७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुरामा १४ जनाले उम्मेदवारी फिर्ता लिए, कसले कहाबाट फिर्ता लिए ?

६ असार २०७४, मंगलवार १२:३१

ललित बोहरा/असार ६, डडेल्धुरा । डडेल्धुरामा कांग्रेसका बागीसहित १४ जनाले स्थानीय तहको निर्वाचनका लागि विभिन्न पदमा दिएको उम्मेदवारी फिर्ता लिएका छन् ।

 अजयमेरु गाउँपालिकाका निर्वाचन अधिकृत चिरन्जिवी गिरीका अनुसार गाउँपालिकाका प्रमुख पदमा उम्मेदवारी दिएका लोकराज भट्टले फिर्ता लिएका छन् । उनी कांग्रेसका जिल्ला कार्यसमिति सदस्य हुन् ।

 उनले अर्का स्वतन्त्र लोक राजभट्टलाई समर्थन गरिएको बताएका छन् । एकै नामका दुईजना कांग्रेसका नेताले अजयमेरु गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवारी दिएका थिए । अर्का लोकराज भट्टले फिर्ता लिएका छैनन् । उनी स्वतन्त्रको हैसियतबाट समेत सशक्त बागी उम्मेदवारका रुपमा देखिएका छन् । त्रिभुवन विश्व विद्यालयका स्ववियु सभापति भट्ट कांग्रेसका जिल्लास्तरमा प्रभावशाली नेता हुन ।

 उक्त गाउँपालिकाको उपप्रमुखमा कांग्रेस युवानेता किशोर विष्टको पनि उम्मेदवारी छ । कांग्रेसको केन्दीयस्तरबाट टियुका लोकराज भट्ट र किशोर विष्ट उम्मेदवारी फिर्ताका लागि दबाब थियो । तर, अन्तिम समयसम्म फिर्ता लिएका छैनन् ।

 त्यसैगरी, अमरगढी नगरपालिकाको वडाबाट कांग्रेसका बागी उम्मेदवार नम्बर १ का पुष्पराज जोशी, वडा नम्बर ६ बाट गणेश बहादुर टमटाले र ४ बाट गगनसिंह विष्टले उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृत देवकुमार गिरीले जनाकारी दिएका छन ।

तीनै जनाले वडा अध्यक्ष पदका लागि मनोनयन दर्ता गराएका थिए ।

 अजयमेरु गाउँपालिकाको वडाहरुबाट कांग्रेसकी महिला उम्मेदवार कमला पाण्डे पन्तले उम्मेदवारी फिर्ता लिएकी छिन् ।

 अजयमेरुबाट वडा नम्बर ३ बाट अध्यक्षका उम्मेदवार नरबहादुर मल्ल, वडा नम्वर १ महिला सदस्य पदका उम्मेदवार भागरथी ऐर, मान बहादुर ऐर र वडा नम्वर २ बाट दानी शाहले उम्मेदवारी फिर्ता लिएका छन् । फिर्ता लिने सबै राप्रपाका उम्मेदवार हुन् ।

 यस्तै गन्यापधुरा गाउँपालिको वडा नं ३ को वडाध्यक्ष पदमा उम्मेवारी दिएका गगन सिंह चन्दले उम्मदवारी फिर्ता लिएका छन् । सोही वडामा सदस्य पदमा उम्मेदवारी दिएका मिन बहादुर देउवाले पनि उम्मेदवारी फिर्ता लिएको गन्यापधुरा गाउँपालिकाका निर्वाचन अधिकृत टेकराज जोशीले जनारी दिएका छन् । उम्मेदावरी फिर्ता लिने दुबै जनाले राप्रपाबाट मनोनयन दर्ता गराएका थिए ।

यस्तै परशुराम नगरपालिकामा एक जनाले मात्रै उम्मदवारी फिर्ता लिएका छन् । वडा ९ बाट वडा सदस्य पदका लागि राष्ट्रिय जनमोर्चाबाट उम्मेदवारी दिएका मिन बोहराले उम्मदवारी फिर्ता लिएको परशुराम नगरपालिका निर्वाचन अधिकृत नारायण प्रसाद वाग्ले जनाकारी दिएका छन् । 

यस्तै उता नवदुर्गा गाउँपालिकामा भने कसैले पनि उम्मेवारी फिर्ता नलिएको निर्वाचन अधिकृत सानुवाबु अधिकारीले जनाकारी दिएका छन् । आलिताल र भागेश्वरमा कसैले पनि उम्मेदवारी फिर्ता नलिएको जनाइएको छ ।

पशु सेवा कार्यालय डडेल्धुराद्धारा कुखुरा पालक कृषकलाई १३ सय बढी कुखुराका चल्ला बितरण ।।

जिल्ला पशु सेवा कार्यालय डडेल्धुराले मंगलबार जिल्लाका बिभिन्न कुखुरा पालक कृषकहरुलाई लेयर जातका साढे १३ सय बढी कुखुराका चल्ला बितरण गरेको छ ।

 ‘पारिवारीक स्तरमा पोषण सुरक्षा’ भन्ने कार्यक्रम अन्र्तगत लेयर जातका १३ सय ६० कुखुराका चल्ला सहित ५० किलो आहार दाना निःशुल्क बितरण गरिएको जिल्ला पशु सेवा कार्यालय डडेल्धुराले जनाएको छ ।

 ग्रामिण क्षेत्रका नागरिकलाई पोषण सुरक्षा सहित अण्डामा आत्मनिर्भर बनाउने उद्धेश्यले लेयर जातका कुखुराका चल्ला बितरण गरिएको कार्यालयका पशु विकास अधिकृत राम बहादुर खड्काले बताउनु भएको छ ।

 गन्यापधुरा गाउँपालिका–३ को समैजी ग्रामिण कुखुरा पालन समूह र नवदुर्गा गाउँपालिका–३ को बसन्तपूर सकायल ग्रामिण कुखुरा पालन समूहलाई ६ सय ८० का दरले सो कुखुराका चल्ला बितरण गरिएको हुन ।

साथै चल्लालाई खुवाइने आहार दाना समेत २५–२५ किलोका दरले दुवै समूहलाई बराबर बाडिँएको जनाइएको छ । कुखुराका चल्ला पाए पश्चात गाँउ–घरमै अण्डा उत्पादन गर्न सकिने भन्दै समूहका सदस्यले खुसी व्यक्त गरेको गरेका छन् । 

पोषण सुरक्षा मजबुत बनाउनमा अण्डा निकै फाइदाजनक हुने हुदाँ पछिल्लो समयमा पोषणका क्षेत्रमा काम गर्ने बिभिन्न सरकारी तथा गैरसरकारी संघ–संस्थाहरुले यस तर्फ बिशेष जोड दिएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या