काठमाडौं | उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले पूर्वाधार विकास, निर्माणसम्बन्धी काम प्राथमिकताका आधारमा अघि बढाइने बताएका छन् ।
भरतपुर विमानस्थलमा पत्रकारहरूसँग शनिबार कुराकानी गर्दै उपप्रधानमन्त्री सिंहले विधि र आवश्यक प्रक्रियाअनुसार प्राथमिकताका आधारमा विकास, निर्माणसम्बन्धी काम अघि बढाइने बताएका हुन् ।
उनले भने ‘योजनाबिना काम थाल्नुभन्दा विधि र आवश्यक प्रक्रियाअनुसार प्राथमिकताका आधारमा निष्कर्षमा पुर्याउने गरी निर्माण अघि बढाउने छौं,’ ।
कुनै पनि निर्माणसम्बन्धी काम एक महिना वा छोटो अवधिमा सम्पन्न नभई योजनाबद्ध रूपमा गर्न जरुरी रहेकामा सहरी विकासमन्त्री सिंहले बनाए |