असार १६, डडेल्धुरा । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्लामा नेकपा एमाले विजयी सुरुवात गरेका छ ।

अमरगढी नगरपालिक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असार १६, डडेल्धुरा । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्लामा नेकपा एमाले विजयी सुरुवात गरेका छ ।

अमरगढी नगरपालिक"/>

२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्रीको गृह जिल्ला अमरगढी नगरमा एमाले विजयी

२०७४, १६ असार शुक्रबार ११:२२


असार १६, डडेल्धुरा । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्लामा नेकपा एमाले विजयी सुरुवात गरेका छ ।

अमरगढी नगरपालिकाको प्रमुखमा एमालेका उम्मेदवार विश्वेश्वरप्रसाद ओझा (विपिन) विजयी भएका छन् भने उपप्रमुखमा पनि एमालेकै संगीता भण्डारी विजयी भइन् ।

एमाले उम्मेदवार विश्वेवरप्रसाद ओझाले ३ हजार ७६८ मत ल्याएर विजयी भएका हुन् । 

उनका प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार डिल्लीराज जोशीले ३ हजार ६४० मत प्राप्त गरे । प्रमुखमा जोशी भन्दा १२८ मत बढी मत ल्याएर ओझा विजयी भएका हुन् । माओवादी केन्द्रका उम्मेदवार शोभा भट्टले ३३९ मत प्राप्त गरिन् । उपप्रमुखमा एमालेकी संगिता भण्डारीले ३ हजार ५१७ मत प्राप्त गरी विजय भएकी छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी कांग्रसकी पार्वती झुकालले ३ हजार २६९ मत प्राप्त गरिन् भने माओवादीका करुणाकर ओझाले ७ सय १७ मत पाए । राप्रपा उम्मेदवार अनिता देवी थापाले १३० मत, नयाँ शक्ति पार्टी नेपालका तर्फबाट नगरप्रमुखका उम्मेदवार अस्मि सिनालले १३ मत, राष्ट्रिय जनमोर्चाका नर बहादुर झुकालले ४० मत मधेशीजनाधिकार फोरमका उम्मेदवार नरेश जैरुले १० मत,  नेपाल दलित पार्टीका राज टमटाले ४९ मत र  स्वतन्त्र उमेदवार नरभान पार्कीले ७८ मत प्राप्त गरेका छन् ।

यसैगरि नगरउपप्रमुखमा नयाँशक्ति पार्टी नेपालका टेकराज भट्टले १६ मत, राप्रपाका राजेन्द्र भण्डारीले ४३१ मत, नेपाल दलित पार्टीका सितादेवी टमटाले १५ मत प्राप्त गरेका छन् ।

अमरगढी नगरपालिकामा ऐतिहासिक जित हासिल गरेपछि एमालेले विजय उत्सव मनाएको  छ । 

मुख्य निर्वाचन अधिकृतको कार्यालय बाट निकालिएको ¥याली बागबजार, खलंगा, तुफानडाडा, किर्तिपुर हुदै नगर परिक्रमा गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा नेपाली कांग्रेस जिताउन ४ दिन जिल्लामा बसेका भएपनि अमरगढीमा भने एमालेले देउवालाई झड्का लगाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ?