२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

बदरमतको सङ्ख्या घटाउन डडेल्धुरामा नमुना मतदान

२०७४, २७ जेष्ठ शनिबार १२:१७

जेठ २७, डडेल्धुरा । मतदाताको मत बदर नहोस् र सहजरूपमा मतदान गर्न सकुन भन्ने उद्देश्यले जिल्ला निर्वाचन कार्यालयले गाउँगाउँमा नमुना मतदान कार्य जारी राखेको छ । 

आगामी असार १४ गते हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचन नजिकिएसँगै कसरी मतदान गर्ने भन्ने मतदातामा देखिएको अन्यौलता हटाउन गाउँवस्तीमा नमुना मतदान गरिँदै आएको जिल्ला निर्वाचन अधिकृत कृष्ण नायकले जानकारी दिनुभयो । 

नमुना मतदानमा महिला, पुरुष, अशक्त र वृद्धवृद्धाको लाइन मिलाउने, मतदाता परिचयपत्र रुजु गर्ने, मतदान अधिकृतको हस्ताक्षर रुजु गर्ने र गोप्य स्थानमा पुगी उम्मेदवारलाई मत दिन सिकाउने गरिएको छ । स्वस्तिक छाप लगाएपछि मत बदर नहुने गरी पट्याउने विधि सिकाइन्छ । 

नमुना मतदान कार्यक्रमअन्तर्गत नेपाल राष्ट्रिय दलित समाज कल्याण सङ्घ र जिल्ला निर्वाचन कार्यालयको सहकार्यमा आज अमरगढी नगरपालिका– १० राईमा नमुना मतदान गर्दा एकाउन्न जना सहभागी रहेकामा ४० प्रतिशत मत बदर भएको पाइएको छ । 

यसअघि रुपाल, अजयमेरु, नवदुर्गा, आलिताल र गन्यापधुरा गाउँपालिकाका विभिन्न गाउँमा मतदाता शिक्षासहित नमुना मतदान कार्य सम्पन्न भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी