८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमाले अध्यक्ष ओलीको जन्मथलो आठराईमा काँग्रेसको अग्रता

१७ असार २०७४, शनिबार १०:०८

अमृत बास्तोला/असार १७, तेह्रथुम । आठराई गाउँपालिकामा नेपाली काँग्रेसको अग्रता रहेको छ, भने प्रमुखपदमा काँग्रेसलाई एमालेले पछ्याईरहको छ । अहिले सम्मको परिणाम अनुसार काँग्रेस ७४ मतले अग्रस्थानमा छ ।

स्थानीय तहको निर्वाचनमा आठराईलाई निकै महत्वका साथ हेरिएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र काँग्रेस नेता कृष्ण प्रसाद सिटौलाको जन्म थलो रहेको आठराईमा मतपरिणाम निकै रोचक बन्दै गएको छ ।

अहिले सम्मको मत परिणाम अनुसार अध्यक्षमा पदमा नेपाली काँग्रेसले ३ हजार ६ सय २ मत प्राप्त गर्दा नेकपा एमालेले ३ हजार ५ सय २५ मत ल्याएको छ । गाउँपालिकाको उपप्रमुखमा नेकपा एमाले निकै माथि छ । उपप्रमुख पदका लागि एमालेले ३ हजार ९ सय ३३ मत प्राप्त गरेको छ । माओवादी केन्द्रले भने २ हजार ८ सय २१ मतमात्र ल्याएको छ । 

आठराई गाउँपालिकामा काँग्रेस र माओवादी केन्द्र बीच तालमेल भएको छ । एमाले एक्लै मौदानमा उत्रिएको छ । तालमेलमा काँग्रेसले प्रमुख पद रोजेको छ भने माओवादी केन्द्रको भागमा उपप्रमुख पद परेको छ । गठबन्धले प्रमुख पदमा नारायणकुमार ईङनाम र उपप्रमुखमा रमिला खनाललाई उठाएको छ । एमालेले प्रमुख पदमा मानबहादुर कन्दङवा (विष्णुविक्रम) र उपप्रमुखमा रुपादेवि कन्दङवालाई उठाएको छ ।

आठराई गाउँपालिकाको १२ हजार ५ सय ६७ कुल मतदाताबाट ८ हजार ५सय ९४ मत खसेको थियो । अब ५ सय ७ मत मात्र गणना हुन बाकी  छ ।

आठराई गाउँपालिकाको ५ ओटा वडाहरुको मतपरिणाम सार्वजानिक भएको छ । काँग्रेस नेता कृष्णप्रसाद सिटौलाको जन्म वडा नम्बर १ संक्रान्तिबजारमा एमाले प्यानलै विजयी भएको छ । वडा नम्बर १ संक्रान्तिबजारको वडाध्यक्षमा कमलध्वज लिम्बू विजयी हुनु भएको छ । गाउँपालिकाको वडा नम्बर २ खाम्लालुङमा नेपली काँग्रेसका दिलकुमार पाहिम विजयी हुनु भएको छ । 

गाउँपालिकाको वडा नम्बर ३ ह्वाकूमा एमाले प्यानल आएको छ । 

वडा नम्बर ३ ह्वाकूको वडाध्यक्षमा भिष्मराज डाँगी विजयी हुनु भएको छ । वडा नम्बर ४ ईवामा एमाले प्यानलै विजयी भएको छ । ४ नम्बरको वडाध्यक्षमा श्यामकुमार भट्टराई निर्वाच हुनु भएको छ, भने वडा नम्बर ५ छातेढुङ्गामा एमालेको प्यालन आएको छ । छातेढुङ्गाको वडाध्यक्षमा विष्णुप्रसाद ओली निर्वाचित हुनुभएको छ । अहिले आठराई गाउँपालिकाको वडा नम्बर ६ चुहानडाँडा र ७ नम्बर वडा थोक्लुङको मतगणना भईरहेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी