयस्तरका कृषि, पशुपालन, माछापालन, तरकारी खेतीलगायतका सम्भावनाको खोजी गरी सहुलियतमा ऋण तथा तालिम प्रदान गर्ने उनको योजना छ ।


युवाको क्षमता तथा नेतृत्व विकास, भौतिक पूर्वाधारको विकास निर्माण र व्याक्तित्व विकासमा निरन्तर लागिरहने उनले अठोट गरेका छन् । ‘जुन हिसाबले आमजनताले मलाई मत दिएर विजयी गराए, त्यही हिसाबले मेरो दिनप्रतिदिन सक्रियता बढ्दै जानेछ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर