८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वामदेवको प्रष्टीकरण– फोन राजेशको मोबाइलमै गरेको हुँ, ओलीबाट बदनाम गर्ने प्रयास भयो

१ पुष २०८१, सोमबार ११:३५

काठमाडौँ | राष्ट्रियसभा सदस्य एवं नेकपा एकता अभियानका संयोजक वामदेव गौतमले गम्भीर विषयबारे जानकारी गराउन खोज्दा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई बदनाम गराउन खोजेको आरोप लगाएका छन् ।

मदन भण्डारीको हत्यासम्बन्धी विषयमा ओलीको आवाजको लिंक आएपछि उनलाई जानकारी गराउन फोन गरेको गौतमको भनाइ छ ।

गौतमले सोमबार एक विज्ञप्ति प्रकाशित गरी ओलीले आफूलाई बदनाम गर्न खोजेको आरोप लगाएका हुन् । ‘ओलीको फोन नउठेपछि राजेशलाई फोन गरेर मलाई यो धेरै सिरियस लागेको छ । प्रधानमन्त्री र पार्टी अध्यक्षबाट पनि हट्नुपर्ने हुन सक्छ । यो भन्दा बढी मैले एक शब्द पनि बोलेको छैन,’ गौतमले भनेका छन्, ‘यसलाई केपीले प्रचारको विषय बनाएर मेरो बदनाम गर्ने तुच्छ कोशिश गर्नुहोला भन्ने मलाई लागेको थिएन ।’

यसअघि शुक्रबार एक सार्वजनिक कार्यक्रममा ओलीले आफूलाई फोन गरेर वामदेवले राजीनामा माग गरेको बताएका थिए । स्वकीय सचिव राजेश बज्राचार्यले उठाएको ठानेर गौतमले आफ्नो राजीनामा माग गरेको ओलीले बताएका थिए ।
यस्तो छ वामदेवको स्पष्टीकरण

​तपाईंको स्वर र तपाईंकै शैलीमा राष्ट्र नेता मदन भण्डारी हत्यासम्बन्धी कथित निष्कर्ष भएको लिंक मेरो फोन र नम्बरमा आयो । हेरेपछि म छाँगाबाट खसेजस्तो भएँ ! त्यसपछि मैले आफ्नो पहिलो कर्तव्य तपाईंबाटै जानकारी लिने हो भन्ने ठानेँ । त्यसपछि मैले मेरोमा भएको तपाईंको फोनमा कल गरेँ, तर फोन लागेन । त्यसपछि मैले क. राजेशलाई उहाँकै फोनमा लिंक पठाइ दिएँ र तुरुन्तै कल गरेँ, उहाँले कल रिसिभ गर्नुभयो र सदा झैं नमस्कार कमरेड भन्नु भयो।

त्यसपछि मैले उहाँलाई भनेँ- एउटा सिरियस लिंक मेरोमा आयो केपी कमरेडको फोन उठेन र तपाईंलाई पठाइदिएको छु, तु उहाँलाई पठाइदिनुस् । मलाई यो धेरै सिरियस लागेको छ। प्रधानमन्त्री र पार्टी अध्यक्षबाट पनि हट्न पर्ने हुन सक्छ।

यो भन्दा बढी मैले एक शब्द पनि बोलेको छैन। फोन नम्बर राजेश कै हो। राजेशलाई धुलोमा खेल्ने अवस्थादेखि मैले जान्दछु।

यसलाई केपीले प्रचारको विषय बनाएर मेरो बदनाम गर्ने तुच्छ कोशिश गर्नुहोला भन्ने मलाई लागेको थिएन।

क. केपी म तपाईंलाई चुनौती दिन्छु, मेरो भ्वाइस रेकर्ड सार्वजनिक गरिदिनुस् ! पीएमको नाताले भ्वाइस रेकर्ड निकाल्न सकिहाल्नु हुन्छ।

वामदेव गौतम
१ पुस २०८१

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू