प्रकाश बम | असार ७, डोटी | जिल्ला निर्वाचन कार्यलय डोटीले स्थानियतहको निर्वाचनका लागि बिभिन्न मतदान केन्द्रमा कर्मचारी खटाउन सुरु गरेको छ । 

निर्वाचन कार्य"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रकाश बम | असार ७, डोटी | जिल्ला निर्वाचन कार्यलय डोटीले स्थानियतहको निर्वाचनका लागि बिभिन्न मतदान केन्द्रमा कर्मचारी खटाउन सुरु गरेको छ । 

निर्वाचन कार्य"/>

१४ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

स्थानिय तह निर्वाचन: मतदान केन्द्रमा कर्मचारी खटाउन सुरु

७ असार २०७४, बुधबार ०१:५६


प्रकाश बम | असार ७, डोटी | जिल्ला निर्वाचन कार्यलय डोटीले स्थानियतहको निर्वाचनका लागि बिभिन्न मतदान केन्द्रमा कर्मचारी खटाउन सुरु गरेको छ । 

निर्वाचन कार्यलयले असार ७ गते देखि १० गते सम्म जिल्लाका सम्र्पुण मतदान केन्द्रमा कर्मचारी,आवश्यक निर्वाचन सामग्रि बितरण गर्नुका साथै सुरक्षा कर्मिहरुलाई खटाईने कार्यतालिका समते बनि सकेको मुख्य निर्वाचन अधिकृत नर नारायण पौडेलले बताउनु भयो ।

जिल्लाका सबै भन्दा दुर्गममा रहेका बडीकेदार र जोरायल गाउपालिकामा बुधबार बिहाननै खटाईने मुख्य निर्वाचन अधिकृत पौडेलले बताए । जिल्लाका १सय पचपन्न मतदान केन्द्रमा मतदान अधिकृत,कर्मचारी,सुरक्षा निकाय र निर्वाचन सामग्रिहरु समयमा पठाउन आफुहरु लागिरहेको मुख्यनिर्वाचन कार्यलय डोटीले जनाएको छ । जिल्लाका मतदान केन्द्रमा  करीव ९ सय कर्मचारी खटाईन लागेको बताईएको छ ।

जिल्लाका दुर्गम ठाउँका मतदान केन्द्र र मतगणना हुने ठाउको सुचना विभिन्न मिडियामा आबद्ध संचारकर्मिहरुलाई छिटो छरीतो रुपमा उपलब्ध गराउने माहोल मिलाउन मुख्य निर्वाचन कार्यलले भुमिका खेल्नु पर्ने नेपाल पत्रकार महासंघका अध्यक्ष योगेन्द्र बलायर बताए । छिटो सुचना दिने बिषयमा आफु गम्भिर रहेको मुख्य निर्वाचन अधिकृत पौडेलले बताए ।

निर्वाचन आयोगको आचार संहिता बिवरीत कसैले चुनाबमा प्रचार प्रसार गरीएको भेटीएमा तत्काल कार्वाहि गर्ने समेत पौडेलले बताएका छन् ।

मदिरामा प्रतिबन्ध

डोटीमा मदिरा बिक्रि बितरण र सेवनमा  पुर्ण रुपमा प्रतिबन्ध लगाईएको छ ।स्थानिय तहको निर्वाचनलाई मध्य नजर गर्दै जिल्लामा सर्वदलिय सर्वपक्षिय बैठक बसि मदिरा बिक्रि बितरणमा प्रतिबन्ध लगाएको डोटीका प्रमुख जिल्ला अधिकारी गोकण प्रसाद शर्माले बताउनु भयो ।स्थानिय तहको निर्वाचनलाइ मध्यनजर गरी असार ९ गते देखि १९ गते सम्म पुर्ण रुपमा बिक्रि बितर र सेवनमा प्रतिबन्ध लगाएको जिल्ला प्रशासज कार्यलयले जनाएको छ । मदिरा सेवन र बिक्रिबितरण गरेको भेटीएमा कडा कार्वाही गरीने प्रमुख जिल्ला अधिकारी शर्माले बताए । 

स्थानिय तहको  निर्वाचनमा मतदातालाई भयरहित वातावरणमा मतदान गर्ने वातावरणका लागि जिल्लामा सुरक्षा व्यवस्था समेत कडा पारीएको जिल्ला प्रहरी कार्यलय डोटीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री कार्कीसँग राष्ट्रियसभा अध्यक्ष दाहालको शिष्टाचार भेट सरकारको एकीकृत वित्तीय विवरण पेस उत्तर कोरियाद्वारा क्रुज मिसाइल परीक्षण सरकार र जेनजीको सम्झौताविरुद्ध परेको रिट ‘हेर्न नभ्याइने’ स्वास्थ्य बीमाका प्रावधान सुधारका लागि गृहकार्य गरिरहेका छौँ : स्वास्थ्यमन्त्री डा गौतम आन्दोलनमा बल प्रयोगसम्बन्धी कुनै आदेश दिइएको थिएनः पूर्वगृहमन्त्री लेखक नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट युक्रेन सङ्कट समाधानमा चरणबद्ध प्रक्रिया आवश्यकः ट्रम्प गाजामा आँधीका कारण जनजीवन जोखिममा,उद्धार कार्य प्रभावित इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ उपत्यक ट्राफिक प्रहरीलाई ‘म्याजिक लाइट’ हस्तान्तरण थाइल्यान्ड–कम्बोडिया सीमा विवाद : चीनको मध्यस्थता प्रयास जसपा नेपाल र जसपाबीच एकता घोषणा नक्कली सुन दिएर पाँच लाख ठगी गर्ने गिरोह पक्राउ शान्तितर्फ युक्रेन–रुस वार्ता नजिकिएको ट्रम्पको दाबी नेकपाले सांसद र मन्त्री भइसकेकालाई समानुपातिक सूचीमा नराख्ने अधिकांश दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची आज पेस गर्दै राजनीतिमा आमूल परिवर्तन आउनुपर्छ : मन्त्री खरेल करेन्ट लागेर एक महिलाको मृत्यु डुबेर तीन वर्षीय बालकको निधन