८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब लोडसेडिङ हुन सक्छ, भारतबाट बिजुली ल्याएर कम गर्छौँ : ऊर्जामन्त्री खड्का

१ पुष २०८१, सोमबार १५:२४

काठमाडौँ | ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले भारतबाट साढे ६ सय मेगावट विद्युत आयात गर्न लागिएको बताएका छन्।

मन्त्री खड्काले नेपालभित्रको आन्तरिक विद्युत आपूर्तिलाई सहज बनाउनको लागि भारतसँग साढे ६ सय मेगावट विद्युत खरिद गर्न लागिएको बताएका छन्।

भारतसँगको सहमतिअनुरूप पुस महिनादेखि नै विद्युत खरिद गरिने उनको भनाइ छ।

बाढीले जलविद्युत आयोजनाहरूमा धेरै क्षति भएर उत्पादनमा देखिएको कमीको कारण लोडसेडिङ हुन नदिनको लागि भारतसँग विद्युत पुस महिनाबाट खरिद गर्न लागिएको उनले जानकारी दिए।

उनले भने, ‘भारत भ्रमणको समयमा भारतका मन्त्री र सचिवसँग बृहत् छलफल भएर सुख्खायाममा साढे ६ सय मेगावट विद्युत खरिद गर्ने निर्णय भयो। पुसदेखि लागू गर्दछौँ। गत वर्षको बाढीले जलविद्युत आयोजनाहरूमा धेरै क्षति भयो। विद्युत माग र आपूर्तिको विषयमा सरकारले हिसाब गरेको छ। गत वर्षको भन्दा साढे ३ सय मेगावाट जति यस वर्ष उत्पादन थप हुने र हिउँदमा ४० प्रतिशत उत्पादन हुने भएकाले पिक आवरमा समस्या पर्नेछ। सकेसम्म लोडसेडिङ हुन नदिने योजनाका साथ तालिका बनाएका छौँ। साँझको बेला भारतले चार घण्टा दिन सकिँदैन भनेको छ। भारतका ऊर्जा मन्त्री नेपालमा आउने कुरा छ। उहाँ आएको बेला नेपालको माग र आपूर्तिलाई हिसाब गरेर दुई घण्टामा छोट्याउन सक्छौँ। यसरी विद्युत माग र आपूर्तिलाई सम्बोधन गर्ने गरी तयारी छ। केही घण्टा बेलुकाको समयमा कुनै ठाउँमा लोडसेडिङ हुने अनुमान छ। तर विगतको जस्तो अहिले पनि फरक पर्ने स्थितिमा छैनौँ। नेपालले ९ सय मेगावटसम्म आपूर्ति गर्ने गरेका थियौँ। साढे ६ सय मेगावट आपूर्ति गर्ने भयौँ। नेपालभित्रै साढे ३ सय मेगावाट थप हुने भयो। यसले विद्युत सप्लाईलाई खासै ठूलो असर पर्दैन ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू