८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमालेद्वारा काठमाडौं महानगरको जरिवाना पत्र बुझ्न अस्वीकार, त्यसै फर्कियो महानगर टोली

९ मंसिर २०८१, आईतवार १४:२७

काठमाडौं | नेकपा एमालेले काठमाडौं महानगरपालिकाद्वारा जारी गरिएको १ लाख रुपैयाँ जरिवानाको पत्र बुझ्न अस्वीकार गरेको छ। आइतबार महानगरपालिकाको टोलीले पत्र लिएर पार्टी कार्यालय च्यासल पुगे पनि एमालेले पत्र दर्ता गर्न अस्वीकार गरेपछि टोली त्यसै फर्किएको हो।

महानगर प्रहरी इन्स्पेक्टर किशोर भट्टराईका अनुसार पार्टी प्रतिनिधिहरूले पत्र हेरेर पढे पनि दर्ता गर्न मान्न अस्वीकार गरे। “पत्र बुझ्न मान्नु भएन, त्यसैले हामी पत्र लिएर फर्किएका छौँ,” इन्स्पेक्टर भट्टराईले जानकारी दिए।

मंसिर ७ गते दरबारमार्गस्थित खुला सडकमा एमालेले आयोजना गरेको जागरण सभामा सडक र पेटीमा जथाभावी फोहोर गरेको भन्दै महानगरपालिकाले १ लाख रुपैयाँ जरिवाना तोकेको हो। महानगरले फोहरमैला व्यवस्थापन ऐन, २०६८ र आर्थिक ऐन, २०८१ अनुसार जरिवाना गरिएको बताएको छ।

तर, एमालेका प्रतिनिधिहरूले उक्त कार्यक्रम काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको भन्दै जरिवानाको पत्र पार्टी केन्द्रीय कार्यालयमा बुझाउन नमिल्ने बताएका छन्।

एमाले नेताहरूले मेयर बालेन शाहलाई जरिवानाको निर्णयमार्फत “स्टन्ट” गरेको आरोप लगाउँदै आलोचना गरेका छन्।

महानगरपालिकाले अब जरिवानाको पत्र काठमाडौं जिल्ला कमिटीमा बुझाउने वा अन्य कदम चाल्नेबारे निर्णय गर्न बाँकी रहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता