सन्तोषकुमार गुप्ता, दाङ १३ जेष्ठ । पूर्व सभासद् तथा राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मीराज नेपालीले स"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सन्तोषकुमार गुप्ता, दाङ १३ जेष्ठ । पूर्व सभासद् तथा राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मीराज नेपालीले स"/>
२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङको भालुवाङमा १५ औँ इच्छुक स्मृति दिवस मनाईयो

२०७४, १३ जेष्ठ शनिबार १२:१८

महान् सहिद इच्छुकको बिचार ओझेलमा पारिएको छ – नेपाली

सन्तोषकुमार गुप्ता, दाङ १३ जेष्ठ । पूर्व सभासद् तथा राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मीराज नेपालीले सरकारले जसलाई पनि शहिद घोषणा गर्ने परिपाती कै कारण मुलुकको आमूल परिवर्तनका मृत्युबरण गर्नु भएका इच्छुकले योगदान, बलिदानी र बिचार ओझेलमा परेको बताएका छन् ।

इच्छुक स्मृतिपार्क निर्माण समिती भालुवाङले शनिबार इच्छुकको पुख्र्योली घर भालुवाङ पुल्चोक बजारको राप्ती नदीपारी अर्घाखाँची जिल्लाको सितगंगा नगरपालिका—५ सातामारामा आयोजना गरेको शहिद पत्रकार तथा साहित्यकार कृष्णसेन इच्छुकको १५ औँ स्मृति दिवस समारोहमा बोल्दै नेपालीले यस्तो बताएका हुन् । कार्यक्रमको प्रमुख अतिथीको आसनबाट बोल्दै नेपालीले आफूलाई सांस्कृतिक परिवर्तनका बाहक क्रान्तिकारी कम्युनिष्ट पार्टी भन्न रुचाउनेहरु सत्तामा पुग्दा मौलिक नेपाली भाषा माथि बिचल्न ल्याउन लागेकै इच्छुकको साहित्य माथि अपमान भएको बताए । इच्छुक भारतीय सेनाको लाहुरेको छोरो भएर पनि कम्युनिष्ट साहित्यकार भएकै कारण ज्यान गुमाउँदा पटक—पटक कम्युनिष्ट पार्टी भन्नेहरुको सरकार बन्दा पनि इच्छुकको हत्यारालाई कार्वाही हुन नसक्नु ठुलो बिडम्बना भएको बताए । 

पार्क निर्माण समितीका संयोजक भिर्माजुन सुवेदीको अध्यक्षतामा भएको स्मृति दिवसमा बोल्ने अन्य बक्ताहरुले शहिद साहित्यकार तथा पत्रकार स्वर्गीय कष्णसेन इच्छुकको बिचारलाई सबै दलका नेताहरुले साझा विचार बनाएरका रुपमा आत्मा साथ गरेर अघि बढ्न सके मात्र उनलाई सच्चा सम्मान मिल्ने बताएका छन् । उनीहरुले बाल्यकाल अवस्था देखि नै इच्छुक अत्यन्तै मिलनसार, सहयोगी र मेहन्ती भएकोले अहिलेका वर्तमान नेता, कार्यकर्ताहरु संगै सबैले पाठ सिक्नु पर्ने बताएका थिए । उनीहरुले इच्छुक एक साहित्यकार, राजनितिज्ञ तथा कुशल पत्रकारको रचना, प्रेरणा र मार्गदर्शनलाई सबैले अनुशरण गदै उहाँको ऐतिहासिक संरचनाहरुको संरक्षण, सबद्धनका लागि स्थानीय व्यक्तित्व र राज्यले आवश्यक ध्यान दिनु पर्ने बताएका थिए । इच्छुकको सम्मानका लागि इच्छुक स्मृति पार्क निर्माण कार्यको सोच अत्यन्तै आवश्यक तथा स्वागत योग्य बिषय भएको भए पनि अहिले सम्म कुनै पनि निर्माण कार्य अघि नबढाउनु दुखद भएको समेत बताएका थिए । पार्क निर्माणबाट इच्छुकका रचना तथा कृतिको संरक्षणमा गर्न सहयोग पुग्ने बताउँदै त्यसका लागि गठित पार्क निर्माण समिती सक्रियताका साथ तत्काल निर्माण प्रक्रिया अघि बढाउन आग्रह समेत गरेका थिए । उनीहरुले पार्क निमार्णका लागि स्थानीयस्तर देखि राष्ट्रियस्तरबाट समेत आवश्यक पहल गर्न आग्रह गरेका थिए ।    

इच्छकुको बगैँचा तथा जग्गा संरक्षक बिष्पुरा घर्तीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा इच्छुकका बालसखी सहपार्टी दामोदर भण्डारीले इच्छुकका जीवनी प्रस्तुत गरेका थिए । कार्यक्रममा बरिष्ठ तथा जेष्ठ साहित्यकार धर्मराज बैरागीको समितीका सदस्य तथा नेकपा एमालेका जिल्ला सदस्य किरण भण्डारी, नेकपा माओवादीका केन्द्रका जिल्ला सदस्य तथा राप्ती गाउँपालिका प्रमुख पदका उम्मेदवार श््रयामेश चौधरी, नेपाल कम्युनिष्ट पार्टीका भिमप्रकाश पुन, साहित्यकारहरु कृष्ण गिरी, जीबराज शर्मा, शरद शर्मा र पुरुषेत्तम आचार्य लगायतका बक्ताले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन पार्क निर्माण समितीका सचिव नारायण शर्माले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने