ललित बोहरा/असार ९, डडेल्धुरा । स्थानीय तहको निर्वाचनमा डडेल्धुरामा एमाले र कांग्रेसवीच तीव्र प्रतिस्पर्धा हुने देखीएको छ । 

पहिलो चरणको निर्व"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

ललित बोहरा/असार ९, डडेल्धुरा । स्थानीय तहको निर्वाचनमा डडेल्धुरामा एमाले र कांग्रेसवीच तीव्र प्रतिस्पर्धा हुने देखीएको छ । 

पहिलो चरणको निर्व"/>

२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

यसरि हुँदैछ डडेल्धुरामा एमाले र कांग्रेसवीच तीव्र प्रतिस्पर्धा

२०७४, ९ असार शुक्रबार १०:२२

ललित बोहरा/असार ९, डडेल्धुरा । स्थानीय तहको निर्वाचनमा डडेल्धुरामा एमाले र कांग्रेसवीच तीव्र प्रतिस्पर्धा हुने देखीएको छ । 

पहिलो चरणको निर्वाचनमा एमाले पहिलो पार्टी भएको र एमालेले यूवा नेतालाई बिभीन्न ठाउँमा उम्मेदवार बनाएकाले काग्रेंसको किल्ला रहेको जिल्लामा एमालेले निकै प्रतिस्पर्धी हुने छ । एमाललेलाई थप हैसाला कागे्रंस भित्र उम्मेदवार छनौटमा देखीएको बिवादले दिएको छ । कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नै गृह जिल्लामा स्थानीय तह चुनावमाको सम्भावित परिणामले चुनौति थपिदिएको छ । उम्मेदवार छनोटमा उत्पन्न आन्तरिक विवाद व्यवस्थापन गर्न देउवा ११ गते नै गृह जिल्ला आउदैछन् ।

देशको शक्तिशाली प्रधानमन्त्री अनि देशकै सबैभन्दा ठूलो पार्टी कांग्रेसको कमाण्डर भएका कारण देउवाको गृहजिल्लामा सबैको चासो छ । ०४८ देखिका कुनै पनि चुनावमा देउवाले डडेल्धुरामा पराजय भोग्नुपरेको छैन । यो शाख बचाउन यसपटक भने देउवालाई निकै चुनौति हुने देखिएको छ ।

देउवाको गृह जिलल्ला भएकाले डडेल्धुरालाई कांगे्रसको किल्ला भनेर चिनिन्छ । तर, निर्वाचन आउन केही दिनमात्रै बाँकी रहँदा कांग्रेसलाई आफैंभित्रको विवाद मिलाउन हम्मेहम्मे परेको छ । टिकट वितरणमा ढिलाइ, टिकट वितरणप्रति कांग्रेस कार्यकर्ताको असन्तुष्टि र कांग्रेस भित्र देउवा गुटभित्रै दुई समूह भएका जिल्लामा कांग्रेसले प्रतिकुल अवस्थाको सामना गरिरहेको छ ।

जिल्लामा कांग्रेसको प्रतिद्वन्द्वीका रुपमा नेकपा एमालेलाई हेरिएको छ । एमालेले आफ्ना उम्मेदवारको टुङ्गो लगाएर प्रचार प्रसारमा हिँडेको एक महिनापछि मात्र कांग्रेसले टिकट वितरण गरेको थियो ।

सदरमुकाम अमरगढी नगरपालिकामा कांग्रेससमर्थक धेरै भए पनि कांग्रेसभित्रको आन्तरिक द्वन्द्वबाट एमालेलाई फाइदा पुग्न सक्ने बौद्धिक समुदायका अगुवा युवराज जोशीको बुझाई छ ।

 दुई नगरपालिका तथा ५ वटा गाउँपालिका रहेको डडेलधुरा जिल्लाको सदरमुकाम अमरगढी नगरपालिमा कुल ११ हजार ७ सय ८३ मतदाता छन् । यहाँ कांग्रेस र एमालेबीच तीव्र प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

कांग्रेसका उम्मेदवार पुराना र स्थापित, ठेकदार

अमगढी नगरपालिकाको मेयरमा दिल्लीराज जोशी र उपमेयरमा पार्वती झुकालले टिकट पाएर मनोनयन दर्ता गराएका छन । जिल्लामा विवाद भएपछि टिकटको सबै टुंगो देउवा आफैंले लगाएका थिए ।

पार्टी सभापति देउवाले टिकट वितरणमा एकलौटी गरेको भन्दै डडेलधुरामा तीन दिन नेता तथा कार्यकर्ताले विरोध प्रर्दशन समेत गरे । मनोनयन हुनुभन्दा केही दिन अगाडि मात्रै कार्यकर्ताको मुल्याङ्कन नगरी आर्थिक चलखेलमा टिकट वितरण भएको आरोप लगाउँदै कांग्रेस कार्यकर्ता विरोध प्रदर्शनमा उत्रिएका थिए ।

 लामो समयदेखि नेपाली कांग्रेसमा आवद्ध मेयरका उम्मदेवार दिल्लीराज जोशी सामाजिक अभियन्ता पनि हुन् ।

यस्तै पशुराम नगरपालीकामा निमार्ण ब्यबसायीलाई टिकट दिएपछि काग्रेस नगरसभापती एमालेमा प्रबेशले निकै चुनैती देखीए पछि देउवा त्यहाँ पनि भोट माग्न आफु नै जाने बताएको छ ।

एमालेबाट युवा नेतृत्व, कांग्रेसका पुराना स्थापीत नेता एमालेका उम्मेदवार

कांग्रेसको मुख्य प्रतिस्पर्धी मानिएको एमालेले युवा नेता विपिन ओझालाई मेयरको उम्मेदवार बनाएको छ । उपमेयरमा संगीता भण्डारीलाई अघि सारेको छ ।

अनेरास्ववियुबाट राजनीति शुरु गरेका ओझा ०६५ सालको स्ववियु चुनावमा डडेलधुरा बहुमुखी क्याम्पसबाट सभापति निर्वाचित भएका थिए । व्यवसायी समेत रहेका उनी एमालेका नगर कमिटी अध्यक्ष पनि हुन ।

यस्तै  पशुराम नगरपालीकामा नेपाली काग्रेंसका नगरसभाती तथा पूर्व गाबिस अध्यक्ष एमाललेबाट उम्मेदवार बनने पछि ठेकेदार भिम साउदलाई निकै गाहो चुनाव जितन परेको छ ।

माओवादी र राप्रपा कमजोर उम्मेदवार महिला

अमरगढी नगरपालिकामा माओवादी केन्द्रले महिलालाई मेयरको उम्मेदवार बनाएको छ । माओवादी केन्द्रका तर्फबाट शोभा भट्टले नगर प्रमुखमा उम्मेदवारी दर्ता गराएकी छिन् भने उपप्रमुखमा करुणाकर ओझाको उम्मेदवारी परेको छ ।

 यसैगरी अमरगढी नगर प्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले पनि महिला उम्मेदवार अमिता थापालाई उम्मेदवार बनाएको छ भने नगरपालिकाको उपप्रमुखमा राजेन्द्र भण्डारीले उम्मेदवारी दर्ता गरेका छन् ।

 यस्तै नयाँ शक्ति पार्टी नेपालका तर्फबाट नगर प्रमुखमा अस्मी सिनालको उम्मेदवारी परेको छ भने उपप्रमुखमा टेकराज भट्टको उम्मेदवारी रहेको छ । राष्ट्रिय जनमोर्चाका तर्फबाट नगर प्रमुखमा नरेश झुकालको उम्मेदवारी परेको छ । यसैगरी स्वतन्त्रबाट नगर प्रमुखमा नरभान पार्कीको समेत उम्मेदवारी परेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म