२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

व्यवस्था परिवर्तन भयो, अवस्था उस्तै छ भन्ने गलत भाष्य निर्माण भयो :मन्त्री सिंह

२०८१, २८ मंसिर शुक्रबार १७:१८

काठमाडौं । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले व्यवस्था परिवर्तन भएसँगै विकासको काम पनि भएको बताएका छन् ।

शुक्रबार चितवनमा नेशनल सिटी अस्पतालको भवन समुद्घाटन समारोहलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री सिंहले व्यवस्था परिवर्तन भयो, अवस्था उस्तै छ भनेर गलत भाष्य बनाउन खोजिएको बताए।

उपप्रधानमन्त्री सिंहले भने `केही पनि भएको छैन भनेर यहाँ जुन भाष्य बनाउन खोजिएको छ। ०४६ पछाडि जन्मिएको पुस्तालाई त्यो भन्दा अगाडि कस्तो थियो ? थाहा नहुन सक्छ। आफ्नै बुबाहरूसँग,अघिल्लो पुस्तासँग सोध्न सकिन्छ |, `व्यवस्था मात्रै परिवर्तन भएको छैन, विकासको काम पनि भएको छ। सामाजिक आर्थिक क्षेत्रमा पनि धेरै परिवर्तन भएको छ।´

परिवर्तनको आभास हरेक नागरिकमा पुर्याउन केही समय लाग्ने भन्दै सरकारले त्यसका लागि काम गरिरहेको बताए।

त्यस्तै उपप्रधानमन्त्री सिंहले प्राप्त अधिकारलाई सुरक्षित गर्दै अब देशलाई विकासको बाटोमा लैजान सबै लाग्नुपर्नेमा जोड दिए।

उपप्रधानमन्त्री सिंहले मेडिकल सिटी अस्पतालको नवनिर्मीत भवनको उद्घाटन गर्दै अस्पतालले स्वास्थ्य सेवाकाे क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से