असार १६, डडेल्धुरा । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्लामा नेकपा एमाले विजयी सुरुवात गरेका छ ।

अमरगढी नगरपालिक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असार १६, डडेल्धुरा । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्लामा नेकपा एमाले विजयी सुरुवात गरेका छ ।

अमरगढी नगरपालिक"/>

२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्रीको गृह जिल्ला अमरगढी नगरमा एमाले विजयी

१६ असार २०७४, शुक्रबार ११:२२


असार १६, डडेल्धुरा । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्लामा नेकपा एमाले विजयी सुरुवात गरेका छ ।

अमरगढी नगरपालिकाको प्रमुखमा एमालेका उम्मेदवार विश्वेश्वरप्रसाद ओझा (विपिन) विजयी भएका छन् भने उपप्रमुखमा पनि एमालेकै संगीता भण्डारी विजयी भइन् ।

एमाले उम्मेदवार विश्वेवरप्रसाद ओझाले ३ हजार ७६८ मत ल्याएर विजयी भएका हुन् । 

उनका प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार डिल्लीराज जोशीले ३ हजार ६४० मत प्राप्त गरे । प्रमुखमा जोशी भन्दा १२८ मत बढी मत ल्याएर ओझा विजयी भएका हुन् । माओवादी केन्द्रका उम्मेदवार शोभा भट्टले ३३९ मत प्राप्त गरिन् । उपप्रमुखमा एमालेकी संगिता भण्डारीले ३ हजार ५१७ मत प्राप्त गरी विजय भएकी छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी कांग्रसकी पार्वती झुकालले ३ हजार २६९ मत प्राप्त गरिन् भने माओवादीका करुणाकर ओझाले ७ सय १७ मत पाए । राप्रपा उम्मेदवार अनिता देवी थापाले १३० मत, नयाँ शक्ति पार्टी नेपालका तर्फबाट नगरप्रमुखका उम्मेदवार अस्मि सिनालले १३ मत, राष्ट्रिय जनमोर्चाका नर बहादुर झुकालले ४० मत मधेशीजनाधिकार फोरमका उम्मेदवार नरेश जैरुले १० मत,  नेपाल दलित पार्टीका राज टमटाले ४९ मत र  स्वतन्त्र उमेदवार नरभान पार्कीले ७८ मत प्राप्त गरेका छन् ।

यसैगरि नगरउपप्रमुखमा नयाँशक्ति पार्टी नेपालका टेकराज भट्टले १६ मत, राप्रपाका राजेन्द्र भण्डारीले ४३१ मत, नेपाल दलित पार्टीका सितादेवी टमटाले १५ मत प्राप्त गरेका छन् ।

अमरगढी नगरपालिकामा ऐतिहासिक जित हासिल गरेपछि एमालेले विजय उत्सव मनाएको  छ । 

मुख्य निर्वाचन अधिकृतको कार्यालय बाट निकालिएको ¥याली बागबजार, खलंगा, तुफानडाडा, किर्तिपुर हुदै नगर परिक्रमा गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा नेपाली कांग्रेस जिताउन ४ दिन जिल्लामा बसेका भएपनि अमरगढीमा भने एमालेले देउवालाई झड्का लगाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो