काठमाडौँ | काठमाडौँ १६ का स्वतन्त्र उम्मेदवार प्रकाश पन्तले रास्वपालाई सहयोग गर्ने भएका छन् ।
मंगलबार रास्वपाले आयोजना गरेको पत्रकार सम्मेलनमा पन्तले रास्वपाका उम्मेदवारलाई सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका हुन् ।
पत्रकार सम्मेलनका क्रममा उनले मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा काठमाडौँ महानगरपालिका–१६ नम्बर वडा अध्यक्षमा रास्वपा उम्मेदवार रोजिना श्रेष्ठलाई समर्थन गर्ने आफूले निर्णय गरेको जानकारी दिए ।