प्रकाश बम | असार ४, डोटी | स्थानिय तहको मनोनयन दर्ता डोटीमा आईतबार उत्साह पुर्ण सम्पन्न भएको छ । दुई नगर पालिका र सात गाउँ पालिकामा मनोनयन दर्ताको काम शान्तिपुर्णरुपमा सम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रकाश बम | असार ४, डोटी | स्थानिय तहको मनोनयन दर्ता डोटीमा आईतबार उत्साह पुर्ण सम्पन्न भएको छ । दुई नगर पालिका र सात गाउँ पालिकामा मनोनयन दर्ताको काम शान्तिपुर्णरुपमा सम"/>

२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

डोटीमा मनोनयन दर्ता उत्साह पुर्ण सम्पन्न

२०७४, ४ असार आईतवार १७:०३


प्रकाश बम | असार ४, डोटी | स्थानिय तहको मनोनयन दर्ता डोटीमा आईतबार उत्साह पुर्ण सम्पन्न भएको छ । दुई नगर पालिका र सात गाउँ पालिकामा मनोनयन दर्ताको काम शान्तिपुर्णरुपमा सम्पन्न भएको जिल्ला मुख्य निर्वाचन अधिकृत नर नारायण पौडेलले बताएका छन् ।

दिपाल सिलगढी नगर पालिका मेयर पदमा काग्रेसबाट बाजि सिँ खड्का,एमालेबाट मञ्जु मलासि, माआबादि केन्द्रबाट प्रेम नेपाली,राप्रपाबाट कर्ण द्धारीया,राष्ट्रिय जनमोर्चाबाट नरेश आले र संघिय समाजबादि फोरम नेपाल र नया शक्तिका साझा श्री चन्द्र श्रेष्ठले उम्मेद्धारी दिएका छन् । 

यसै गरी उप प्रमुखमा काँग्रेसबाट प्रसिश महरा,एमाले बाट शिब खड्का, माओबादि केन्द्रबाट तुलशि शोपले मनोनयन दर्ता गराएका छन् ।

शिखर नगर पालिका मेयर पदमा काग्रेसबाट सिताराम जोशि,एमालेबाट शेर बहादुमल्ल ,माओबादि केन्द्रबाट रमेश जोशि शैपाल ,राष्ट्रिय जनमोर्चाबाट बेणि माधब जोशिले उम्मेद्धारी दिएका छन् । 

यस्तै गरी के आइ सिँ गाउपलिका अध्यक्ष पदमा काँग्रेसबाट लोकेन्द्र शाहि, एमालेबाट यज्ञ राज जोशि ,माआबादि केन्द्रबाट सिद्ध राज भाट,राप्रपाबाट टेक रावल,राष्ट्रिय जनमोर्चाबाट मिन मलासिले उम्मेद्धारी दिएका छन् ।

बोगटान गाउपालिका अध्यक्ष पदमा कांगे्रसबाट डिल बहादुर बम,एमालेबाट टेक बहादुर बम, माओबादि केन्द्र बाट कमल गड्सिला रहेका छन् । 


यसै गरी सायल गाउपलिका अध्यक्ष पदमा काँग्रेसबाट धर्म जोशि, एमालेबाट तेज डुमे्रल ,माआबादि केन्द्रबाट बल बहादु ओलीले उम्मेद्धारी दिएका छन् । यस्तै गरी बड्डी  केदार गाउपलिका अध्यक्ष पदमा काँग्रेसबाट कृष्ण चन्द, एमालेबाट भत्त साउँद ,माआबादि केन्द्रबाट  जंग बि.क मनोनयन दर्ता गरेका छन् ।

यसै गरी पुर्बि चौकि , आदर्श र जोरायल गाउपालिकामा क्रमश ः काँगे्रस बाट राम प्रसाद उपाध्यय, लक्ष्मण सिँह,दिपक बिष्ट र माओबादी केन्द्रबाट यज्ञ गिरी,भरत बोहरा,छबि ओलि त्यस्तै एमाले बाट दिर्घ बोगटी,टेक बहादुर रोकाय र दुर्गा ओझा दर्ता गराएका छन् ।

जिल्ला निर्वाचन कार्यालयमा नौ दल दर्ता रहेका  छन् ।नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माआवादी केन्द्र,    राष्ट्रिय जनमोर्चा पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, संघिय समाजवादी फोरम र नयां शक्ती पार्टी रहेका छन् ।  अन्य २ दल पूर्व राष्ट्रसेवक लोकतान्त्रिक पाटी र नेपाल दलित पार्टी प्रमुख पदमा उम्मेद्धारी दर्ता नगराएको मुख्य निर्वाचन अधिकृत पौडेलले बताए  ।

जिल्लामा १ सय ५५ मतदान केन्द्र तयार पारीएको छ । जिल्लामा १ लाख ९ सय ३७ मतदाता छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ?