२०८२, ९ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाजुरा - BJR

रुखले च्यापिएर एकको मृत्यु, दुई घाइतेको हेलिकोप्टरबाट उद्धार गरिँदै

२०८१, ९ मंसिर आईतवार १८:०१

काठमाडौँ | बाजुरामा रुखले च्यापिएर एक जनाको मृत्यु भएको छ । अरु दुई जना गम्भीर घाइते भएका छन् । आइतबार दिउँसो हिमाली गाउँपालिका–३ बिच्छ्यास्थित युनामा रुखले च्यापिएर ४३ वर्षीय सुपधन बुढाको घटनास्थलमै मृत्यु भएको हो ।

रुखले च्यापिएर ४८ वर्षीया सिदुपुरी रोकाया र ३० वर्षीय पर्मलाल सुनार गम्भीर घाइते भएका जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । उनीहरूलाई उपचारका लागि हेलिकोप्टरमार्फत अस्पताल लैजाने तयारी भएको हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्लले जानकारी दिए ।

उनका अनुसार स्थानीय नापीखोला साना जलविद्युत आयोजनामार्फत गाउँगाउँमा विद्युत् पुर्‍याउने कार्य कादुरी संस्थाले गरिरहेको छ । ‘विद्युतीकरणका क्रममा सल्लाका रुख कटानको कार्य भइरहेको थियो,’ अध्यक्ष मल्लले भने, ‘सोही क्रममा रुख ढल्दा च्यापिएर घटना घटेको हो । घाइतेलाई उपचारका लागि अस्पताल लैजान हेलिप्याड भएको स्थानसम्म पुर्‍याइएको छ ।’ बिच्छ्या प्रहरी चौकी र कोल्टीबाट प्रहरीको टोली घटनास्थलतर्फ गएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा