२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशी अस्पताल भर्ना

२०८१, २८ मंसिर शुक्रबार १२:२१

काठमाडौँ | सहकारी ठगी प्रकरणमा पक्राउ परेका नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशी अस्पताल भर्ना भएका छन् ।

बिहीबार साँझबाट जोशीलाई अस्पताल भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी श्यामबाबु ओलियाले बताए । उनका अनुसार जोशीलाई गण्डकी मेडिकल कलेजमा भर्ना गरिएको छ । बिहीबार स्वास्थय जाँचका लागि अस्पताल लगिएको थियो । सो क्रममा डाक्टर अस्पताल भर्ना गर्नुपर्ने बताएपछि उनलाई भर्ना गरिएको हो ।

जोशी ६ असोजमा काठमाडौंको शंखमुलबाट पक्राउ परेका थिए । त्यसयता उनी प्रहरी हिरासतमा छन् ।

उनीमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुद्धिकरणको कसुरमा अनुसन्धान भइरहेको छ ।

उनीमाथि पोखराको सूर्यदर्शन सहकारी, बुटवलको सुप्रिम सहकारी, सहारा चितवन, वीरगञ्जको सोनोपाइला सहकारी, काठमाडौं कालिमाटीको स्वर्णलक्ष्मी सहकारी ठगीको अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से