२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

चुनावमा अन्तरघात गर्नेलाई कारवाहीको माग गर्दै कांग्रेस कार्यकर्ताद्वारा सडकमा प्रदर्सन

१९ असार २०७४, सोमबार १६:१४


ललित बोहरा/असार १९, डडेल्धुरा । प्रधानमन्त्री एवंम नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुराको सदरमुकाममा कांग्रेसका कार्यकर्ताले सोमवार दवाव मुलक प्रर्दशन गरेका छन् ।

 स्थानिय तहको निर्वाचनमा नेपाली कांग्रेसको किल्ला मानिने अमरगढी नगरपालिकामा नै कांग्रेसले हार व्यहोर्नु परेपछि अन्तरघात गर्ने कार्यकर्ताहरुलाई पार्टीले कडा कारवाही गर्नुपर्ने माग गर्दे प्रर्दशन गरेका हुन् । स्थानिय निर्वाचनमा बिपक्षि पार्टी नेकपा एमालेलाई सघाएको नेपाली कांग्रेसबाट मेयरका उम्मेदवार डिल्लीराज जोशीको आरोप रहेको छ ।

 सोमबार दिउँसो पार्टी कार्यालयमा ताला बन्दी समेत गरेका कार्यकर्ताहरुले अन्तरघाती व्यक्तिहरुका कारण निर्वाचनमा कांग्रेसले हार व्यहोर्नु परेको दावी गर्दै  अन्तरघात गर्ने व्यक्तिहरुलाई पार्टीबाट हटाई शुद्धिकरण गर्न दवावमुलक कार्यक्रमको आयोजना गरिएको  मेयरका उम्मेदवार जोशीले बताएका छन् ।

 कांग्रेसले परम्परागत रुपमा आफ्नो आधार क्षेत्रको रुपमा लिंदै आएको डडेल्धुराको सदरमुकाम अमरगढी नगरपालिकामात्र गुमाएन थप दुई गाउँपालिकामा समेत हार ब्यहोरेको छ । चार पटक प्रधानमन्त्री बनेका शेरबहादुर देउवाले संसदमा प्रतिनिधित्व गरेको जिल्ला डडेल्धुरामा कांग्रेस कमजोर र बामपन्थी संगठन बलियो बन्दै गएको बुद्धिजिवीहरुले बताएका छन् ।

 एमालेले अमरगढीमा पहिलो पटक झण्डा फहराएको हो । झिनो मत अन्तरमा जितेपनि एमालेले भने कांग्रेसको किल्ला भत्काएको प्रतिकृया दिएको छ । कांग्रेस भित्रको अन्त्घात नभई युवा नेतृत्व अमरगढी बासीको चाहाना भएकाले एमालेले विजय हासिल  गरेको एमालेले जनाएको छ  ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो