2026-06-29 07:05 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चुनावअघि नै एक वडाध्यक्षसहित ३८ निर्विरोध

2017-06-22

असार ८, काठमाडौं ।  दोस्रो चरणको स्थानीय तह निर्वाचनमा एक वडाध्यक्षसहित ३८ जनप्रतिनिधि निर्विरोध निर्वाचित भएका छन् ।

प्रदेश नं १ मा १२, प्रदेश नं ५ मा १२ र प्रदेश नं ७ मा १४ जना निर्विरोध भएको प्रारम्भिक विवरण आयोगमा प्राप्त भएको आयोगका सचिव गोपीनाथ मैनालीले जानकारी दिनुभयो । निर्वाचित हुनेहरु १५ जिल्लाका जनप्रतिनिधि भएको आयोगले जनाएको छ । निर्विरोध हुनेमा नेपाली काँग्रेस र नेकपा (एमाले)का १४–१४ तथा नेकपा (माओवादी केन्द्र) का १० जना छन् ।

निर्विरोध हुने वडाध्यक्षमा बझाङ काँडा गाउँपालिका वडा नं ५ का धनञ्जय बोहोरा हुनुहुन्छ । निर्विरोध भएका ३७ सदस्यमध्ये २४ दलित महिला सदस्य रहेको विवरण प्राप्त भएको छ ।

यही असार १४ गते हुने दोस्रो चरणको निर्वाचन एक महानगरपालिका, सात उपमहानगरपालिका, १११ नगरपालिका, २१५ गाउँपालिका गरी ३३४ स्थानीय तहमा भई १५ हजार ३८ जनप्रतिनिधिको चयन हुनेछ । निर्वाचनमा ६४ लाख ३२ हजार ७६५ मतदाताको सहभागिता हुनेछ ।

दोस्रो चरणको निर्वाचनका लागि चार हजार ५८१ मतदानस्थल र आठ हजार ३६४ मतदान केन्द्र कायम गरिएको जनाउँदै निर्वाचन आयोगले उक्त निर्वाचनमा सुरक्षाकर्मीबाहेक ६६ हजार ९०० कर्मचारी खटिने छन् । आयोगले छ हजार ७१७ पर्यवेक्षकलाई अनुगमनका लागि अनुमति प्रदान गरेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ