२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मोरङमा कुन नेताले कहाँबाट मतदान गरे ?

२०७४, १४ असार बुधबार ०७:१५

असार १४, विराटनगर । दोस्रोचरणको निर्वाचनअन्तर्गत मोरङ जिल्लाको विभिन्न मतदान केन्द्रबाट विभिन्न दलका केन्द्रीयस्तरका नेताले आज मतदान गर्नुभएको छ । 

नेपाली काँग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले विराटनगर–२ स्थित जनता मावि शङ्करपुर मतदान केन्द्रबाट मतदान गर्नुभएको छ र अर्का केन्द्रीय सदस्य डा शेखर कोइरालाले विराटनगर– १ स्थित आदर्श उच्च माविको मतदान केन्द्रबाट मतदान गर्नुभएको छ । 

नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा मिनेन्द्र रिजालले विराटनगर– ३ स्थित पुसेट क्याम्पसको मतदान केन्द्रबाट मतदान गर्नुभएको छ । 

त्यसैगरी,नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य लालबाबु पण्डितले विराटनगर–१२ स्थित महेन्द्र मोरङ क्याम्पसको मतदान केन्द्रबाट र सोही मतदान केन्द्रबाट नेपाली काँग्रेस मोरङका पूर्व सभापति एवम् सांसद अमृत अर्यालले मतदान गर्नुभएको हो । 

यसका साथै, नेपाली काँग्रेसका केन्द्रीय सदस्य डीला सङ्ग्रौला विराटनगर–११ स्थित जनपथ माविको मतदान केन्द्रबाट मतदान गर्नुभएको हो । 

यस्तै, सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले विराटनगर–१४ स्थित स्नातकोत्तर क्याम्पसको मतदान केन्द्रबाट मतदान गर्नुभएको छ । नेकपा एमालेका नेता एवम् सांसद् शिवकुमार मण्डलले सुनवर्षी नगरपालिकाबाट मतदान गर्नुभएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी