२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमाले राजनीति गर्न बनेको पार्टी होईन, देश बनाउन बनेको हो : प्रधानमन्त्री ओली

२०८१, ३० मंसिर आईतवार १३:४७

काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले राजनीति गर्न बनेको पार्टी नभई देश बनाउन बनेको पार्टी भएको बताएका छन् । ‘स्थानीय तहमा पार्टी कामका समस्या र समाधान’ विषयक राष्ट्रिय कार्यशालालाई आज (आइतबार) पार्टी मुख्यालय च्यासलबाट सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने,‘हाम्रो पार्टी जन्मैदेखि एउटा महान उद्देश्य बोकेर जन्मिएको पार्टी हो । यो राजनीति गर्न बनेको पार्टी होईन । यो देश बनाउन बनेको पार्टी हो । देशमा परिवर्तन ल्याउन, सकारात्मक परिवर्तन ल्याउन र सामाजिक व्यवस्थापनको अहिलेसम्मका परिस्कृत रुपहरुमध्ये उच्चतम रुपमा बनाउनको लागि बनेको हो । जनता अधिकारसम्पन्न होउन । गरिवी निवारण हुनुपर्यो, खान र लगाउन जनताले पाउनुपर्यो । बाँच्नु मुख्य कुरा हो । जनताले सजिलोसँग बाँच्न पाउनुपर्यो । आवास हुनुपर्यो । छोराछोरी पढाउन पाउनुपर्यो । देश बनाउन कम्युनिष्ट पार्टी नै चाहिन्छ ।

किन कम्युनिष्ट पार्टी नै चाहिन्छ ? समाजवादी नै चाहिन्छ ? नामको समाजवादी होईन नि, तपाईंहरुले एस, उस सम्झिनुभएको होला । त्यस्तो एस, उस होईन । समाजवादी भनेको जनतावादी, परिवर्तनवादी, अधिकारवादी हो । यस्तो काम कम्युनिष्ट पार्टीले मात्रै गर्नसक्छ, अल्टिमेट्ल्ली । अहिलेसम्म विश्वका शक्तिशाली देशहरुले गरिवी निवारण गर्न सकेका छैनन् । सयौं वर्षदेखि समृद्धि हाँसिल गरेका र दुनियाँका विकसित भनेर कहलिएका देशहरुले एक हिस्सा जनताको अवस्था गरिवीबाट माथि उठाउन सकेका छैनन् । भिख मग्गा बनाएर छोडिदिएको छ । भोकै मनुपर्ने स्थितिमा पुर्याएर छोडिदिएको छ । तर, एउटा के देखिन्छ भने चीनले कम्युनिष्ट पार्टीको नेतृत्व भएको हुनाले चीनले केही पनि नभएका ठाउँबाट (केहीपनि थिएन) त्यस्तो ठाउँबाट राज्य सत्तालाई हरेक ठाउँमा सुप्रिमेसी हाँसिल गर्दै श्रेष्ठता हाँसिल गर्दै गर्दै प्रतिष्पर्धा गर्दै जहाँ जस्तो पर्छ, युद्धको मैदानमा जाँदाखेरि एउटा खेलका नियम भनेर हुन्नँ ।’

उनले जतिबेला जस्तो परिस्थिति आउँछ त्यस्तै गर्नुपर्ने भन्दै खेलको एउटामात्रै नियम भनेर बस्न नहुने सुनाए । सो क्रममा उनले चीनको आर्थिक प्रगतिको पनि प्रशंसा गरे । उनले भने,‘आज चीन विश्वमै आर्थिक रुपमा महाशक्तिको रुपमा उदाएको छ । विज्ञान र प्रविधिको प्रयोग र विकासको सन्दर्भमा आफ्नो ढगले अघि बढेको छ र श्रेष्ठता हाँसिल गरेको छ । राजनीतिक स्थिरता र स्थायित्व अत्यन्तै सुन्दर ढंगले, त्यत्रो जनसंख्या, राजनीतिक स्थिरता र स्थायित्व एवम् दमनबाट होईन जनताको चित्त बुझाएर, कम्युनिष्ट पार्टीले जनतालाई सेवा गरेर त्यो प्रवृत्ति छ त्यहाँ । पार्टीको पक्षमा बोल्ने प्रवृत्ति छ ।

विरोधीका आक्रमण र हमलाहरुलाई कसरी पराजित गर्ने, त्यो तरिका अवलम्बन गर्ने । अनुशासित र एकताबद्ध भएर चल्ने । ९ करोडभन्दा बढि पार्टी सदस्य छन् । हाम्रो देशको जनसंख्या जति छ, त्यो भन्दा तीन गुणाभन्दा बढि चाहीँ चीनको पार्टी सदस्य संख्या छ । त्यत्रो पार्टी सदस्यता छ, एकजनाको ओपिनिएन फरक आउँदैन् ? नेतृत्वको वरिपरि सबै गोलवद्ध छन् ।’ उनले आफूलाई जे लाग्यो त्यही सही भनेर हिँडिए त्यसले पार्टीमा एकतालाई ध्वस्त बनाउने टिप्पणी गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार