९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

रविले हिरासतमा कतिबेला भेटघाट गर्न पाउँछन्, बाँकी समय के गरेर बिताउँछन् ?

१२ कार्तिक २०८१, सोमबार १७:४१

काठमाडौं | सहकारीको रकम अपचलन प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पक्राउ परेको आज ११ दिन भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका लामिछानेमाथि प्रहरीले विभिन्न कोषबाट अनुसन्धान गरिरहेको छ ।

लामिछाने आफू भने प्रहरीलाई दिने बयान र पार्टी नेता, कार्यकर्ता, सुभेच्छुक र आफन्तसँग भेटघाटबाहेक अध्ययन र लेखनमा समय बिताइरहेका निकटस्थहरू बताउँछन् । गत २ कात्तिकको राति काठमाडौंबाट पक्राउ गरेर रविलाई प्रहरीले त्यसैराति कास्की लगेको थियो ।


त्यसपछि प्रहरीले रविलाई ४ गते पहिलो पटक ६ दिन हिरासतमा राख्न जिल्ला अदालत कास्कीबाट अनुमति लिएको थियो । त्यसपछि दोस्रो पटक रविलाई थप ७ दिन थुनामा राख्न अनुमति लिएको छ ।

अहिले प्रहरीले रविलाई पार्टी नेता, कार्यकर्ता, सुभेच्छुक र आफन्तले भेट्नका लागि बिहान ७ देखि ९ र बेलुकी ३ बजेदेखि ५ बजेसम्म समय छुट्याएको छ । दुई पटक गरेर रविले दिनमा ४ घण्टा भेटघाट गर्न पाउने कास्की प्रहरीले जनाएको छ । त्यस्तै प्रहरीले रविसँग एक जनाले बढीमा १५ देखि २० मिनेटसम्म समय छुट्ट्याएको जानकारी दिएको छ ।

निर्धारित समयमा रविलाई भेट्न प्राय रास्वपाका नेता कार्यकर्ता र आफन्तजन जाने गरेका छन् । भेट्न आउनेहरूले तोकिएको समयमा सहजरूपमा भेट्न पाइरहेका प्रहरी बताउँछ । रविको कोठामा रहेको झ्याल वा ढोकाबाट आगन्तुकहरूलाई कुरा गर्ने व्यवस्था मिलाइएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीको माथिल्लो तलामा रहेको गार्ड सुत्ने कोठामा राखिएका रविलाई प्रहरीले कोठामा खाट र ओढ्ने–ओछ्याउनेबाहेक एउटा टेबल र लुगा झुण्ड्याउने ह्याङ्गरको व्यवस्था गरिदिएको छ ।

भेटघाट र बयानबाहेक रविले आफ्नो दिनचर्या लेखपढ गरेर बितिरहेको उनलाई भेटेर फर्केकाहरू बताउँछन् । रविले आफूलाई भेट्न आउनेहरूले ल्याइदिएका पुस्तकहरू छानेर पढ्ने गरेका छन् । पुस्तकसँगै रविले उपलब्ध पत्रपत्रिका पनि पढ्ने गरेका प्रहरी बताउँछ । उनले केही समय टिभी पनि हेर्ने गरेको हिरासत स्रोतले बतायो ।

रविले पछि पुस्तक प्रकाशन गर्नका लागि भन्दै आफ्नो हिरासत डायरी लेखिरहेका उनलाई भेटेर फर्किएका रास्वपा नेताहरू बताउँछन् ।

रविले खाना भने प्राय बाहिरबाट मगाउने गरेका प्रहरीले जानकारी दिएको छ । रविलाई पोखरामा हुँदा पत्नी निकिता खाना ल्याइदिने गरेकी थिइन् ।

यसैबीच जिल्ला प्रहरी कार्यालय, कास्कीले नयाँ तथ्य फेला पर्न सक्ने भन्दै रविले प्रयोग गर्ने गरेको मोबाइल जाँचका लागि प्रहरी प्रधान कार्यालय, नक्सालमा रहेको डिजिटल फरेन्सिक ल्याब (डीएफएल) मा पठाएको छ । अनुसन्धानका क्रममा केही नयाँ प्रमाण हात पर्नसक्ने भएकाले अनुसन्धानको नियमित प्रक्रिया अन्तरगत मोवाइल डीएफएलमा पठाएको कास्की प्रहरीले जानकारी दिएको छ ।

सूर्यदर्शन सहकारीमा बचतकर्ताको रकम अनियमितता भएको प्रकरणमा १६ असोज २०८० पूर्वअध्यक्ष जीबी राई, उनका दाजु भूपेन्द्र राई, अध्यक्ष थानबहादुर बुढा लगायत १९ जना विरुद्ध कास्की अदालतमा मुद्दा दर्ता भएको थियो ।

पीडितहरूले २२ माघ २०८० मा रास्वपा सभापति लामिछानेसहित १८ जना विरुद्ध कास्की प्रहरीमा फेरि पूरक जाहेरी दिए । त्यहीबीचमा गठन गरेको संसदीय छानबिन समितिले पनि उनलाई कारबाही सिफारिस गरेपछि लामिछाने पक्राउ परेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो