2026-07-05 10:24 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

मैंले सुरुमै माधव नेपाललाई नयाँ पार्टी घोषणा गरौँ भनेको थिए : रावल

काठमाडौँ | एमालेबाट निष्काशित नेता डा. भीम रावल नयाँ पार्टी खोल्न सुरुबाट चाहेको बताएका छन्। २०७७ चैतमा ललितपुर भेलाबाट आफूहरू अध्यक्ष केपी ओलीको विपक्षमा नयाँ पार्टी खोल्नुपर्ने तयारीमा रहेको विराटनगरमा आइतबार आयोजित पत्रकार सम्मेलनमा नेता रावलले जानकारी दिए।

उनले भने, ‘चैत्र ३ गते बालुवाटारमा भएको भेटमा ओली जीको भनाई सुनेपछि उनी पार्टी विभाजनकै मनस्थितिमा रहेको पाए। त्यसपछि मैले माधवजीहरूलाई पनि नयाँ पार्टी खोलौ भनेको हो। त्यो हुँदा अहिले हामी ब्यापक ठूलो पार्टी हुने थियो। तर, उहाँहरूले कसैले मान्नु भएन। नत्र अध्यक्ष ओलीसँग वार्ता गरौला भन्ने थियो।’ तत्कालीन प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि एमालेको तत्कालीन माधव नेपाल पक्षले २०७७ चैत ४ र ५ गते ललितपुरमा राष्ट्रिय गरेको थियो।

नेता रावलले मुलुकका केही नेता बाह्य देशबाट परिचालित हुने गरेको आरोप लगाए। उनले भने, ‘अरु देशमा नेताहरू राष्ट्रको हित हुने काम गर्छन्। तर यहाँका केही नेता बाह्य शक्तिबाट परिचालित भएको पाए। देशको स्वधिनताको पक्षमा नउभिने गरेको पाए।’

एकीकृत समाजवादीतर्फ झुकाव बढेको भन्ने प्रश्नमा उनले नेकपा एमालेभित्र भएका वेथिती, निरकुशता, स्वच्छेचारीविरुद्ध उभिने पंक्ति ठूलो रहेको बताए।

उनले भने, ‘मैले त सम्पूर्ण देशभक्तलाई जोड्ने प्रयास गरेको हुँ। चाहे समाजवादी, विभिन्न पेशाकर्मी, कांग्रेस, माओवादी राप्रपा, सबैलाई जोड्ने हो। काठमाडौंमा बसेर केपी ओलीहरू आफू चाही कांग्रेस , महन्थ ठाकुर, सीके राउतसंग मिलेर प्रधानमन्त्री खान हुने। अनि देशभक्तहरूलाई मैले समेट्न नहुने देशको हितमा।’

पार्टी र अध्यक्षलाई गाली गरेको भन्ने विषयमा उनले भने, ‘सायद यस विषयको जिकीर बा मालेले गरेको होला। कठमाडौंमा मोनोरेल चलाउन के गर्नु भयो सोध्दा गाली हुन्छ ? युवाहरूलाई रोजगार दिन के गर्नु भयो गाली भयो र ? स्वधिनताको विषय राख्दा गाली भयो र ?’

सुनसरीका भरौलमा आयोजित फुटबल प्रतियोगिता रोकिएको विषयमा नेता रावलले भने, ‘एउटा खेलकुदको कार्यक्रममा प्रधानमन्त्री संलग्न भएर खेलकुदको मान्छे तर्साएर खेलकुद रोक्नु हुने तहसम्म उत्रने मान्छेले अरु कति कुप्रचार गर्छ होला?’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै