५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

भोट हाल्न १३ किलो मिटर हिडनु पर्ने

९ जेष्ठ २०७४, मंगलवार १२:५३

ललित बोहरा | जेठ ९, डडेल्धुरा । डडेल्धुराको पशुराम नगरपालीका मलाससससस क्षेत्रका नागरीले स्थानीय तहको निर्वाचनमा भोट हाल्न १३ किलो मिटर हिडनु पर्ने बाधेता रहेको जनाएको छ ।  

यस्तै  जेठ ३१ गतेका लागि निर्धारण गरिएको दोस्रो चरणको स्थानीय तह निर्वाचन भयरहित वातावरणमा सम्पन्न गर्नेमा डडेल्धुराका राजनितिक दल तथा सरोकारवालाहरुले प्रतिबद्धता जनाएका छन् । जिल्ला निर्वाचन कार्यालय डडेल्धुराले आज जिल्ला सदरमुकाममा आयोजना गरेको सरोकारवालाहरु संगको अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरुले उक्त प्रतिबद्धता जनाएका हुन् ।

उक्त कार्यक्रममा सहभागि सरोकारवालाहरुले यही जेठ ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचलाई भयरहित वातावरणमा सम्पन्न गराउने प्रतिबद्ध रहेको बताएका छन् ।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखाका अध्यक्ष मान बहादुर सावदले स्थानीय तहको निर्वाचन लाई भयरहित वातावरणमा सम्पन्न गराउनमा राजनीतिक दलहरुले आचार संहिताको पालना गरेर चुनावी प्रचार–प्रसार गर्नुपर्ने बताएका छन् ।

उनले निर्वाचनमा हुन सक्ने अप्रिय घटनाहरुलाई न्युनिकरण गर्नको लागि सुरक्षा व्यवस्था राम्रो संग मिलाउनु पर्ने धारण राख्नु भयो । साथै उनले जिल्ला स्थित सम्पूर्ण पत्रकारहरुले सहि सूचना सम्प्रेषण गर्नपनि पत्रकारहरुलाई सुझाव दिएका छन् ।

यस्तै सोही कार्यक्रममा राजनीतिक दलहरुका तर्फबाट बोल्दै नेकपा माओवादी केन्द्रका नेता करुणाकर ओझाले निर्वाचनलाई निष्पक्ष ढंगले सम्पन्न गर्नुपर्ने बताएका छन् । उनले डडेल्धुरामा स्थानीय तह निर्वाचन भयरहित वातावरणमा सम्पन्न गराउनका लागि जिल्ला स्थित राजनीतिक दलहरु प्रतिबद्ध रहेको धारण व्यक्त गरेका छन् । 

अन्तरक्रिया कार्यक्रममा बोल्दै कार्यक्रमका सभापति तथा मुख्य निर्वाचन अधिकृत देव कुमार गिरीले यसअघि भएका निर्वाचन भन्दा स्थानीय तहको निर्वाचन फरक भएकाले यो निर्वाचनलाई धादली रहित वातावरणमा सम्पन्न गराउनमा सरोकारवालाहरुको महत्वपूर्ण भूमिका रहेको बताएका छन् ।

साथै उनले पहिलो चरणको स्थानीय तहको निर्वाचनमा धेरै मत बदर भएकाले मत बदर हुन नदिन मतदाता शिक्षा कार्यक्रलाई प्रभावकारी रुपमा अगाडि बढाउनु पर्नेमा जोड दिएका छन् ।

दुई नगरपालिका र पाँच गाउँपालिका भएको डडेल्धुरा जिल्लामा ७५ हजार ७ सय ८०  जना मतदाता रहेका छन् भने ७७ मतदान स्थल  र ११०  वटा मतदान केन्द्र निर्वाचन आयोगले यसअघि नै निर्धारण गरि सकेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता