२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

चुनावमा अन्तरघात गर्नेलाई कारवाहीको माग गर्दै कांग्रेस कार्यकर्ताद्वारा सडकमा प्रदर्सन

२०७४, १९ असार सोमबार १६:१४


ललित बोहरा/असार १९, डडेल्धुरा । प्रधानमन्त्री एवंम नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुराको सदरमुकाममा कांग्रेसका कार्यकर्ताले सोमवार दवाव मुलक प्रर्दशन गरेका छन् ।

 स्थानिय तहको निर्वाचनमा नेपाली कांग्रेसको किल्ला मानिने अमरगढी नगरपालिकामा नै कांग्रेसले हार व्यहोर्नु परेपछि अन्तरघात गर्ने कार्यकर्ताहरुलाई पार्टीले कडा कारवाही गर्नुपर्ने माग गर्दे प्रर्दशन गरेका हुन् । स्थानिय निर्वाचनमा बिपक्षि पार्टी नेकपा एमालेलाई सघाएको नेपाली कांग्रेसबाट मेयरका उम्मेदवार डिल्लीराज जोशीको आरोप रहेको छ ।

 सोमबार दिउँसो पार्टी कार्यालयमा ताला बन्दी समेत गरेका कार्यकर्ताहरुले अन्तरघाती व्यक्तिहरुका कारण निर्वाचनमा कांग्रेसले हार व्यहोर्नु परेको दावी गर्दै  अन्तरघात गर्ने व्यक्तिहरुलाई पार्टीबाट हटाई शुद्धिकरण गर्न दवावमुलक कार्यक्रमको आयोजना गरिएको  मेयरका उम्मेदवार जोशीले बताएका छन् ।

 कांग्रेसले परम्परागत रुपमा आफ्नो आधार क्षेत्रको रुपमा लिंदै आएको डडेल्धुराको सदरमुकाम अमरगढी नगरपालिकामात्र गुमाएन थप दुई गाउँपालिकामा समेत हार ब्यहोरेको छ । चार पटक प्रधानमन्त्री बनेका शेरबहादुर देउवाले संसदमा प्रतिनिधित्व गरेको जिल्ला डडेल्धुरामा कांग्रेस कमजोर र बामपन्थी संगठन बलियो बन्दै गएको बुद्धिजिवीहरुले बताएका छन् ।

 एमालेले अमरगढीमा पहिलो पटक झण्डा फहराएको हो । झिनो मत अन्तरमा जितेपनि एमालेले भने कांग्रेसको किल्ला भत्काएको प्रतिकृया दिएको छ । कांग्रेस भित्रको अन्त्घात नभई युवा नेतृत्व अमरगढी बासीको चाहाना भएकाले एमालेले विजय हासिल  गरेको एमालेले जनाएको छ  ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म