८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विद्युत बक्यौता तिर्न बाँकी रहेका उद्योगहरूको लाइन तत्काल नकाटिने

१२ मंसिर २०८१, बुधबार १३:१२

काठमाडौँ | विद्युत प्राधिकरण सञ्चालक समितिको आजको बैठकले विद्युत बक्यौता तिर्न बाँकी रहेका उद्योगहरूको लाइन तत्काल नकाट्ने निर्णय गरेको छ। उर्जामन्त्री दीपक खड्काको अध्यक्षतामा बसेको बैठकले यस विषयमा छलफल गर्दै यो निर्णय लिएको हो।

एक दिनअघि विद्युत् नियमन आयोगले डेडिकेटेड र ट्रंकलाइन फिडरको लाइन नकाट्न पत्र पठाएपछि सोही निर्देशनलाई बैठकले अनुमोदन गरेको हो। तर, सञ्चालक समितिका सदस्यद्वय कपिल आचार्य र भक्तबहादुर पुनले भने यो निर्णयप्रति असहमति जनाएका छन्।

गत कात्तिक २५ गते मन्त्रिपरिषद्ले टाइम अफ डे (टीओडी) मिटरको आधारमा १५ दिनभित्र बक्यौता असुल गर्ने निर्णय गरेको थियो। त्यसपछि प्राधिकरणले कात्तिक २७ गते सूचना जारी गर्दै मंसिर १२ भित्र बक्यौता बुझाउन उद्योगहरूलाई समय दिएको थियो।

प्राधिकरणका प्रबन्ध निर्देशक (एमडी) कुलमान घिसिङले यसअघि बक्यौता नतिर्ने उद्योगहरूको लाइन काट्ने चेतावनी दिएका थिए। तर, सरकारले उनीमाथि छानबिन गर्न समिति गठन गरेपछि घिसिङ आफ्नो अडानबाट पछि हटेको स्रोतले बताएको छ। यस निर्णयसँगै बक्यौता तिर्न बाँकी रहेका उद्योगहरूले तत्कालका लागि राहत पाएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता