७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मोरङमा कुन नेताले कहाँबाट मतदान गरे ?

१४ असार २०७४, बुधबार ०७:१५

असार १४, विराटनगर । दोस्रोचरणको निर्वाचनअन्तर्गत मोरङ जिल्लाको विभिन्न मतदान केन्द्रबाट विभिन्न दलका केन्द्रीयस्तरका नेताले आज मतदान गर्नुभएको छ । 

नेपाली काँग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले विराटनगर–२ स्थित जनता मावि शङ्करपुर मतदान केन्द्रबाट मतदान गर्नुभएको छ र अर्का केन्द्रीय सदस्य डा शेखर कोइरालाले विराटनगर– १ स्थित आदर्श उच्च माविको मतदान केन्द्रबाट मतदान गर्नुभएको छ । 

नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा मिनेन्द्र रिजालले विराटनगर– ३ स्थित पुसेट क्याम्पसको मतदान केन्द्रबाट मतदान गर्नुभएको छ । 

त्यसैगरी,नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य लालबाबु पण्डितले विराटनगर–१२ स्थित महेन्द्र मोरङ क्याम्पसको मतदान केन्द्रबाट र सोही मतदान केन्द्रबाट नेपाली काँग्रेस मोरङका पूर्व सभापति एवम् सांसद अमृत अर्यालले मतदान गर्नुभएको हो । 

यसका साथै, नेपाली काँग्रेसका केन्द्रीय सदस्य डीला सङ्ग्रौला विराटनगर–११ स्थित जनपथ माविको मतदान केन्द्रबाट मतदान गर्नुभएको हो । 

यस्तै, सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले विराटनगर–१४ स्थित स्नातकोत्तर क्याम्पसको मतदान केन्द्रबाट मतदान गर्नुभएको छ । नेकपा एमालेका नेता एवम् सांसद् शिवकुमार मण्डलले सुनवर्षी नगरपालिकाबाट मतदान गर्नुभएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी