प्रकाश बम | असार ९,डोटी | स्थानिय तह पहिलो चरणको निर्वानमा धेरै जसो मतदाताले मत बदर गरेको भन्दै डोटीमा यसलाई प्राथमिकता साथ हेरेको छ । ‘स्थानिय तहको निर्वाचनमा म"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रकाश बम | असार ९,डोटी | स्थानिय तह पहिलो चरणको निर्वानमा धेरै जसो मतदाताले मत बदर गरेको भन्दै डोटीमा यसलाई प्राथमिकता साथ हेरेको छ । ‘स्थानिय तहको निर्वाचनमा म"/>

१४ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

डोटीमा बदर मत घटाउन मतदाता शिक्षा

९ असार २०७४, शुक्रबार ०५:०१

प्रकाश बम | असार ९,डोटी | स्थानिय तह पहिलो चरणको निर्वानमा धेरै जसो मतदाताले मत बदर गरेको भन्दै डोटीमा यसलाई प्राथमिकता साथ हेरेको छ । ‘स्थानिय तहको निर्वाचनमा मतदान गरौ,आफ्नो मताधिकारको प्रयोग गरौ’ भन्ने मुल नारालाई जिल्लामा बिशेष जोड दिएको निर्वाचन कार्यलय डोटीले जनाएको छ ।

जिल्ला निर्वाचन कार्यलयले आईतबार देखि  मतदाता परिचयपत्र वितरण सँगै मतदान केन्द्रबाट मतदाता शिक्षा कार्यक्रम पनि सञ्चालन गर्ने जिल्ला निर्वाचन अधिकृत नन्दि राज ओझाले बताएका छन् ।

निर्वाचन कार्यालयले आइतबार देखि मंगलबार सम्म तीन दिन बिहान ७ बजे देखि साँझ ७ः३० बजे सम्म सो कार्यक्रम राखेको निर्वाचन अधिकृत ओझाले बताए ।

कार्यालयले जिल्लामा सही मतदानबारे जानकारी दिन मतदाता परिचयपत्र वितरणसँगै मतदाता शिक्षा पनि दिन लागेको जनाएको छ । 

मत बदर हुन नदिन र  सही तरिकाले मत बाकसमा खसाल्न सिकाउने निर्वाचन अधिकृत ओझले जानकारी दिनु भयो । हरेक स्वयम सेबकलाई मतदान केन्द्रमा मतदाता परीचयपत्र लिन आउनेलाई भित्तामा टाँसेको मत पत्र को अवलोकन गराउने समेत अधिकृत ओझाले बताए । उहाँका अनुसार यसपटक एउटै मतपत्रमा सात लहरमा निर्वाचन चिन्ह राखिएका छन् । हरेक मतदाताले प्रत्येक कोठामा एउटा मात्र स्वस्तिक छाप लगाउनुपर्ने हुन्छ । यसरी लगाएको छाप, पहिलो लहरमा नगरपालिका वा गाउँपालिकाको प्रमुखका लागि हुने, दोस्रोमा उपप्रमुखका लागि र तेस्रोमा वडाध्यक्षका लागि हुनेछ । त्यस्तै, चौथो लहरमा महिला सदस्य र पाँचौ लहरमा दलित महिला सदस्यका लागि छाप लगाउनु पर्नेछ ।

पछिल्लो छैटौं र सातौं लहरमा भने खुला वडा सदस्यका लागि छाप लगाउनु पर्नेछ । यसमा मतदाताको इच्छा अनुसार छैठौ कोठामा मात्र वा सातौंमा मात्र लगाउन सकिने वा छैटौं र सातौं दुवैमा एकरएक वटा छाप लगाउन पनि सकिने निर्वाचन कार्यालयले जनाएको छ । 

कार्यालयले मतदातालाई आइतबार देखि मंगलबार सम्ममा मतदान केन्द्रबाट आफ्नो मतदाता परिचयपत्र लिन आग्रह गरेको छ । मतदाता परिचयपत्र लिन आउँदा आफ्नो परिचय खुल्ने नागरिकता वा अन्य परिचयपत्र अनिवार्य आवश्यक रहने छ । कार्यालयका अनुसार १० गतेसम्ममा सबै मतदान केन्द्रमा कर्मचारी खटाइने र ११ गतेदेखि मतदाता परिचयपत्र वितरणको कार्यक्रम रहेको मुख्य निर्वाचन अधिकृत नर नारायण पौडेल बताएका छन् । निर्वाचन कार्यालयका अनुसार डोटीमा कुल एक लाख १ हजार २१ मतदाता रहेका छन् । जसमा महिला ५४ हजार ८ सय ४९ र पुरुष ४६ हजार १ सय ७२ रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री कार्कीसँग राष्ट्रियसभा अध्यक्ष दाहालको शिष्टाचार भेट सरकारको एकीकृत वित्तीय विवरण पेस उत्तर कोरियाद्वारा क्रुज मिसाइल परीक्षण सरकार र जेनजीको सम्झौताविरुद्ध परेको रिट ‘हेर्न नभ्याइने’ स्वास्थ्य बीमाका प्रावधान सुधारका लागि गृहकार्य गरिरहेका छौँ : स्वास्थ्यमन्त्री डा गौतम आन्दोलनमा बल प्रयोगसम्बन्धी कुनै आदेश दिइएको थिएनः पूर्वगृहमन्त्री लेखक नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट युक्रेन सङ्कट समाधानमा चरणबद्ध प्रक्रिया आवश्यकः ट्रम्प गाजामा आँधीका कारण जनजीवन जोखिममा,उद्धार कार्य प्रभावित इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ उपत्यक ट्राफिक प्रहरीलाई ‘म्याजिक लाइट’ हस्तान्तरण थाइल्यान्ड–कम्बोडिया सीमा विवाद : चीनको मध्यस्थता प्रयास जसपा नेपाल र जसपाबीच एकता घोषणा नक्कली सुन दिएर पाँच लाख ठगी गर्ने गिरोह पक्राउ शान्तितर्फ युक्रेन–रुस वार्ता नजिकिएको ट्रम्पको दाबी नेकपाले सांसद र मन्त्री भइसकेकालाई समानुपातिक सूचीमा नराख्ने अधिकांश दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची आज पेस गर्दै राजनीतिमा आमूल परिवर्तन आउनुपर्छ : मन्त्री खरेल करेन्ट लागेर एक महिलाको मृत्यु डुबेर तीन वर्षीय बालकको निधन