जेठ २९, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तीनै तहको चुनावपछि मात्र पार्टी सरकारमा जाने बताउनुभएको छ । 

नेकपा एमाले ३ नं प्रदेश कमिटील"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जेठ २९, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तीनै तहको चुनावपछि मात्र पार्टी सरकारमा जाने बताउनुभएको छ । 

नेकपा एमाले ३ नं प्रदेश कमिटील"/>

६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘तीनै तहको चुनावपछि मात्र एमाले सरकारमा जान्छ’

२९ जेष्ठ २०७४, सोमबार १०:५३

जेठ २९, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तीनै तहको चुनावपछि मात्र पार्टी सरकारमा जाने बताउनुभएको छ । 

नेकपा एमाले ३ नं प्रदेश कमिटीले सामेबार स्थानीय तहको चुनावमा ३ नं प्रदेशभर एमालेबाट निर्वाचित जनप्रतिनिधिलाई बधाई दिन आयोजना गरेको कार्यक्रममा उहाँले भन्नुभयो – ‘स्थानीय तह, प्रदेश र संघको चुनाव सकिएपछि अरु सबै दलहरु मिले पनि सरकारमा जानबाट एमालेलाई रोक्न सक्दैन ।’ 

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रलगायतका दलहरु मिलेर एमालेलाई प्रतिपक्षमा राखेजस्तो अवस्था तीनै तहको निर्वाचनपछि नहुने उहाँले बताउनुभयो । 

उहाँले भरतपुरमा मतपत्र च्यातिएको, भक्तपुरको चाँगुनारायण नगरपालिकामा मतगणना स्थगित गरिएको र एमालेले जित्ने ठाउँमा सत्तारुढ दलले षड्यन्त्र गरेको आरोप लगाउनुभयो । 

‘अरुले दौडेर जित्ने अवस्था छैन, छिर्के लगाएर लडाउने काम भएको छ, ललितपुरमा त्यही काम भएको हो, जितेको मान्छेलाई हराइएको छ’ – पार्टीको सजगतामा कमी भएको तथ्य औँल्याउँदै उहाँले भन्नुभयो । 

 अध्यक्ष ओलीले जनप्रतिनिधिलाई संविधान पढ्न र जिम्मेवारीपूर्वक काम गर्न सुझाव दिँदै स्थानीय सरकार पहिलेको स्थानीय निकायजस्तो नभएको हुँदा संविधानले तोकेको जिम्मेवारी पूरा गर्न जनप्रतिनिधि सक्रिय हुनुपर्ने बताउनुभयो । ‘संविधान पढ्नुभएको थिएन होला, अब संविधानको सबै पाना पल्टाउनुपर्छ, अनुसूची भनेको के हो थाहा पाउनुपर्छ’ – अध्यक्ष ओलीले थप्नुभयो । 

स्थानीय तहमा उपाध्यक्षले न्यायिक समितिको नेतृत्व गर्नुपर्ने स्मरण गराउँदै उहाँले भन्नुभयो – ‘तपाईंहरुले न्यायाधीशको काम गर्नुपर्छ । निष्पक्ष रुपमा गर्नुहोला । जोखाना हेरेर हुँदैन । जितेर अबिर लाउनुभयो तर अब प्रमाणित गरेर देखाउनुपर्ने बेला भयो ।’ 

अध्यक्ष ओलीले निर्वाचित महिलालाई घरव्यवहार धान्ने र स्थानीय तह कुशलतापूर्वक सञ्चालन गर्ने दोहोरो जिम्मेवारी आइपरेको पनि उल्लेख गर्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या