९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

हनिट्रयापमा पारी रकम असुल गरेको कसुरमा निलम्बित इन्स्पेक्टर विनुसहित ६ जनाविरुद्ध मुद्दा दायर

१० मंसिर २०८१, सोमबार १५:४२

काठमाडौँ | व्यवसायीलाई हनिट्रयापमा पारी आर्थिक लाभ लिएको कसुरमा निलम्बित प्रहरी इन्स्पेक्टर विनुकुमारी शाहीसहित ६ जनाविरुद्ध मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले आज ललितपुर जिल्ला अदालतमा निलम्बित प्रहरी इन्स्पेक्टर शाहीसहित प्रहरी सहायक हवलदार महेन्द्र हमाल, दर्शन पोखरेल, भीमादेवी थापा, तजम्मुल इस्लाम र सुस्मा विश्वकर्माविरुद्ध मुद्दा दायर गरेको हो ।

ललितपुरको भैंसेपाटी प्रभागमा कार्यरत इन्स्पेक्टर शाहीसहितको गिरोहले बलात्कार मुद्दामा फसाइदिने धम्की दिँदै एक व्यवसायीबाट ३० लाख रुपैयाँ असुलेको खुल्न आएको थियो । यस विषयमा प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले अनुसन्धान सकेर सरकारी वकिल कार्यालयमा प्रतिवेदन पेश पेश गरेको थियो । निलम्बित इन्स्पेक्टर शाही अहिले फरार छिन् ।

साथै, उक्त घटनामा तानिएका प्रहरी उपरीक्षक कमल थापालाई भने प्रतिवादी बनाइएको छैन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत प्रहरी उपरीक्षक थापालाई प्रतिवादी नबनाइएपनि बयान भने लिइएको छ । बयानको क्रममा उनले आरोप अस्वीकार गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल