८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

नेपाल हाते कागज उद्यमी संघमा ङिग्मा शेर्पाको नेतृत्वमा नयाँ कार्य समिति

२ पुष २०८१, मंगलवार १४:००

काठमाडौँ | नेपाल हाते कागज उद्यमी संघले आगामी दुई वर्षका लागि ङिग्मा शेर्पाको अध्यक्षतामा १६ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

संघको राजधानीमा सम्पन्न दोस्रो वार्षिक साधारणसभा तथा अधिवेशनले वरिष्ठ उपाध्यक्षमा लालहरी श्रेष्ठ, उपाध्यक्षमा टोनिसा खुलाल मगर, सचिवमा सञ्जय गौतम, कोषाध्यक्षमा पस प्रसाद धिताल निर्वाचित भएका हुन् ।

अधिवेशनबाट निर्वाचित सदस्यहरुमा पाण्डव ढुंगेल, राधाकृष्ण थापा, डेवु गुरुङ, पहल सेर पाण्डे, यादव सिग्देल, देशबहादुर थामी, लाक्पा शेर्पा, विष्णु नारायण धामी, सनत कुमार कार्की, घनश्याम मिश्र र तारा श्रेष्ठ छन् ।

उद्घाटन समारोहमा संघको अभिभावक संस्था नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेशप्रसाद सिँह, निवर्तमान अध्यक्ष श्याम गिरी, वरिष्ठ उपाध्यक्ष सुर्य कँडेल, उपाध्यक्ष मोहन कटुवाललगायतले अर्थतन्त्रमा हाते कागजको भूमिका र योगदानको विषयमा चर्चा गरेका थिए ।

नेपालका काठमाडौँ मोरङ सुनसरी संखुवासभा संखुवासभा इलाम भोजपुर दोलखा सिन्धुपाल्चोक बाग्लुङ कास्की रुकुम जाजरकोट लगायतका जिल्लामा रहेको हाते कागज उद्योगहरू सञ्चालनमा रहेको नेपाल हाते कागज उद्यमी संघले जनाएको छ ।

हाल देशभर चार सयभन्दा बढी उद्योगहरू रहेको र तिनीहरूले चार लाख भन्दा बढी मानिसहरुलाई रोजगार दिएको रोजगारी दिएको संघका निवर्तमान अध्यक्ष नरेन्द्र साउथले बताए ।

हाते कागज उद्यमीहरुको हकहित संरक्षण, सम्बद्र्धन र व्यवसायिक समृद्धिका लागि संगठित गर्दै २०७४ सालमा नरेन्द्र साउदको अध्यक्षतामा हाते कागज उद्यमी संघको स्थापना भएको भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता