२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

काठमाडौंका पहिलो मेयर पिएल सिंहको निधन

२०८१, १ पुष सोमबार ०९:१७

काठमाडौँ | काठमाडौंका पूर्वमेयर पीएल सिंहको निधन भएको छ ।

२०४९ सालको स्थानीय तह निर्वाचनमा निर्वाचित भई तत्कालीन काठमाडौं नगरपालिकाको मेयर बनेका सिंहको आज बिहान चाक्सीबारीस्थित निवासमा निधन भएको हो ।

लामो समयदेखि अस्वस्थ रहेका ८५ वर्षीय सिंहको गत वर्ष पेटको शल्यक्रिया गरिएको थियो । उनको फोक्सोमा समेत समस्या थियो। उनी पूर्वमन्त्रीसमेत रहेका थिए ।

नेपाली काँग्रेसका संस्थापक नेता तथा २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमान्डर गणेशमान सिंहका प्रमुख सहयोगी भएर उनले काम गरेका थिए ।

काँग्रेसले पछिल्लो समय लिएको नीतिप्रति उनले असहमति राख्दै आएका थिए ।

२०६३ सालको आन्दोलनपछि राजनीतिक दलको दवावमा राजाले पुनःस्थापित गरेको प्रतिनिधिसभाका २०५ सदस्यमध्ये कृष्णप्रसाद भट्टराई र पीएल सिंहले शपथ लिन अस्विकार गरेका थिए।

उनको पार्थीव शरीरको अन्तिम संस्कार आजै कंकेश्वरीघाटमा गरिने पारीवारिक स्रोतले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से