८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सामाजिक सञ्जालमा व्यापक चर्चापछि एमाले नेता भट्टराईले भने: हामी आईसीएपीपीको महाधिवेशनका लागि कम्बोडिया आएका हौँ

६ मंसिर २०८१, बिहीबार १५:०५

काठमाडौं | मेडिकल व्यवसायी दुर्गा प्रसाईँले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियास्थित एक कम्पनीमा २१ करोड अमेरिकी डलर लगानी रहेको भन्दै विवादित अभिव्यक्ति दिए । त्यो लगानी पुष्टि गर्ने कागजात आफूले करोडौँ खर्चिएर फेला पारेको भन्दै प्रसाईँले केही शंकास्पद् कागजात सार्वजनिक गर्न भ्याए ।

ती कागजात ‘फर्जी’ रहेको भन्दै मङ्गलवार भक्तपुरस्थित निवासबाट प्रसाईँलाई प्रहरीले पक्राउ गरेर हिरासतमा राखेको छ । फर्जी कागजात तयार गरेर सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीविरुद्ध दुष्प्रचार गरेको आरोप प्रसाईँमाथि छ । बुधवार जिल्ला अदालत काठमाडौंले पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति नै दिइसकेको छ ।

यता बुधवारै एमालेका केही नेता कम्बोडिया प्रस्थान गरे । विशेष गरी एमाले नेता भट्टराई किन गए कम्बोडिया?
एमालेको बागमती प्रदेशका इन्चार्ज समेत रहेका डा. राजन भट्टराई कम्बोडिया गए । भट्टराई तीनै व्यक्ति हुन् जो पहिला ओली प्रधानमन्त्री हुँदा परराष्ट्र सल्लाहकार थिए । उनी एमालेको विदेश विभाग प्रमुख पनि भइसकेका व्यक्ति हुन् ।

रोचक संयोग एमालेले शुक्रवार राजधानीमा ‘जागरण सभा’का नामले अघोषित शक्ति प्रदर्शन गर्दै छ । भट्टराई उक्त कार्यक्रममा संयोजक समेत तोकिएका छन् । कार्यक्रम हुनुको अघिल्लो दिन उनी अकस्मात् कम्बोडिया उडेपछि सामाजिक सञ्जालमा व्यापक चर्चा भइरहेको छ । प्रसाईँका समर्थक र प्रधानमन्त्री ओलीका आलोचकले यही प्रसङ्गलाई मसला बनाएर अहिले सामाजिक सञ्जाल तताइरहेका छन् ।

एमालेको दाबीलाई मान्ने हो भने भट्टराईको कम्बोडिया यात्रा र प्रसाईँको आरोपबिच कुनै नजिकको साइनो छैन । बरु भट्टराई एक्लै पनि कम्बोडिया गएका छैनन् ।

भट्टराईसँगै एमालेका वर्तमान विदेश विभाग प्रमुख रघुवीर महासेठ पनि साथमा छन् । यस्तै नेपाली कांग्रेसकी नेतृ एवं पूर्व परराष्ट्र मन्त्री सुजाता कोइराला, प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्व सभामुख अग्नि सापकोटा, जनमत पार्टीका अध्यक्ष सिके राउत र राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता उद्धव पौडेल पनि साथमा छन् । राप्रपा नेता पौडेल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेका ससुरा एवं रवि पत्नी निकीताका बुबा हुन् ।

यी सबै नेताको टोली कम्बोडियामा हुन लागेको इन्टरनेसनल कन्फ्रेन्स अफ एसियन पोलिकलन पार्टीज(आइसिएपिपी)को १२ औँ महाधिवेशनका लागि गएको हो । भट्टराई आइसिएपिपीको स्थायी समिति सदस्य समेत रहेको एमालेले जनाएको छ ।

भट्टराईले आफू कम्बोडिया यात्रामा निस्किएपछि प्रसाईँले लगाएको आरोपसँग जोडेर अनेक शङ्का–उपशङ्का गर्दै आलोचना सुरु भएपछि खण्डन हुने गरी केही तस्बिर समेत सार्वजनिक गरेका छन् । कम्बोडिया विमानस्थल पुगेर बिहीबार बिहान उनले फेसबुकमा आइसिएपिपी सम्मेलनमा सहभागी हुन पुगेका नेपाली नेताबारे जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता