२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमाले अध्यक्ष ओलीको जन्मथलो आठराईमा काँग्रेसको अग्रता

२०७४, १७ असार शनिबार १०:०८

अमृत बास्तोला/असार १७, तेह्रथुम । आठराई गाउँपालिकामा नेपाली काँग्रेसको अग्रता रहेको छ, भने प्रमुखपदमा काँग्रेसलाई एमालेले पछ्याईरहको छ । अहिले सम्मको परिणाम अनुसार काँग्रेस ७४ मतले अग्रस्थानमा छ ।

स्थानीय तहको निर्वाचनमा आठराईलाई निकै महत्वका साथ हेरिएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र काँग्रेस नेता कृष्ण प्रसाद सिटौलाको जन्म थलो रहेको आठराईमा मतपरिणाम निकै रोचक बन्दै गएको छ ।

अहिले सम्मको मत परिणाम अनुसार अध्यक्षमा पदमा नेपाली काँग्रेसले ३ हजार ६ सय २ मत प्राप्त गर्दा नेकपा एमालेले ३ हजार ५ सय २५ मत ल्याएको छ । गाउँपालिकाको उपप्रमुखमा नेकपा एमाले निकै माथि छ । उपप्रमुख पदका लागि एमालेले ३ हजार ९ सय ३३ मत प्राप्त गरेको छ । माओवादी केन्द्रले भने २ हजार ८ सय २१ मतमात्र ल्याएको छ । 

आठराई गाउँपालिकामा काँग्रेस र माओवादी केन्द्र बीच तालमेल भएको छ । एमाले एक्लै मौदानमा उत्रिएको छ । तालमेलमा काँग्रेसले प्रमुख पद रोजेको छ भने माओवादी केन्द्रको भागमा उपप्रमुख पद परेको छ । गठबन्धले प्रमुख पदमा नारायणकुमार ईङनाम र उपप्रमुखमा रमिला खनाललाई उठाएको छ । एमालेले प्रमुख पदमा मानबहादुर कन्दङवा (विष्णुविक्रम) र उपप्रमुखमा रुपादेवि कन्दङवालाई उठाएको छ ।

आठराई गाउँपालिकाको १२ हजार ५ सय ६७ कुल मतदाताबाट ८ हजार ५सय ९४ मत खसेको थियो । अब ५ सय ७ मत मात्र गणना हुन बाकी  छ ।

आठराई गाउँपालिकाको ५ ओटा वडाहरुको मतपरिणाम सार्वजानिक भएको छ । काँग्रेस नेता कृष्णप्रसाद सिटौलाको जन्म वडा नम्बर १ संक्रान्तिबजारमा एमाले प्यानलै विजयी भएको छ । वडा नम्बर १ संक्रान्तिबजारको वडाध्यक्षमा कमलध्वज लिम्बू विजयी हुनु भएको छ । गाउँपालिकाको वडा नम्बर २ खाम्लालुङमा नेपली काँग्रेसका दिलकुमार पाहिम विजयी हुनु भएको छ । 

गाउँपालिकाको वडा नम्बर ३ ह्वाकूमा एमाले प्यानल आएको छ । 

वडा नम्बर ३ ह्वाकूको वडाध्यक्षमा भिष्मराज डाँगी विजयी हुनु भएको छ । वडा नम्बर ४ ईवामा एमाले प्यानलै विजयी भएको छ । ४ नम्बरको वडाध्यक्षमा श्यामकुमार भट्टराई निर्वाच हुनु भएको छ, भने वडा नम्बर ५ छातेढुङ्गामा एमालेको प्यालन आएको छ । छातेढुङ्गाको वडाध्यक्षमा विष्णुप्रसाद ओली निर्वाचित हुनुभएको छ । अहिले आठराई गाउँपालिकाको वडा नम्बर ६ चुहानडाँडा र ७ नम्बर वडा थोक्लुङको मतगणना भईरहेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी