असार २१, मोरङ । मोरङको सुनवर्षी नगरपालिकामा कांग्रेस र बेलबारी नगरपालिकामा एमाले विजयी भएको छ ।
सुनवर्षी नगरपालिकामा कांग्रेसका कालीप्रसाद दासले ५ हजार ४ सय ७३ मत ल्याएर बिजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवदी केन्द्रका श्याम राजवंशीले ३ हजार ८ सय ८४ मत प्राप्त गरे ।
यस्तै उपमेयरमा नेपाली कांग्रेसकी मन्जुकुमारी राईले ६ हजार १ सय ९३ मत सहित बिजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्न्वी एमालेकी मिरादेवी दासले ४ हजार १ सय ७१ मत प्राप्त गरिन ।
यस्तै मोरङ बेलबारी नगरपालिकामा एमाले विजयी भएको छ । एमालेका ज्ञानेन्द्र सुवेदी १० हजार ७ सय ८४ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका राजकुमार लिम्बुले १० हजार ५ सय ८३ मत प्राप्त गरे ।
उपमेयरमा एमालेकी ढाकाकुमारी पराजुली ११ हजार ३ सय २२ मतसहित विजयी भएकी छन् । उनकी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी रुक्मिणी धिमालले १० हजार ९ सय २२ मत प्राप्त गरिन ।