प्रज्वल पाैडेल/असार ६, काठमाडौं । पुर्वमन्त्री तथा राप्रपाका नेता ईन्द्रप्रसाद ढुंगेलको गयराती निधन भएको छ ।

लामो समयदेखि क्यान्सरपीडित रहनुभएका ढु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रज्वल पाैडेल/असार ६, काठमाडौं । पुर्वमन्त्री तथा राप्रपाका नेता ईन्द्रप्रसाद ढुंगेलको गयराती निधन भएको छ ।

लामो समयदेखि क्यान्सरपीडित रहनुभएका ढु"/>

२०८३, १० बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पूर्व मन्त्री तथा राप्रपा नेता ढुंगेलको निधन

२०७४, ६ असार मंगलवार ०५:०३


प्रज्वल पाैडेल/असार ६, काठमाडौं ।
पुर्वमन्त्री तथा राप्रपाका नेता ईन्द्रप्रसाद ढुंगेलको गयराती निधन भएको छ ।

लामो समयदेखि क्यान्सरपीडित रहनुभएका ढुंगेलको चावहिलस्थित ओम हस्पिटलमा निधन भएको हो ।
रामेछापका ढुंगेल तत्कालिन प्रधानमन्त्री माधव कुमार नेपालको मन्त्रीमण्डलमा विज्ञान प्रविधि राज्यमन्त्री हुनुभएको थियो । ढुंगेल विद्यार्थीकालदेखि नै राजनीतिमा सक्रिय हुनुहुन्थ्यो । नेपाली कंाग्रेसबाट राजनीतिक यात्रा सुरु गर्नुभएका ढुंगेल विपी कोइरालाबाट प्रभावित हुनुहुन्थ्यो ।

पछि राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेर राजनीतिमा सक्रिय रहनुभएकाे थियाे । ढुंगेल २०६४ सालमा रामेछापबाट चुनाव लड्नुभएको थियो ।

यसैबीच राप्रपाका अध्यक्ष कमल थापाले ट्विटर मार्फत ढुंगेलको निधनले देश र पार्टीका लागि अपुरणिय क्षति पुगेको बताउनुभएको छ ।


पुर्व मन्त्री ढुङ्गेलकाे निधनपछि कसले के लेखे सामाजिक संजालमा….


राष्ट्रिय युवा परिषदका उपाध्यक्ष एवम् युवा नेता माधव प्रसाद ढुङ्गेल लेख्नुहुन्छ-"
पकरवासमा मावि स्कुलको स्थापना गरी शैक्षिक र राजनीतिक सचेतनाको मूल प्रेरक माधव नेपाल नेतृत्व सरकारका मन्त्री हाम्रा कान्छा वा ईन्द्रप्रसाद अव हामी माँझ रहनु भएन । लामो समय देखी क्यान्सर पीडित हुनुभो तर आउने जाने सवैसँग जोश,उत्साह र उत्प्रेरणा जगाई रहनु हुन्थ्यो ।

हक्की स्वभाव र अविचलित राजनीतिक व्यक्तित्व पुर्विय दर्शन आध्यात्मिक ज्ञानको निखरताका कारण कान्छावाका कुरा रसीला र सुनीरहु जस्तो लाग्ने हुन्थ्यो । अव वा ! यो तपाईको विशेषताको परिपुर्तिको खाडल तपाईलाई चिन्ने जान्ने र संगत गर्नेहरूले महसूस गरिरहने छन ।भावपूर्ण श्रद्दान्जली ……..!!!! "

एमाले नेता कैलाशप्रसाद ढुङ्गेल भन्नुहुन्छ-" कान्छा बा अर्थात इन्द्र प्रसाद ढुंगेल ( प्रजातान्त्रिक आन्दोलनका हस्ती , रामेछापको राजनितीका हामी सबैका अबिभाबक ) अब हामी संग रहनु भएन ।

एउटा आधार स्तम्भ स्वरुप ज्युदो ईतिहासको भारी बोकेको अबिभाबक गुमाउनु पर्दाको पिडा सहि नसक्नु भएको छ । हिजो बेलुका उपचारको क्रममा ॐ अस्पतालमा उहाँको असामयीक निधन भएको खबरले मर्माहित भएको छु । जीवनमा सधै आइपर्ने अनेकौ कस्ट हुदा पनि मिठा कुराले हसाउने ,संझाउने र निरास हुनबाट बाच्न सिकाउने आदरणीय कान्छा बा प्रती गहिरो भाबपूर्ण श्रध्दान्जली अर्पण गर्दै सबैमा समबेदना ब्यक्त गर्दछु ।"

पत्रकार टीका भट्ट लेख्नुहुन्छ -"नेपाली राजनीतिकाे धेरै कालखन्डका भुक्तभाेगी, पूर्व राज्य मन्त्री इन्द्रप्रसाद ढुंगेलकाे निधनले स्तव्ध भएकाे छु । स्वर्गिय ढुंगेल प्रति श्रद्दाञ्जली ।"

पत्रकार हिमाल ढुङ्गेल भन्नुहुन्छ -"अाज फेरि उज्यालाे हुन नपाउँदै अर्काे दुःखद खवर प्राप्त भयाे पूर्व मन्त्रि इन्द्रप्रसाद ढु्ंगेलकाे दुखद निधनकाे । केहि महिना अगाडिसम्म अस्पतालमा हुँदा एउटा पुस्तक लेख्ने इच्छाले लेखन कार्य शुरू गरेकाे बताउनुहुन्थ्याे ।

सायद त्याे पनि पुरा गर्न पाउनु भएन हाेला। अाफ्नाे सम्पूर्ण जिवन नेपाल र नेपालिकाे हितका लागि अर्पण गर्नु भएका स्व. हजुरबुबा इन्द्रप्रसाद ढुंगेलकाे अात्माले शान्ति पाअाेस । हार्दिक श्रद्धान्जली ।"

रामेछापका अधिकासं व्यक्तिहरूले सामाजिक संजालमार्फत ढुङ्गेलकाे निधनप्रति दुख व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ