जेठ १४, काठमाडौँ |भरतपुर महानगरपालिकामा अब ९७३० मत गन्न बाँकी रहेको छ । अब बाँकी रहेका ३ वटा वडा मुलत कांग्रेसले वडाध्यक्ष जित्ने सम्भावना रहेका वडाहरु हुन् । 
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जेठ १४, काठमाडौँ |भरतपुर महानगरपालिकामा अब ९७३० मत गन्न बाँकी रहेको छ । अब बाँकी रहेका ३ वटा वडा मुलत कांग्रेसले वडाध्यक्ष जित्ने सम्भावना रहेका वडाहरु हुन् । 
२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भरतपुरमा ९७३० मत गन्न बाँकी, कसले मार्ला बाजी ? (यस्तो छ आंकलन)

२०७४, १४ जेष्ठ आईतवार ०५:१७

जेठ १४, काठमाडौँ |भरतपुर महानगरपालिकामा अब ९७३० मत गन्न बाँकी रहेको छ । अब बाँकी रहेका ३ वटा वडा मुलत कांग्रेसले वडाध्यक्ष जित्ने सम्भावना रहेका वडाहरु हुन् । 

जारी मतगणनाको पछिल्लो मतपरीणाम अनुसार अहिलेसम्म एमालेका उम्मेदवार देवी ज्ञवालीको ११४५ मतको अग्रतामा छन् । जुन मतान्तर पछिल्लो समय रेणुले बिभिन्न वडाबाट बढेर पाएको मत हो ।

१८ नम्बर वडाका वडाध्यक्षमा कांग्रेस विजयी भएसंगै रेणु दाहालको पोल्टामा धेरै मत खसेको छ । अब तीन वडामा मत गणना बाँकी छान्दा रेणुले देबीलाई जितका लागि अझै प्रति वडा ३५० भन्दा बढी मत आफ्नो खातामा हाल्नु अत्यावश्यक छ । नत्र महानगरको नतिजा एमालेको पोल्टामा जाने निश्चित छ । अब गणना हुन बाँकी रहेको भनिएको तीन वडामा कांग्रेसको पकड भनिए पनि वडा नम्बर १९ मा एमालेले आफुलाई शक्तिशाली छौं भनेको अवस्था छ । 

पछिल्लो आंकलन अनुसार रेणुलाई अझै पनि जितका लागि ११०० भन्दा बढी मत आवश्यक छ । कांग्रेसले दावी गरेझैँ तीनै वडामा कांग्रेसले वडा अध्यक्ष जितेपनि जनताले रेणुलाई नै मतदान गरे भन्नेमा विश्वास गर्न सकिन्न किनकी भरतपुरको मतगणनाले सोच्दै नसोचेको नतिजा दिईरहेको छ । कांग्रेस माओवादी तालमेल भएपनि कतिपय कांग्रेसले रेणुलाई मतदान गरेका छैनन्ठा भने केहि वडाबाट राम्रै मत खसेको छ । यो परिणामले एमाले समेत अन्योल अवस्थामा छ तर उसले जित्नेमा भने आशावादी नै देखिन्छ । 

पछिल्लो समय ४/५ वडाको मतगणनाबाट एमालेलाई तनाव बनाएको छ । झन्डै ४ हजार मतान्तरमा पुगेर अग्रता लिएका देवीलाई रेनुले घटाउँदै ११०० मा झारेपछि मत परिणाम कसको पोल्टामा जान्छ भन्न सकिने अवस्था नभएपनि वडा नम्बर २० को मतगणनाले कस्तो रुप दिन्छ भन्नेमा कांग्रेस-एमाले र माओवादी वेट एण्ड सीको स्थितिमा छन् । वडा नम्बर १९ मा जित्ने दावी गरेको एमालेले उक्त वडामा हारेको खण्डमा र रेणुको पक्ष्यमा उक्त वडाबाट २/३०० को अग्रता लिन सकेको खण्डमा एमालेलाइ अफ्ट्यारो पर्ने देखिन्छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु