अजयकुमार साह/असार १७, उदयपुर । स्थानिय निकायको दोश्रो चरणको निर्वाचन सम्पन्न भएसँगै मत गणनाको पछिल्लो परिणाम अनुसार उदयपुरको चार वटै गाउँपालिकाको नतिजा सार्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

अजयकुमार साह/असार १७, उदयपुर । स्थानिय निकायको दोश्रो चरणको निर्वाचन सम्पन्न भएसँगै मत गणनाको पछिल्लो परिणाम अनुसार उदयपुरको चार वटै गाउँपालिकाको नतिजा सार्"/>

२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

उदयपुरका ४ पालिकामध्ये एमाले ३ र माओबादी १ वटामा विजयी

२०७४, १८ असार आईतवार ०९:४५


अजयकुमार साह/असार १७, उदयपुर । स्थानिय निकायको दोश्रो चरणको निर्वाचन सम्पन्न भएसँगै मत गणनाको पछिल्लो परिणाम अनुसार उदयपुरको चार वटै गाउँपालिकाको नतिजा सार्वजनिक भएकोछ ।

शनिवार सम्म सार्वजानिक भएको चार वटै गाउँपालिका मध्ये नेकपा एमालेले ३ वटा र नेकपा माओबादी केन्द्रले १ गाउँपालिकामा जित हात पारेको छ । गाउँपालिकाको अगुवाईमा नेपाली काँग्रेसले शुन्यमा चित्त बुझाउनुपरेको छ ।  उदयपुरमा रहेको ४ वटा नगरपालिकाको नतिजा भने आउन बाँकी रहेकोछ ।

एमालेले रौतामाई गाउँपालिका, उदयपुरगढी, ताप्ली गाउँपालिका गरि ३ वटामा जित हासिल गरेको छ । त्यस्तै माओबादी केन्द्रले एक मात्र सुनकोसी गाउँपालिका जितेको हो । रौतामा एमाले उमेदवार गजेन्द्रबहादुर खड्काले ११८ मतको अन्तरले जित हात पारेका छन् । 


खड्काले २७४२ मत र प्रतिसपर्धि बिरेन्द्र मगरले २६२४ मत प्राप्त गरेका थिए । त्यसैगरी उपप्रमुखमा एमालेकी कुमारी राना ज्यु ठकुरीले प्रतिसपर्धिलाई ५११ मतको भारी अन्तरले विजयी भएका हुन । उनले २७७९ मत प्राप्त गरेका थिए भने प्रतिसपर्धि माओबादी केन्द्रकी हस्तशोभा राईले २२६८ मत प्राप्त गरेकी थिइन् ।

उपप्रमुखमा माओवादी केन्द्र र संघिय समाजवादी फोरम नेपालले गठबन्धन गरेका थिए । रौतामाई गाउँपालिकामा एमालेले ४ वडा, माओबादी केन्द्रले २ र काँग्रेसले १ वडा जितेको छ । एमालेकोतर्फबाट वडानं १ मा रुद्र कार्की, २ मा खगेन्द्र रास्कोटी, ३ मा दुर्गाराज खड्का, ४ मा चन्द्र राना विजयी हुनु भएको छ । त्यस्तै माओबादीको तर्फबाट वडानं ६ मा केशव रानामगर र ७ उत्तरकुमार मगर काँग्रेसबाट वडानं ८ मा टेकबहादुर मगर विजयी भएकाछन् ।

त्यसैगरी उदयपुरगढी गाउँपालिकामा एमालेका मानबहादुर केप्छाकी मगर (मोहन) १४४४ मतको भारी अन्तरले जित हात पारेका थिए । मगरले ४४२५ र प्रतिसपर्धि जितबहादुर खड्काले २९८१ मत प्राप्त गरेका थिए । उपाध्यक्षमा एमालेकै सानु राउत ९८८ मतको फरकले जित हासिल गरेका थिए । राउतले ४०४३ र प्रतिसपर्धि विमा राईले ३०५५ मत प्राप्त गरेका थिए ।


यता ताप्लीपोखरी गाउँपालिकाको अध्यक्षमा एमालेका उद्धवसिंह थापा विजयी भएका थिए । 

प्रतिस्पर्धि स्वतन्त्र उमेदवारलाई २३ मतको झिनो अन्तरले पछि पार्दै थापा विजयी भएका हुन । थापाले १२९१ र काँग्रेसबाट टिकट नपाएपछि स्वतन्त्रबाट उमेदवार बनेका पदमबहादुर तामाङले १२६८ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी अर्जुन खड्काले जानकारी दिए । त्यसैगरी उपाध्यक्षमा एमालेकै कमलामाया राई भारी मतले विजयी भएका थिए । राईले १८२१ र काँग्रेसकी धना मगरले १५६३ मत प्राप्त गरेका थिए ।

४ हजार २ सय ८ पुरुष ४ हजार ९० महिला गरी कुल ८ हजार २ सय ९८ मतदाता रहेको ताप्लिमा ५ हजार २ सय ५० मत खसेको थियो । ५ वटा वडा रहेको ताप्लिमा एमालेले वडानं १,२ र ३ मा वडाध्यक्षसहित प्यानलैसहित विजयी भएको हो । त्यसैगरी ४ र ५ मा माओबादीको वडाअध्यक्ष र बाँकी  काँग्रेससँग मिश्रित परिणाम आएको हो ।


सुनकोसी गाउँपालिकामा माओबादी केन्द्रका मेजरकुमार राई विजयी भएका छन् । उनले १३४७ र प्रतिसपर्धि नेकपा एमालेका भलराज राईले १२८१ मत प्राप्त गरेका थिए । उपाध्यक्षमा नेपाली काँग्रेसकी रमिला राईले जित हात पारेको छ । राईले १५२७ र विपक्षी एमालेकी लक्ष्मी कार्कीले १२३९ मत प्राप्त गरेकी थिइन ।

यता चार वटा नगरपालिका मध्ये तिन वटामा नेपाली काँग्रेसले अगुवाई गरिरहेको छ भने एउटामा एमालेले अगुवाई गरिरहेको शनिवार राति अबेर सम्मको परिणामले देखिएको छ । चौदण्डी नगरपालिका, त्रियुगा नगरपालिका र बेलका नगरपालिकामा काँग्रेसले अग्रता लिएको छ भने कटारी नगरपालिकामा एमालेले अग्रता कायम राखेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी