असार १३, काठमाडौँ । स्थानीय तहको निर्वाचनका क्रममा हालसम्म विभिन्न राजनीतिक दलले निर्वाचन आचारसंहिता विपरीत ८५३ बालबालिकाको प्रयोग गरेको पाइएको छ ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असार १३, काठमाडौँ । स्थानीय तहको निर्वाचनका क्रममा हालसम्म विभिन्न राजनीतिक दलले निर्वाचन आचारसंहिता विपरीत ८५३ बालबालिकाको प्रयोग गरेको पाइएको छ । 

2026-06-30 04:39 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आचारसंहिता विपरीत एक हजार बालबालिकाको प्रयोग

2017-06-27


असार १३, काठमाडौँ । स्थानीय तहको निर्वाचनका क्रममा हालसम्म विभिन्न राजनीतिक दलले निर्वाचन आचारसंहिता विपरीत ८५३ बालबालिकाको प्रयोग गरेको पाइएको छ । 

केन्द्रीय बालकल्याण समितिले पहिलो चरण (गत वैशाख ३१) मा सम्पन्न प्रदेश नं ३, ४ र ६ मा गरेको बालअधिकार अनुगमनको प्रतिवेदनानुसार ३७ घटनामा ८५३ बालबालिलाई दलहरुले प्रयोग गरेको पाइएको हो । 

पहिलो चरणको चुनावी प्रचारप्रसारका क्रममा जिप, ट्र्याक्टर, टिपर, ट्रकजस्ता सवारीसाधनमा बालबालिकालाई राखी पदयात्रा, आमसभालगायत घरदैलो अभियानमा १६ घटनामा ६९४ बालबालिका प्रयोग भएका थिए भने बालबालिकालाई बाजा बजाउने दुई घटनामा सात बालबालिका प्रयोग भएको देखिएको छ । 

यस्तै उम्मेदवार मनोनयनका क्रममा चार घटनामा ३० बालबालिकाको प्रयोग भएको तथा निर्वाचनको दिन बालबालिकालाई स्वयंसेवकका रुपमा दुई घटनामा २० बालबालिका प्रयोग भएको प्रतिवेदनले जनाएको छ । विजय जुलुसमा चुनाव चिह्नअङ्कित टिसर्ट लगाई नारा लगाएको पाँच घटनामा ९२ बालबालिका प्रयोग भएको पाइएको छ । 

समितिका कार्यकारी निर्देशक तारक धितालले देशको राजनीतिक गतिविधि तथा प्रक्रियामा बालबालिकाको सरोकार रहनु र उनीहरुले आफ्ना कुरा भन्न पाउनु तथा सम्बन्धित पक्षले सुनिदिनु बालबालिकाको अधिकार भए पनि दलविशेषका लागि बालबालिकालाई राजनीतिक क्रियाकलापमा प्रयोग गरिनु बालअधिकारसम्मत बाल सहभागिता मान्न नसकिने बताउनुभयो । 

समितिले अनुगमनका क्रममा बालबालिकाको प्रयोग गरेको पाइएपछि तत्काल सम्बन्धित दललाई पत्राचार गर्नाका साथै निर्वाचन आयोगमा जानकारी गराएको थियो । बालाधिकारका क्षेत्रमा कार्यरत बालबालिका शान्ति क्षेत्र तथा बाल संरक्षण राष्ट्रिय अभियान (सिजप) बालसहभागितामा आधारित संस्थाको सञ्जाल (कन्र्साेर्टियम), शिक्षाका लागि राष्ट्रिय अभियान नेपाललगायतले समितिसँग संयुक्त बालकेन्द्रित अनुगमन गर्दै आएका छन् । आयोगले पनि नियमित रुपमा निर्वाचन अनुगमन गरिरहेको छ । 

“बालबालिकालाई राजनीतिमा प्रयोग गर्र्ने होइन, बालबालिकाका विषयलाई राजनीतिक मुद्दा बनाइनुपर्छ । निर्वाचनमा बालबालिका र विद्यालयको प्रयोग नगर्नेबारे स्थानीय तहमा नै दलहरुको लिखित प्रतिबद्धता आउनु र समुदायको पनि यस विषयमा चासो र सरोकार बढ्नु सकारात्मक पक्ष हो ।” प्रतिवेदनमा भनिएको छ, “तर विगतका निर्वाचनमा भन्दा यस पटकको निर्वाचनमा राजनीति दलहरु बालबालिकाको विषयमा केही संवेदनशील भएको पाइनुले असल संस्कृतिको विकासमा अग्रसर भएको मान्न सकिने केही आधार देखिन्छ ।” 

सिजप अभियानका अध्यक्ष कृष्ण सुवेदीले राजनीतिक दलले प्रतिबद्धता जनाए पनि बालबालिकाको प्रयोगको क्रम नरोकिनु चिन्ताको विषय भएकाले बालबालिकाका क्षेत्रमा कार्यरत सरकारी र गैह्रसरकारी क्षेत्रका निकाय र संस्था मिलेर निरन्तर आवाज उठाउनुपर्ने बताउनुभयो । प्रकाश सिलवाल/रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारी सेवा घरदैलोमै पुर्‍याउने अभियान प्रभावकारी बन्दैछ: सञ्चारमन्त्री तिमिल्सिना हामी समूहगत र संस्थागत एकता गर्दैनौँ: केपी शर्मा ओली प्रहरी हौं भनेर लुटपाट गरेको आरोपमा चार जना पक्राउ पहिरोले कान्ति लोकपथ अवरुद्ध विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ काराेबार ? विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन