८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

रात्रिकालिन उडानको सुरुवातले सम्भावनाको ढोका खोलेको छ : महानिर्देशक अधिकारी

२ पुष २०८१, मंगलवार १४:५०

काठमाडौँ | नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक प्रदीप अधिकारीले राजविराजको रात्रिकालिन उडानको सुरुवातले सम्भावनाको ढोका खोलेको बताएका छन् ।

राजविराजको रात्रिकालन उडानको सुरुवात गर्ने कार्यक्रममा उनले हवाई यातायातको महत्व धेरै नै भएको भन्दै यो रात्रिकालिन उडानले यसलाई अझ सहज बनाएको बताए । उनले भने, ‘हवाई यातायातको महत्व दुर्गम क्षेत्रमा, बाढि पहिरो गएको स्थानमा र समस्या परेको बेला धेरै हुन्छ । राजविराजको रात्रिकालिन उडानले सम्भावनाको ढोका खोलेको छ । बिहान कोही मान्छे राजविराजबाट उडेर काठमाडौं गएर काम सकाएर फर्किन सक्ने अवस्था बनेको छ । यसको लागि म सबैलाई धन्यवाद दिन चहान्छु ।’

यस्तै, जनमत पार्टीका अध्यक्ष सिके राउतले पनि रात्रिकालिन उडानलाई अझ बढाउने बारेमा सोच्नु पर्ने भन्दै यसले पर्यटन बढाउन पनि सहयोग हुने बताए । उनले भने, ‘यसलाई अझ अगाडि कसरी लाने, योभन्दा बढाउन के गर्ने भन्ने कुरामा सबैले सोच्नु पर्छ । त्यसको लागि मैले प्रस्ताव पनि गरेको थियो । यसले पर्यटन बढाउन सहज हुन्छ, यसले आर्थिक विकास पनि गर्न सकिन्छ ।’

यसको साथै, उनले सांसदको सपथ लिदाँ देखेको सपना साकार भएको भन्दै आजको दिनसम्म आउनको लागि संघर्ष गरेका सबैलाई धन्यवाद दिएका छन् । उनले भने, ‘आजको दिनसम्म आउनको लागि संघर्ष गर्नु भएको पार्टीका नेताहरु, क्यानका पदाधिकारी सबैलाई धन्यवाद दिन चहान्छु । म सांसद भएको सपथ लिएकै दिन तेस्रो नम्बरको पत्र यही विषयमा थियो कि यहाँबाट दुईवटा फ्लाइट सञ्चालन हुनुपर्छ र नाइट भिजन जडान हुनुपर्छ भनेर थियो । हाम्रो सपना जुन थियो त्यो साकार हुँदैछ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता