जेठ १३, काठमाडौँ । आज जेठ १३ गते सहिद कृष्ण सेन ‘इच्छुक’ को १५ औँ स्मृति दिवस मनाइएको छ । शनिबार बिहान काठमाडौँको नयाँ बानेश्वरबाट सुरु भएको प्रभातफेरी कार्यक्रम माइतीघर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

जेठ १३, काठमाडौँ । आज जेठ १३ गते सहिद कृष्ण सेन ‘इच्छुक’ को १५ औँ स्मृति दिवस मनाइएको छ । शनिबार बिहान काठमाडौँको नयाँ बानेश्वरबाट सुरु भएको प्रभातफेरी कार्यक्रम माइतीघर"/>

१ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘शासकहरू कहिले गर्छौ हत्यारालाई कारबाही ?’

१३ जेष्ठ २०७४, शनिबार १०:२४


जेठ १३, काठमाडौँ । आज जेठ १३ गते सहिद कृष्ण सेन ‘इच्छुक’ को १५ औँ स्मृति दिवस मनाइएको छ । शनिबार बिहान काठमाडौँको नयाँ बानेश्वरबाट सुरु भएको प्रभातफेरी कार्यक्रम माइतीघर मण्डलामा गएर कोणसभामा परिणत भएको थियो । सभामा बोल्ने अधिकांश वक्ताले सेनका हत्याराहरूलाई कारबाहीको माग गरेका थिए ।

सो सभामा क्रान्तिकारी पत्रकार सङ्गठनले उपाध्यक्ष तथा संवाद डबलीका अध्यक्ष दीपेन्द्र रावललाई यस वर्षको कृष्ण सेन ‘इच्छुक’ पत्रकारिता पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ भने क्रान्तिकारी पत्रकार सङ्घले बेपत्ता योद्धा चित्रनारायण श्रेष्ठकी जीवनसँगिनी सावित्रा श्रेष्ठलाई सभाबाटै पुरस्कार प्रदान गरेको थियो ।

कार्यक्रमकी प्रमुख अतिथि सहिद कृष्ण सेन इच्छुककी जीवन संगिनी तक्मा केसीले हत्या भएको १५ वर्षदेखि निरन्तर हत्यारालाई कानुनी कठघरामा ल्याएको देख्न चाहन्थ्यौँं तर हुन नसकेको प्रति दुःख व्यक्त गरिन् ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा. महेन्द्र बिष्टले सेन बहुआयामिक प्रतिभाका धनी रहेको चर्चा गर्दै भने, ‘राजनीति, पत्रकारिता र साहित्यका त्रिवेणी व्यक्तित्व सेनका हत्यालाई प्रशासनले अहिलेसम्म आधिकारिक रूपमा घोषणा नगर्नु दुःखद् विषय हो ।’


त्यसैगरी नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव तथा क्रान्तिकारी पत्रकार सङ्गठनका अध्यक्ष प्रभात चलाउनेले ३÷३ पटकसम्म सरकारको नेतृत्वमा पुगेको र अहिले पनि माओवादीकै नेतृत्वमा सत्ता हुँदा पनि केही नबोलेको प्रति आक्रोशित हुँदै प्रश्न गरे, ‘कृष्ण सेनको बलिदानबाट सत्तामा पुगेका शासकहरू कहिले गर्छौ हत्यारालाई कारबाही ?’ अध्यक्ष चलाउनेले सेनले बनाएका मानिसहरूले सेनको आदर्श, मूल्य मान्यता त्याग्ने मात्रै नगरेर प्रतिघातसम्म गरेको आरोप लगाए । उनले चेतावनी दिदै भने, ‘बन्दुकले तर्साउँदै पत्रकार र जनतालाई बिनाकारण दुःख दिएर द्वन्द्वको सिर्जना नगर ।’ हिजोको सत्ताले सेनलगायतका पत्रकारलाई गिरफ्तार गरेजस्तै अहिले पनि आधा दर्जन पत्रकारलाई हिरासतमा राखेको र उनीहरूलाई तत्काल मुक्त गर्न सरकारसङ्ग माग गरे ।

त्यसैगरी प्रेस सेन्टर नेपालका वरिष्ठ उपाध्यक्ष गोविन्द आचार्यले १५ वर्ष बितिसक्दा पनि हत्याराले उन्मुक्ति पाइरहेको दाबी गर्दै भने, ‘अहिले पनि हत्यारा खुलेआम हिँडिरहेका छन् । हाम्रा आवाजहरू मलिन भएका छन् ।’ इच्छुकका अनुयायीहरू विभिन्न समूहमा विभाजित भए पनि इच्छुकको १५ औँ स्मृति दिवसमा सबै एक ठाउँमा भएकोमा खुसी पनि व्यक्त गरे ।

प्रेस सेन्टर नेपालका उपाध्यक्ष बलराम थापाले इच्छुक स्मृति दिवसका अवसरमा स्थापित पुरस्कारको औचित्यबारे प्रस्ट्याएका थिए । उनले सिन्धुली पोस्टका सम्पादक चित्रनारायण श्रेठलाई २०५७ सालमा सर्लाहीको हरिवनबाट प्रशासनले गिरफ्तार गरेर बेपत्ता बनाएको जानकारी पनि दिए । त्यस्तै पत्रकार दीपेन्द्र रावलका विषयमा उनले भने, ‘जनयुद्धका घाइते योद्धा रावलको शरीरमा अहिले पनि बमका छर्राहरू छन् तर उहाँ अहिले पनि बाँकी जीवन क्रान्तिप्रति प्रतिबद्ध रहने अठोट लिएर हिँडिरहनुभएको छ । उहाँ र चित्रनारायणकी जीवनसंगिनी सावित्री श्रेष्ठलाई बधाई छ ।’

त्यसैगरी क्रान्तिकारी पत्रकार महासङ्घका अध्यक्ष इन्द्र राउतले वर्तमान सरकारप्रति लक्षित गर्दै आफूलाई माओवादी भन्नेहरूले नै कृष्ण सेनको आदर्शलाई तोड्ने काम मात्र नगरेर इच्छुकले देखाएको बाटोलाई बङ्ग्याएको आरोप पनि लगाए ।


प्रेस चौतारी नेपालका उपाध्यक्ष विश्वमणि सुवेदीले आदर्श र प्रतिभाका धनी इच्छुकजस्तो व्यक्तित्वका हत्यारालाई जतिसक्दो चाँडो कारबाही गनुपर्ने धारणा राखे ।  आदिवासी जनजाति पत्रकार महासङ्घका अध्यक्ष डण्ड गुरुङले क्रान्तिकारी पत्रकारिता क्षेत्रमा अतुलनीय योगदान गर्ने सेनका हत्यारालाई कारबाही गर्न सबैले प्रण गर्नुपर्ने बताए । कार्यक्रमको संयोजन क्रान्तिकारी पत्रकार सङ्घका उपाध्यक्ष गोविन्द आचार्यले गरेका थिए भने सञ्चालन सोही सङघका महासचिब विष्णु सापकोटाले गरेका थिए । – धनञ्जय बुढाको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल