जेठ १२, परासी | प्राचिन कोलिय गणराज्यको राजधानी रहेको नवलपरासीको पण्डितपुर गाउँपालिकामै सिमित राखिएको छ । हाल भएको स्थानिय तहको पुर्नसंरचामा रामग्राम नगरपालिकामा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जेठ १२, परासी | प्राचिन कोलिय गणराज्यको राजधानी रहेको नवलपरासीको पण्डितपुर गाउँपालिकामै सिमित राखिएको छ । हाल भएको स्थानिय तहको पुर्नसंरचामा रामग्राम नगरपालिकामा"/>
२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीको प्राचिन कोलिय गणराज्य गाउँपालिकामै सिमिति

२०७४, १२ जेष्ठ शुक्रबार ०४:४६

जेठ १२, परासी | प्राचिन कोलिय गणराज्यको राजधानी रहेको नवलपरासीको पण्डितपुर गाउँपालिकामै सिमित राखिएको छ । हाल भएको स्थानिय तहको पुर्नसंरचामा रामग्राम नगरपालिकामा राखिएको पण्डितपुरलाई नगरपालिकाबाट छुटउदै हाल गाउँपालिकामा सिमिति गरिएको हो ।

पुरातत्व विभागले जिल्लाको साबिक बन्जिरिया गाविसमा पर्ने पण्डितपुरको २ वर्ष अगाडी उत्खनन गर्दा उक्त क्षेत्रमा ईसा पुर्व ७ सय पुरानो प्राचिनता भेटिएको थियो । पुरातत्व  विद तारानन्द मिश्रको उत्खनन टोलीले उत्खनन गर्दा कोलिय गणराज्यको राजधानीमा अन्तो नगर र बाह्य नगर भनि पहिचान गरेको थियो ।

त्यतिबेला उत्खनन गर्दा सो क्षेत्रमा एक दर्जन बढि मौर्यकालिन रिंगवेल (ईनार), पोष्टहोल, ग्रेवर, केहि प्राचिन मुद्रा, कुषांणकालिन भाँणाकुँडा भेटिएको थियो । उत्खनन टोलीले भेटिएका ति प्राचिनकालिन राजधानिका भग्नावेषहरु भेटाएपछि यो कोलिय गणराज्यको राजधानी प्रमाणित गरेको थियो । कोलिय गणराज्य मध्यदेशको काशी राज्य भित्रको एक गणराज्य थियो ।  

कोलिय गणराज्यको राजधानीलाई देवदह, रामग्राम, बगौरतप्पा, ब्यागरपुरी, पण्डितपुर भनेर पाँच नामले चिनिने गरिन्छ । पण्डितपुर भगवान गौतम बुद्धको आमा मायादेवी र गौतम बुद्धको पत्नी यशोधराको जन्म स्थल पनि हो । पण्डितपुर विश्वमै गौतम बुद्धको मावलीको रुपमा चिनिने गरिन्छ ।

अघिल्लो पटक पण्डितपुर क्षेत्रलाई रामग्राम नगरपालिका अन्तर्गत राखिएको भएपनि अहिले पण्डितुरलाई छुटयाएर गाउँपालिका कायम गरेपछि स्थानियबासी असन्तुष्टि व्यक्त गरेका छन् । हाल कायम भएको पण्डितपुर गाउँपालिकामा साबिकका गाविसहरु अमरौड, सुक्रौली, हकुई र बन्जरिया गाभिएको छ ।


त्यसैबिच प्रदेश नंं. ५ मा पर्ने परासी क्षेत्रमा २ वटा नगरपालिका थप भएका छन् । पछिल्लो स्थानिय तहको पुर्न संरचना अनुसार परासी क्षेत्रमा बर्दघाट, सुनवल, रामग्राम गरि ३ वटा मात्र नगरपालिका थिए । तर अहिलेको नयाँ संरचना अनुसार पाल्ही नन्दन र प्रतापपुर पनि नगरपालिकामा परिणत भएको छ । उक्त दुई गाउँपालिका नगरपालिकामा परिणत भएपछि त्यहाँका स्थानियबासीहरु खुशी व्यक्त गरेका छन् । परासी क्षेत्रमा अहिले ३ वटा नयाँ स्थानिय तह पनि थप भएका छन् जसमा रामनगर गाउँपालिका, पण्डितपुर गाउँपालिका र भुजहवाँ गाउँपालिका पर्दछन् । हाल परासी क्षेत्रमा ५ नगरपालिका र ५ गाउँपालिका गरि १० स्थानिय तह बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै