ललित बोहरा/असार १९, डडेल्धुरा । डडेल्धुराको अमरगढी नगरपालिका प्रमुख र उपप्रमुख लगायत नवनिर्वाचित जनप्रतिनिधिहरु सपथ लिएका छन् ।

 सोमब"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

ललित बोहरा/असार १९, डडेल्धुरा । डडेल्धुराको अमरगढी नगरपालिका प्रमुख र उपप्रमुख लगायत नवनिर्वाचित जनप्रतिनिधिहरु सपथ लिएका छन् ।

 सोमब"/>

२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमरगढी नगरपालिकाका जनप्रतिनिधीले सपथ लिए

१९ असार २०७४, सोमबार १६:२५


ललित बोहरा/असार १९, डडेल्धुरा । डडेल्धुराको अमरगढी नगरपालिका प्रमुख र उपप्रमुख लगायत नवनिर्वाचित जनप्रतिनिधिहरु सपथ लिएका छन् ।

 सोमबार जिल्ला समन्वय समितको सभा हलमा एक विशेष कार्यक्रमको आयोजना गरि नगरपालिकामा नवनिर्वाचित ५७ जना जनप्रतिनिधिहरुले सपथ लिएका हुन् । निर्वाचित जनप्रतिनिधीहरुलाई मुख्य निर्वाचन अधिकृत देवकुमार गिरीले सपथ खुवाएका हुन् ।

वडा सदस्यहरुलाई अमगरगढी नगरपालिकाका प्रमुख विशेश्वरप्रसाद ओझा(विपीन)ले खुवाएका हुन् । नवनिर्वाति जनप्रतिनिधीहरुलाई प्रमाणपत्र समेत वितरण गरिएको छ । सधै जनताप्रति बफादार भएर काम गर्ने उनीहरुले प्रतिवद्धता गरेका छन् ।

 कार्यक्रममा बोल्दै अमरगढी नगरपालिकाका उपप्रमुख संगीता भण्डारीले चुनावको समयमा हामी पार्टीका कार्यकर्ता थियौँ, अब हामी जनताका जनप्रतिनिधी भएको भन्दै पार्टीभन्दा माथि उठेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

 यस्तै उहाँले अमरगढीको विकासको लागि प्रमुख–उपप्रमुखले मात्रै काम गर्न नसक्ने भन्दै सबैको सहयोग अवश्यक पर्ने धारण राख्नु भयो । उहाँले अमरगढीले विकासको लागि आफु प्रतिबद्ध रहेको बताईन् । अमरगढीलाई पर्यटकीय नगर बनाउने उहाँको धारण थियो ।

 यस्तै कार्यक्रममा बोल्दै अमरगढी नगरपालिकाका प्रमुख विशेश्वरप्रसाद ओझाले अमरगढी नगरपालिको विकास गर्न प्रतिबद्ध रहेको बताउँदै दलगत राजनीतिबाट माथि उठेर सधैव जनताको पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नभयो ।

 यस्तै सोही कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी जनकराज भट्टले नव निर्वाचित जनप्रतिनिधीलाई बधाई दिदैँ जनताका पक्षमा काम गर्न सुझाव दिनु भयो । उहाँले आफ्नो क्षेत्रबाट गर्ने सहयोगका लागि प्रतिबद्ध रहेका बताउनु भयो ।

 यस्तै मुख्य निर्वाचन अधिकृत देवकुमार गिरीले निर्वाचन भयरहित वातावरणमा सम्पन्न गराउने सबै नागरिक, जिल्ला स्थित सरकारी कार्मचारी, संचारकर्मी, सुरक्षा निकायलाई धन्यवाद व्यक्त गर्नु भयो । उहाँले नव निर्वार्चित प्रतिधिनिधीलाई उदाहरणीय काम गर्न आग्रह गर्नभयो । 

सपथ ग्रहण कार्यक्रममा जिल्ला स्थित विभिन्न राजनीतिक दलका प्रतिधिनी, सुरक्षा निकायका प्रतिनिधी र संचारकर्मीको सहभागिता रहेका थियो ।

यस्तै नवनिर्वाचित प्रमुख र उपप्रमुखले पदभार समेत ग्रहण गरेका छ्न । पदभार ग्रहण गर्दै नगरप्रमुख ओझाले कर्मचारीलाई जनता मैत्री बन्न निर्देशन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो