जेठ १३, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्य ‘किरण’ले नेपालमा क्रान्तिका लागि शत्रु नरहेको बताएका छन् । 

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जेठ १३, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्य ‘किरण’ले नेपालमा क्रान्तिका लागि शत्रु नरहेको बताएका छन् । 

६ माघ २०८२, सोमबार
काठमाडौँ - KTM

क्रान्ति गर्न शत्रु चाहिन्छ, अहिले छैनः किरण

१३ जेष्ठ २०७४, शनिबार १५:२१

जेठ १३, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्य ‘किरण’ले नेपालमा क्रान्तिका लागि शत्रु नरहेको बताएका छन् । 

क्रान्ति गर्न वर्ग शत्रु हुनुपर्ने बताउँदै अध्यक्ष किरणले अहिले किटानी दुश्मन नभएको बताएका हुन् । यसअघिका क्रान्तिमा राणाकाली, पञ्चायती र बहुदलीय व्यवस्था नै मुख्य दुश्मन रहेको बताउँदै अहिले ती सबै मेटिइसकिएकोले अबका क्रान्तिको शत्रु पहिचान गर्नुपर्ने बताए । 

कृष्ण सेन ‘इच्छुक’ ‘१५औं स्मृति एवं बलिदान दिवस–२०७४’ को अवसरमा राजधानीको संवाद डबलीमा इच्छुक साँस्कृतिक प्रतिष्ठान र अखिल नेपाल जनसाँस्कृतिक महासंघले संयुक्त रुपमा आयोजित ‘पुरस्कार वितरण तथा कविता गोष्ठी’मा वैद्यले सो कुरा बताएका हुन् । क्रान्तिका लागि अहिले देशमा प्रतिक्रियावादी नरहेकोले क्रान्तिको आवश्यकताबारे चिन्तन गर्नुको विकल्प नरहेको बताए । ‘क्रान्ति गर्न शत्रु चाहिन्छ, तर अहिले शत्रु नै छैन’ अध्यक्ष किरणले दावाकासाथ भने ।

जनयुद्धका बेला एमाले, काग्रेंससँग लडेको स्मरण गर्दै अहिले सबै आफूसँगै रहेकोले क्रान्तिको आवश्यकता नरहेको दाबी गरे । ‘हिजोका शत्रु एमाले, कांग्रेस आज सँगसँगै छन् । भन्नुस् त अब कोसँग लड्ने ? को प्रतिक्रियावादी छन् यहाँ ? कोसँग र कसको लागि गर्ने क्रान्ति ?’ उनले प्रश्न गरे ।


इच्छुक क्रान्तिकारीहरुको लागि आदर्श व्यक्तित्व मात्र नभई वर्ग चेतना समेत रहेको किरणले बताए । साहित्य–कला सिर्जनाले समाजलाई रुपान्तरण गर्न महत्वपूर्ण भूमिका निभाउने बताउँदै उनले वर्ग शत्रु पहिचान गर्न सके मात्र साहित्य सिर्जनाको महत्व रहनेमा जोड दिए । कार्यक्रमका प्रमुख अतिथि वैद्यले २०७४ को इच्छुक स्मृति पुरस्कार पनि वितरण गरे ।

कार्यक्रममा ‘इच्छुक स्मृति पुरस्कार–२०७४’ स्वतन्त्र पत्रकार नविन विभास र कवि अनिल श्रेष्ठलाई संयुक्त रुपमा प्रदान गरिएको छ । विभास राङकोट रोल्पाका हुन् भने श्रेष्ठ आँबुखैरेनी तनहुँका हुन् । दुवै जना जनही ५० हजार नगद र प्रमाणपत्रसहित पुरस्कृत भएका छन् । 

त्यस्तै ‘इच्छुक स्मृति पुरस्कार–२०७४’ साहित्य पुरस्कार बुइपा–६, खोटाङकी पञ्चकुमारी परियारलाई र कला पुरस्कार चौतारा साँगाचोगढीका च्याङ्गबा ‘अनिस’लाई प्रदान गरिएको छ । पुरस्कृत दुवैलाई जनही २५ नगदसहित प्रमाणपत्र वितरण गरियो ।  श्रेष्ठले आफूलाई प्राप्त नगद राशी इच्छुक प्रतिष्ठान संग्राहलय स्थापना गर्न दिने घोषणा गर्दै प्रतिष्ठानलाई नै हस्तान्तरण गरे । कार्यक्रममा कविहरुले कविता प्रस्तुत गरेका थिए ।  

कार्यक्रमका अध्यक्ष इच्छुक संस्कृतिक प्रतिष्ठान अध्यक्ष इश्वरचन्द्र ज्ञावाली, प्रगतिशील लेखक सङ्गठनका वरिष्ठ उपाध्यक्ष राजबहादुर कुवँरलगायतले नेपाली क्रान्तिप्रति इच्छुकले अथक रुपमा पुर्याएका योगदानबारे चर्चा गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता