६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

बदरमतको सङ्ख्या घटाउन डडेल्धुरामा नमुना मतदान

२७ जेष्ठ २०७४, शनिबार १२:१७

जेठ २७, डडेल्धुरा । मतदाताको मत बदर नहोस् र सहजरूपमा मतदान गर्न सकुन भन्ने उद्देश्यले जिल्ला निर्वाचन कार्यालयले गाउँगाउँमा नमुना मतदान कार्य जारी राखेको छ । 

आगामी असार १४ गते हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचन नजिकिएसँगै कसरी मतदान गर्ने भन्ने मतदातामा देखिएको अन्यौलता हटाउन गाउँवस्तीमा नमुना मतदान गरिँदै आएको जिल्ला निर्वाचन अधिकृत कृष्ण नायकले जानकारी दिनुभयो । 

नमुना मतदानमा महिला, पुरुष, अशक्त र वृद्धवृद्धाको लाइन मिलाउने, मतदाता परिचयपत्र रुजु गर्ने, मतदान अधिकृतको हस्ताक्षर रुजु गर्ने र गोप्य स्थानमा पुगी उम्मेदवारलाई मत दिन सिकाउने गरिएको छ । स्वस्तिक छाप लगाएपछि मत बदर नहुने गरी पट्याउने विधि सिकाइन्छ । 

नमुना मतदान कार्यक्रमअन्तर्गत नेपाल राष्ट्रिय दलित समाज कल्याण सङ्घ र जिल्ला निर्वाचन कार्यालयको सहकार्यमा आज अमरगढी नगरपालिका– १० राईमा नमुना मतदान गर्दा एकाउन्न जना सहभागी रहेकामा ४० प्रतिशत मत बदर भएको पाइएको छ । 

यसअघि रुपाल, अजयमेरु, नवदुर्गा, आलिताल र गन्यापधुरा गाउँपालिकाका विभिन्न गाउँमा मतदाता शिक्षासहित नमुना मतदान कार्य सम्पन्न भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या