जेठ १३, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्य ‘किरण’ले नेपालमा क्रान्तिका लागि शत्रु नरहेको बताएका छन् । 

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जेठ १३, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्य ‘किरण’ले नेपालमा क्रान्तिका लागि शत्रु नरहेको बताएका छन् । 

२०८२, ५ फाल्गुन मंगलवार
काठमाडौँ - KTM

क्रान्ति गर्न शत्रु चाहिन्छ, अहिले छैनः किरण

२०७४, १३ जेष्ठ शनिबार १५:२१

जेठ १३, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्य ‘किरण’ले नेपालमा क्रान्तिका लागि शत्रु नरहेको बताएका छन् । 

क्रान्ति गर्न वर्ग शत्रु हुनुपर्ने बताउँदै अध्यक्ष किरणले अहिले किटानी दुश्मन नभएको बताएका हुन् । यसअघिका क्रान्तिमा राणाकाली, पञ्चायती र बहुदलीय व्यवस्था नै मुख्य दुश्मन रहेको बताउँदै अहिले ती सबै मेटिइसकिएकोले अबका क्रान्तिको शत्रु पहिचान गर्नुपर्ने बताए । 

कृष्ण सेन ‘इच्छुक’ ‘१५औं स्मृति एवं बलिदान दिवस–२०७४’ को अवसरमा राजधानीको संवाद डबलीमा इच्छुक साँस्कृतिक प्रतिष्ठान र अखिल नेपाल जनसाँस्कृतिक महासंघले संयुक्त रुपमा आयोजित ‘पुरस्कार वितरण तथा कविता गोष्ठी’मा वैद्यले सो कुरा बताएका हुन् । क्रान्तिका लागि अहिले देशमा प्रतिक्रियावादी नरहेकोले क्रान्तिको आवश्यकताबारे चिन्तन गर्नुको विकल्प नरहेको बताए । ‘क्रान्ति गर्न शत्रु चाहिन्छ, तर अहिले शत्रु नै छैन’ अध्यक्ष किरणले दावाकासाथ भने ।

जनयुद्धका बेला एमाले, काग्रेंससँग लडेको स्मरण गर्दै अहिले सबै आफूसँगै रहेकोले क्रान्तिको आवश्यकता नरहेको दाबी गरे । ‘हिजोका शत्रु एमाले, कांग्रेस आज सँगसँगै छन् । भन्नुस् त अब कोसँग लड्ने ? को प्रतिक्रियावादी छन् यहाँ ? कोसँग र कसको लागि गर्ने क्रान्ति ?’ उनले प्रश्न गरे ।


इच्छुक क्रान्तिकारीहरुको लागि आदर्श व्यक्तित्व मात्र नभई वर्ग चेतना समेत रहेको किरणले बताए । साहित्य–कला सिर्जनाले समाजलाई रुपान्तरण गर्न महत्वपूर्ण भूमिका निभाउने बताउँदै उनले वर्ग शत्रु पहिचान गर्न सके मात्र साहित्य सिर्जनाको महत्व रहनेमा जोड दिए । कार्यक्रमका प्रमुख अतिथि वैद्यले २०७४ को इच्छुक स्मृति पुरस्कार पनि वितरण गरे ।

कार्यक्रममा ‘इच्छुक स्मृति पुरस्कार–२०७४’ स्वतन्त्र पत्रकार नविन विभास र कवि अनिल श्रेष्ठलाई संयुक्त रुपमा प्रदान गरिएको छ । विभास राङकोट रोल्पाका हुन् भने श्रेष्ठ आँबुखैरेनी तनहुँका हुन् । दुवै जना जनही ५० हजार नगद र प्रमाणपत्रसहित पुरस्कृत भएका छन् । 

त्यस्तै ‘इच्छुक स्मृति पुरस्कार–२०७४’ साहित्य पुरस्कार बुइपा–६, खोटाङकी पञ्चकुमारी परियारलाई र कला पुरस्कार चौतारा साँगाचोगढीका च्याङ्गबा ‘अनिस’लाई प्रदान गरिएको छ । पुरस्कृत दुवैलाई जनही २५ नगदसहित प्रमाणपत्र वितरण गरियो ।  श्रेष्ठले आफूलाई प्राप्त नगद राशी इच्छुक प्रतिष्ठान संग्राहलय स्थापना गर्न दिने घोषणा गर्दै प्रतिष्ठानलाई नै हस्तान्तरण गरे । कार्यक्रममा कविहरुले कविता प्रस्तुत गरेका थिए ।  

कार्यक्रमका अध्यक्ष इच्छुक संस्कृतिक प्रतिष्ठान अध्यक्ष इश्वरचन्द्र ज्ञावाली, प्रगतिशील लेखक सङ्गठनका वरिष्ठ उपाध्यक्ष राजबहादुर कुवँरलगायतले नेपाली क्रान्तिप्रति इच्छुकले अथक रुपमा पुर्याएका योगदानबारे चर्चा गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार देखाएर मोटरसाइकल लुट्ने २ जना समातिए नागढुङ्गामा झण्डै ३ केजी चाँदीसहित एक युवक पक्राउ दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति नेप्से परिसूचक दोहोरो अंकले घट्यो बेलायत पठाउने भन्दै लाखौँ रकम ठगी गर्ने महिला पक्राउ काठमाडौँमा बढ्दै वायु प्रदूषण, सचेत रहन आग्रह निर्वाचन सफल बनाउन राष्ट्रपतिको आह्वान दुर्गा प्रसाईंलाई बिना सर्त रिहा गर्न आजपाको माग घट्यो सुनको मूल्य कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक तत्काल निर्वाचनमा खटिनुहोला,पार्टीको जिम्मेवारी पछि तोक्नेछौं : कुलमान घिसिङ मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु नेताहरू भ्रष्ट भए, राजनीतिलाई उनीहरूले कमाई खाने भाँडो बनाए: राजेन्द्र लिङदेन नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट काठमाडौँको फोहोर व्यवस्थापनमासमेत अन्तर्राष्ट्रिय चलखेल हुन्थ्यो: बालेन शाह आगामी निर्वाचनपछि बलियो सरकार बन्छ, जनताको समस्या समाधान हुन्छ : लामिछाने कांग्रेसले बोलायो अनुशासन समितिको बैठक लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ सुनचाँदीको मुल्य घट्यो पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध