२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

नेपाल हाते कागज उद्यमी संघमा ङिग्मा शेर्पाको नेतृत्वमा नयाँ कार्य समिति

२०८१, २ पुष मंगलवार १४:००

काठमाडौँ | नेपाल हाते कागज उद्यमी संघले आगामी दुई वर्षका लागि ङिग्मा शेर्पाको अध्यक्षतामा १६ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

संघको राजधानीमा सम्पन्न दोस्रो वार्षिक साधारणसभा तथा अधिवेशनले वरिष्ठ उपाध्यक्षमा लालहरी श्रेष्ठ, उपाध्यक्षमा टोनिसा खुलाल मगर, सचिवमा सञ्जय गौतम, कोषाध्यक्षमा पस प्रसाद धिताल निर्वाचित भएका हुन् ।

अधिवेशनबाट निर्वाचित सदस्यहरुमा पाण्डव ढुंगेल, राधाकृष्ण थापा, डेवु गुरुङ, पहल सेर पाण्डे, यादव सिग्देल, देशबहादुर थामी, लाक्पा शेर्पा, विष्णु नारायण धामी, सनत कुमार कार्की, घनश्याम मिश्र र तारा श्रेष्ठ छन् ।

उद्घाटन समारोहमा संघको अभिभावक संस्था नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेशप्रसाद सिँह, निवर्तमान अध्यक्ष श्याम गिरी, वरिष्ठ उपाध्यक्ष सुर्य कँडेल, उपाध्यक्ष मोहन कटुवाललगायतले अर्थतन्त्रमा हाते कागजको भूमिका र योगदानको विषयमा चर्चा गरेका थिए ।

नेपालका काठमाडौँ मोरङ सुनसरी संखुवासभा संखुवासभा इलाम भोजपुर दोलखा सिन्धुपाल्चोक बाग्लुङ कास्की रुकुम जाजरकोट लगायतका जिल्लामा रहेको हाते कागज उद्योगहरू सञ्चालनमा रहेको नेपाल हाते कागज उद्यमी संघले जनाएको छ ।

हाल देशभर चार सयभन्दा बढी उद्योगहरू रहेको र तिनीहरूले चार लाख भन्दा बढी मानिसहरुलाई रोजगार दिएको रोजगारी दिएको संघका निवर्तमान अध्यक्ष नरेन्द्र साउथले बताए ।

हाते कागज उद्यमीहरुको हकहित संरक्षण, सम्बद्र्धन र व्यवसायिक समृद्धिका लागि संगठित गर्दै २०७४ सालमा नरेन्द्र साउदको अध्यक्षतामा हाते कागज उद्यमी संघको स्थापना भएको भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार