२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

तेह्रथुमको आठराई गाउँपालिकामा चुनावी सरगर्मी उत्कर्षमा

२०७४, ९ असार शुक्रबार १३:१२

प्रकाश धौलाकोटी/असार ९, तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिकामा चुनावी सरगर्मी उत्कर्षमा पुगेको छ । 

आठराईमा केन्द्रिय नेता, कार्यकर्ता साथै लिएर उम्मेदवारहरु घरदैलो, प्रचार प्रसार र चुनावी सभामा व्यस्त बनेका छन् । आठराई गाउँपालिकाको विकास र समृद्धिका एजेण्डा बोकेर मतदाताको घरदैलोमा पुग्दै जितको दाबी गरिरहेको नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र संयुक्त गठबन्धनले सबै वडाहरुमा चुनावी सभा समेत सम्पन्न गरेको छ । 

शुक्रबारे आठराई गाउँपालिका–३ ह्वाकुमा भएको चुनावी सभामा बोल्दै कांग्रेस केन्द्रिय सदस्य तथा सांसद सीता गुरुङले मुलुकको शान्ति, समृद्धि र संविधान कार्यान्वयनका लागि नेपाली कांग्रेसले मात्रै नेतृत्व गर्न सक्ने बताउनुभएको छ । 

नेतृ गुरुङले विकासको स्पष्ट खाका र एजेण्डा लिएर कांग्रेस घर घर पुगिरहेको भन्दै आठराई गाउँपालिकामा कांग्रेस–माओवादी गठबन्धनको जित सुनिश्चित भएको बताउनुभयो । सभालाई काग्रेस नेता तथा सांसद गणेश विमली, माओवादी केन्द्रका केन्द्रिय सदस्यद्धय रघु गौतम र शुशिला कन्दङवा, अध्यक्ष पदका उम्मेदवार नारायणकुमार ईङनाम र उपाध्यक्ष पदका उम्मेदवार रमिला खनाल लगायतले सम्बोधन गरेका थिए । 

आठराईमा कांग्रेस–माओवादी गठबन्धनले सबै वडामा शीघ्र विद्युतीकरण, भक्तराज कन्दङवा स्मृति विमानस्थल निर्माणलाई प्राथमिकता, बजार विकास, सबै वडामा मोटरबाटो निर्माण, खानेपानी, सिंचाई, युवाहरुलाई रोजगारी,  र वृद्धवृद्धालाई सम्मान लगायतका प्रतिवद्धताहरु मतदातासँग गरिरहेको छ । यसैबीच गठबन्धनले शनिबार सक्रान्तिबजारमा बृहत आमसभा गर्ने कार्यक्रम रहेको समेत जनाएको छ ।

यता नेकपा एमालेले पनि आठराईका विभिन्न वडाहरुमा घरदैलो, चुनावी प्रचार प्रसार र चुनावी सभा गरिरहेको छ । सबै वडामा घरदैलो गर्दै मतदातालाई आठराईको विकासको निम्ती एमालेलाई विजयी गराउन भनेको अध्यक्ष पदका उम्मेदवार विष्णुविक्रम कन्दङवाले बताए । आठराई गाउँपालिकामा कांग्रेस–माओवादी गठबन्धनसँग एक्लै प्रतिष्पर्धामा उत्रिएको एमालेले उपाध्यक्ष पदमा रुपादेवी कन्दङवालाई उम्मेदवार बनाएको छ । 

एमालेले पनि आइतबार सक्रान्तिबजारमा वृहत जनसभा गर्ने भनेको छ । आठराई गाउँपालिकामा नयाँ शक्ति नेपालले टिकाराम गुरुङ, संघीय लोकतान्त्रिक राष्ट्रिय मन्चले मृगेन ईङनाम र देशभक्त गणतान्त्रिक मोर्चाले सुवास फोम्बोलाई अध्यक्ष पदमा उम्मेदवार बनाएका छन् । १६ वटा मतदान केन्द्र रहेको आठराईमा १२ हजार ५ सय ६७ मतदाता रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त