२०८२, ९ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

रविले हिरासतमा कतिबेला भेटघाट गर्न पाउँछन्, बाँकी समय के गरेर बिताउँछन् ?

२०८१, १२ कार्तिक सोमबार १७:४१

काठमाडौं | सहकारीको रकम अपचलन प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पक्राउ परेको आज ११ दिन भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका लामिछानेमाथि प्रहरीले विभिन्न कोषबाट अनुसन्धान गरिरहेको छ ।

लामिछाने आफू भने प्रहरीलाई दिने बयान र पार्टी नेता, कार्यकर्ता, सुभेच्छुक र आफन्तसँग भेटघाटबाहेक अध्ययन र लेखनमा समय बिताइरहेका निकटस्थहरू बताउँछन् । गत २ कात्तिकको राति काठमाडौंबाट पक्राउ गरेर रविलाई प्रहरीले त्यसैराति कास्की लगेको थियो ।


त्यसपछि प्रहरीले रविलाई ४ गते पहिलो पटक ६ दिन हिरासतमा राख्न जिल्ला अदालत कास्कीबाट अनुमति लिएको थियो । त्यसपछि दोस्रो पटक रविलाई थप ७ दिन थुनामा राख्न अनुमति लिएको छ ।

अहिले प्रहरीले रविलाई पार्टी नेता, कार्यकर्ता, सुभेच्छुक र आफन्तले भेट्नका लागि बिहान ७ देखि ९ र बेलुकी ३ बजेदेखि ५ बजेसम्म समय छुट्याएको छ । दुई पटक गरेर रविले दिनमा ४ घण्टा भेटघाट गर्न पाउने कास्की प्रहरीले जनाएको छ । त्यस्तै प्रहरीले रविसँग एक जनाले बढीमा १५ देखि २० मिनेटसम्म समय छुट्ट्याएको जानकारी दिएको छ ।

निर्धारित समयमा रविलाई भेट्न प्राय रास्वपाका नेता कार्यकर्ता र आफन्तजन जाने गरेका छन् । भेट्न आउनेहरूले तोकिएको समयमा सहजरूपमा भेट्न पाइरहेका प्रहरी बताउँछ । रविको कोठामा रहेको झ्याल वा ढोकाबाट आगन्तुकहरूलाई कुरा गर्ने व्यवस्था मिलाइएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीको माथिल्लो तलामा रहेको गार्ड सुत्ने कोठामा राखिएका रविलाई प्रहरीले कोठामा खाट र ओढ्ने–ओछ्याउनेबाहेक एउटा टेबल र लुगा झुण्ड्याउने ह्याङ्गरको व्यवस्था गरिदिएको छ ।

भेटघाट र बयानबाहेक रविले आफ्नो दिनचर्या लेखपढ गरेर बितिरहेको उनलाई भेटेर फर्केकाहरू बताउँछन् । रविले आफूलाई भेट्न आउनेहरूले ल्याइदिएका पुस्तकहरू छानेर पढ्ने गरेका छन् । पुस्तकसँगै रविले उपलब्ध पत्रपत्रिका पनि पढ्ने गरेका प्रहरी बताउँछ । उनले केही समय टिभी पनि हेर्ने गरेको हिरासत स्रोतले बतायो ।

रविले पछि पुस्तक प्रकाशन गर्नका लागि भन्दै आफ्नो हिरासत डायरी लेखिरहेका उनलाई भेटेर फर्किएका रास्वपा नेताहरू बताउँछन् ।

रविले खाना भने प्राय बाहिरबाट मगाउने गरेका प्रहरीले जानकारी दिएको छ । रविलाई पोखरामा हुँदा पत्नी निकिता खाना ल्याइदिने गरेकी थिइन् ।

यसैबीच जिल्ला प्रहरी कार्यालय, कास्कीले नयाँ तथ्य फेला पर्न सक्ने भन्दै रविले प्रयोग गर्ने गरेको मोबाइल जाँचका लागि प्रहरी प्रधान कार्यालय, नक्सालमा रहेको डिजिटल फरेन्सिक ल्याब (डीएफएल) मा पठाएको छ । अनुसन्धानका क्रममा केही नयाँ प्रमाण हात पर्नसक्ने भएकाले अनुसन्धानको नियमित प्रक्रिया अन्तरगत मोवाइल डीएफएलमा पठाएको कास्की प्रहरीले जानकारी दिएको छ ।

सूर्यदर्शन सहकारीमा बचतकर्ताको रकम अनियमितता भएको प्रकरणमा १६ असोज २०८० पूर्वअध्यक्ष जीबी राई, उनका दाजु भूपेन्द्र राई, अध्यक्ष थानबहादुर बुढा लगायत १९ जना विरुद्ध कास्की अदालतमा मुद्दा दर्ता भएको थियो ।

पीडितहरूले २२ माघ २०८० मा रास्वपा सभापति लामिछानेसहित १८ जना विरुद्ध कास्की प्रहरीमा फेरि पूरक जाहेरी दिए । त्यहीबीचमा गठन गरेको संसदीय छानबिन समितिले पनि उनलाई कारबाही सिफारिस गरेपछि लामिछाने पक्राउ परेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा